काठमाडौं- एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले ३४ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १८२ रन बनाएको छ।
नेपालका लागि अनिल कुमार साह सतक बनाउन चुके। उनी ९१ रनमा आउट भए। ७४ बल खेलेका अनिलले ६ चौका र ५ छक्का हिर्काए। अहिले प्रनित थापामगर र रोहित पौडेल बनाएर खेलिरहेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए।
ओपनर मोहमद आसिफ शेख २१ रन बनाएर आउट भएका छन्। उनले ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
लाइभ अपडेटका लागि यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।