काठमाडौं- नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो खेलको २७ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा नेपालले १४३ रन बनाएको छ।
नेपालका लागि अनिल कुमार साह अर्धसतक प्रहार गरेका छन्। उनले ५४ बल खेलेर ६२ रन प्रहार गरिसकेका छन्। त्यसक्रममा अनिलले ४ चौका र २ छक्का हिर्काए । कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाएर खेलिरहेका छन्।
ओपनर मोहमद आसिफ शेख २१ रन बनाएर आउट भएका छन्। उनले ९ ओभरको पहिलो बलमा आउट हुनुअघि २६ बल खेलेर २ चौका प्रहार गर्न सफल भए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। उनले ५७ बलमा ३ चौका प्रहार गरे। सन्दीपले अनिलसँग दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा नेपालले ब्याटिङलाई परीक्षण गर्ने मौकाको रुपमा लिएको छ। ब्याटिङमा सुधार आएको दाबी गरेका नेपाली टोलीका प्रशिक्षक विनोद दास ब्याटिङलाई परीक्षण गर्ने योजनामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।