न्युयोर्क- स्पेनिस टेनिस स्टार राफायल नाडालले युएस ओपनको उपाधि जितेका छन्। नाडालले सोमबार बिहान सम्पन्न फाइनलमा दक्षिण अफ्रिकाका केभिन एन्डर्सनलाई ६–३, ६–३ र ६–४ को सोझो सेटमा पराजित गरेर नाडालले उपाधि जितेका हुन्।
खेल करिअरमा नाडालले ग्रान्डस्लामको उपाधि जितेको यो १६औं पटक हो।
३१ वर्षीय नाडालले सन् २०१३ पछि एकै वर्षमा दुई ग्रान्डस्लामको उपाधि समेत जित्न सफल भए। नाडालले यही वर्ष फ्रेन्च ओपनको पनि उपाधि जितेका थिए।
टेनिसमा सर्वाधिक ग्रान्डस्लामको उपाधि जित्ने खेलाडीको सूचीमा नाडाल दोस्रो स्थानमा छन्। शीर्ष स्थानमा रहेका स्विट्जरल्यान्डका रोजर फेडेररले सर्वाधिक १९ पटक ग्रान्डस्लामको उपाधि जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।