काठमाडौं– एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएर थाइल्यान्डले ब्याटिङ गरिरहेको छ।
बलिङमा पनि नेपालले राम्रो सुरुवात गरेको छ। नेपालले सुरुवाती ९ ओभरमा ९ विकेट लिन सफल भएको छ। नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका छन्। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए।
थाइल्यान्डले १० ओभरमा ९ विकेटकाे क्षतिमा २६ रन जाेडेकाे छ ।
यसअघि मलेसियाको क्लम अमन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा २८१ रन बनायो।
नेपालका लागि सर्वाधिक रन बनाएका अनिल कुमार साह सतक बनाउन चुके। उनी ९१ रनमा आउट भए। ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए। रोहित पौडेलले २८ रन बटुले। उनले ३० बलमा समान एक चौका र एक छक्का हिर्काए। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए। यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। उनले ३ चौका र एक छक्का हिर्काए।
ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
पवन शर्राफ २२ रनमा अाउट हुँदा किशोर महतो २ रनमा अविजित रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।