एजेन्सी- अभिनेत्री प्रियंका चोपडाको होम प्रोडक्सन नेपाली फिल्म 'पाहुना'ले टोरोन्टो फिल्म फेस्टिभलमा तारिफ बटुलेको छ।
सेप्टेम्बर ७ मा प्रदर्शित फिल्मले उक्त फिल्म मोहत्सवमा 'स्ट्यान्डिङ ओभिएसन' पाएको हो।
'पाहुना फिल्म बनाउन सजिलो थिएन। फिल्म व्यावसायिक तथा महोत्सवमा देखाइने फिल्मका नियममा पनि बाँधिएको छैन,' फिल्मकी निर्देशक पाखी ए टायरवाला भन्छिन्, 'फिल्मलाई विश्व मञ्चमा पुर्यावउने कामका लागि प्रियंका तथा डा. चोपडा (प्रियंकाकी आमा) लाई धन्यवाद मात्र भन्न सक्दिन।'
फिल्मलाई हिन्दीमा समेत डब गरिने पाखीले बताएकी छन्।
फिल्मले माओवादी द्न्वद्वका कारण बाबुआमासँग बिछोडिएर गाउँ छोडेर हिँडेका बालबालिकाको कथा भन्छ। फिल्ममा इशिका गुरूङ, अनमोल लिम्बु, मञ्जु केसी, सुजोय राई, शरण राई, विनोद प्रधान, रूपा तामाङ तथा महेन्द्र क्षेत्रीको अभिनय रहेको छ।
टोरोन्टो फिल्म फेस्टिभलमा भएको वर्ल्ड प्रिमियरमा फिल्मले राम्रो प्रंशसा बटुलेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।