काठमाडौं– शंखमूल फुटसलले राष्ट्रिय फुटसल लिगको उपाधि जितेको छ। शंखमूलले फाइलनमा किक अफ फुटसललाई ५–४ गोलले हराएर उपाधि जित्यो।
उपाधिसँगै शंखमूलले ५ लाख तथा उपविजेता किकले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पायो।
शंखमूलका विनोद गुरुङ इमर्जिङ खेलाडी, अनिस श्रेष्ठले उत्कृष्ट गोलकिपर, सुरज राउतले उत्कृष्ट खेलाडी र प्रकास परियारले उत्कृष्ट प्रशिक्षकको पुरस्कार पाए।
किक अफका राज शाही उत्कृष्ट डिफेन्डर घोषित भए। उत्कृष्ट घोषित भएकाले जनही २० हजार रुपैयाँ पाए। लिगमा १६ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।