• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘मोहपथ’ पुरानो पुस्तालाई झस्काउने गरी आएको छ’

64x64
नेपाल लाइभ शनिबार, असार ७, २०७६  २१:१२
1140x725

काठमाडौं- ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा आएको छ। काठमाडौंको कुञ्ज थियटरमा आझ एक कार्यक्रमका बीच कथासंग्रह ‘मोहपथ’को आख्यानकारहरु नयनराज पाण्डे, प्रगती राई, हाङयुग अज्ञात र लेखक विष्टले संयुक्त रुपमा लोकार्पण गरे।

विमोचनपछि कृतिमाथि आफ्नो धारणा राख्दै वक्ता अज्ञातले मोहपथमा समावेश भएका कथाहरुले जीवनयापनका क्रममा मानिसले मानसिक रुपमा कसरी संघर्ष गर्छ भन्ने दर्शाउन खोजेको बताए। मानिसको जन्म र मृत्यु साश्वत सत्य भएको बताउँदै उनले जीवन जिउनेक्रममा गर्ने संघर्ष भने अधिकांशको फरक-फरक हुने धारणा राखे।

‘मानिसको जन्म र मृत्युको कथा एउटै हो। तर, यसबीचमा जुन संघर्षहरु मानिसले गर्छन्, ती चाहिँ भिन्न-भिन्न हुन्छन्। कतिपयको मिल्न पनि सक्छ,’ उनले थपे, ‘मोहपथ भित्रका कथाहरुले मान्छेले कसरी मनोवैज्ञानिक संघर्ष गर्छ भन्ने कुरा स्पष्ट रुपमा बोलेका छन्।’

मनोवैज्ञानिक लेखन पद्धति नेपालमा भित्रिएको धेरै भइसकेको स्मरण गर्दै उनले पछिल्लो समय चिन्तन गर्ने परम्परा हराउँदै गएकोमा चिन्ता प्रकट गरे। ‘हामी यो भएन, त्यो भएन, यस्तो लेखिनुपर्थ्यो भन्छौं। किनकी हामीलाई चिन्तनमा रुची छैन। मात्र हामी जज हुन रुचाउँछौं,’ पछिल्लो समयका नेपाली लेखकहरुप्रति इन्गित गर्दै उनले भने, ‘अहिले त्यस्ता जज मानसिकता बोकेका लेखकहरु धेरै छौं। कहिलेकाहीं म आफैंलाई त्यसमा राख्ने गर्छु।’

उनले यस्तै मानसिकताले मनगढन्ते कथाहरु बुन्न सघाउ पुर्‍याउने भन्दै यही परम्परा बसेमा नेपाली साहित्य अगाडि नबढ्ने ठोकुवा गरे।

कार्यक्रममा बोल्दै अर्की लेखक प्रगती राईले नयाँ लेखकहरुलाई अधिकतम स्वागत गर्नुपर्ने धारणा राखिन्। नेपालमा धेरै पुस्तक प्रकाशन भए भनेर चिन्ता गरिने गरिएकोमा असहमति जनाउँदै उनले नयाँ लेखकहरुलाई प्रकाशकले विश्वास गर्नुपर्नेमा जोड दिइन्।

‘यहाँ धेरै पुस्तक आए भनेर चिन्ता गर्ने धेरै छन्,’ राईले भनिन्, ‘तर, मलाई लाग्छ, अधिकतम लेखिनुपर्छ। हामीसँग लेखिनुपर्ने कुराहरु धेरै छन्। लेखिएन भने, प्रतिष्पर्धा भएन भने हामीले राम्रो कुरा दिन सक्दैनौं। त्यसकारण नयाँ लेखकहरुलाई प्रकाशकहरुले विश्वास गर्न सक्नुपर्छ।’

मोहपथभित्रका कथाहरुले सुरुदेखि नै प्रभाव पारेको बताउँदै उनले कतिपय कथाका लाइन र प्लटहरु आफ्ना लागि बिल्कुलै नयाँ लागेको बताइन्। प्रेमलाई हामीकहाँ सस्तो रुपमा प्रस्तुत गर्ने चलनमा लेखक विष्टले चुनौती दिएको उनको कथन छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको पश्चिम क्षेत्रको सांस्कृतिक र सामाजिक परम्परालाई न्याय गर्ने गरी विष्टले सो क्षेत्रको भाषा शैलीमै सहजताका साथ कथा बुनेको राईले बताइन्। ‘ललितलाई पश्चिमको प्रतिनिधि मान्न पाइयोस् र पश्चिमले पनि नेपाली साहित्यमा एक प्रतिनिधि आवाज पाएकोमा गर्व गर्न सकोस्,’ राईले लेखक विष्टलाई शुभकामना व्यक्त गरिन्।

कथानकको गाम्भीर्यता र प्रस्तुति हेर्दा विष्टलाई साहित्य जगतमा नयाँ मान्छे भन्न नमिल्ने उनको तर्क छ। भन्छिन्, ‘उहाँको पहिलो कृति बजारमा आएको भएर नयाँ भने पनि कथा पढ्दै गर्दा अनुभवमा उहाँ निकै पुरानो लाग्छ।’

लेखक राईले संग्रहमा समेटिएका कथाहरु एउटै 'फ्रेम'मा आएको टिप्पणी गरिन्। धेरै कथाहरु पढ्दा एउटै कथा पढिरहेको जस्तो लागेको बताउँदै उनले फुटकर रुपमा आउँदा सहज लागे पनि कृतिमै पढ्दा भने यो असहज लाग्ने अनुभव सुनाइन्।

‘माटो, सिमेन्ट वा खरानी जे सुकैको बनाऊँ, त्यसको मेसिन एउटै छ भने आकारमा इँटा उही हुन्छ,’ राईले थपिन्, ‘मेरो चाहना एउटा संग्रहमा कुनै कथा गमलाजस्तो, कुनै थालजस्तो त कुनै किताबको आकारमा होस् भन्ने हो।’

Xtrem

Xtrem

अन्तिम समिक्षकको रुपमा बोल्दै आख्यानकार पाण्डेले शक्तिशाली भएर नेपाली आख्यान क्षेत्रमा आएको भन्दै लेखक विष्टलाई स्वागत गरे।

उनले यस्तै कृति आएमा नेपाली कथा साहित्यको भविष्य उज्ज्वल रहेको दाबी गरे। ‘उहाँ मेरो पुस्तालाई झस्काउने गरी आउनु भएको छ। यसको अर्थ नेपाली कथा साहित्यको भविष्य उज्ज्वल छ। सुमुधुर छ,’ पाण्डेले भने।

आख्यानकार पाण्डेले मोहपथ पछिल्लो ४/५ वर्षमा आएका कथा कृतिमध्ये बिर्सिनै नसक्ने कथासंग्रह भएको उद्घोष गरे। ‘मैले यो भन्न हिच्किचाउनु पर्दैन कि पछिल्लो ४/५ वर्षमा पढेका कथा साहित्यमा यो कथा कृति ४/५ वटाभित्र पर्छ। जसलाई म बिर्सिन सक्दिनँ, जसको चर्चा हुनुपर्छ भन्ने लाग्छ,’  उनको भनाइ छ।

कथाहरु पढ्न थाल्दै गर्दा आफूलाई यति बलियो किसिमले कथा निर्माण गरिएको होला भन्ने विश्वास नलागेको बताउँदै उनले लेखकसँग कथा निर्माण गर्ने शिल्प अद्भुत रहेको जिकिर गरे।

उनले भने, ‘लामा कथा लेख्ने र कथा भन्न भित्री तहसम्म जाने जुन धैर्यता कथाकारले देखाउनु भएको छ, त्यो अद्भूत छ।’

उनले यस संग्रहमा समेटिएका कथाहरु पढ्दै जाँदा ओझेल पर्दै गइरहेको विस्तारमा चरित्रहरुलाई व्याख्या गर्ने परिपाटी नेपाली साहित्यमा पुनः झुल्किएको लागेको सुनाए। ‘पत्रिकाको आवश्यकताअनुसार छोटा कथाहरु लेख्ने परिपाटी विकसित भइरहेको छ। कथाहरु विस्तारमा जाने र चरित्रहरुलाई फराकिलो घेरामा व्याख्या गर्ने जुन शिल्प हामीले गुमाउँदै गइरहेका छौं, यो संग्रह पढेपछि हराएको यस्तो शिल्प नेपाली साहित्यमा फेरि झुल्कियो भन्ने लाग्यो,’ पाण्डेको भनाइ छ।

पहिलो संग्रहको रुपमा हेर्दा कथाको प्रस्तुति एकै किसिमको हुनुलाई लेखकलाई छुट दिन मिल्ने बताउँदै उनले यो लेखकले शैली अर्थात ‘स्टाइल’ बनाएको हुनसक्ने तर्क गरे।

पुस्तकको नामसमेत रहेको ‘मोहपथ’ शीर्षकमा कुनै कथा नभए पनि हरेक कथाको अन्तर्य र आयाममा कृतिको यो नाम सान्दर्भिक रहेको उनको ठम्याइ छ।

अन्त्यमा लेखक विष्टले आफ्नो जीवनकै पुस्तक प्रकाशन तथा लोकार्पणमा साथ, सहयोग र हौसला दिने सबैप्रति अभार प्रकट गरे।

उनले हरेक कथामा आफूले अँध्यारो, भ्रम र पागलपनमाथि काम गर्न खोजेको जानकारी दिए। ‘मेरा कथाहरु डार्कनेस, इलुजन र म्याडनेसको वरिपरि छन्,’ लेखक विष्टले भने, ‘रातको बयान गर्दा कथा पढ्दै गर्दा पाठकलाई पक्कै पनि रात नै परिरहेको भान हुने गरी कथा बुन्न प्रयास गरेको छु।’

‘मोहपथ’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

प्रकाशित मिति: शनिबार, असार ७, २०७६  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्