काठमाडौं– ‘कसले चोर्यो मेरो मन’पछि अभिनेत्री रेखा थापा र आर्यन सिग्देल विविध कारणले एउटै फिल्ममा देखिएनन् । तर उनीहरू फिल्म रूद्रप्रियाबाट फेरि एकसाथ पर्दामा आउँदैछन् । लामो समयपछिको फिल्ममा उनीहरुको रोमान्स कस्तो हुनेछ भन्ने दर्शकमा कौतुहलता रहेको छ ।
हाल फिल्मको गीतहरुको छायाँकन चलिरहेको छ । हायात होटल परिसरमा रहेको फ्लेवर रेष्टुरेन्टमा फिल्मको सो गीतको रोमान्टिक पल कोरियोग्राफर प्रविन सिंहको एक्सन÷कटमा चलिरहेको छ । सोही एक्सन/कटमा देखिएको रोमान्टिक पलको भिडियो नेपाल लाइभलाई प्राप्त भएको छ । भिडियोमा उनीहरू फिल्मको तिम्रो बाहेक को छ र ? बोलको गीतमा रोमान्टिक भइरहेका छन् ।
सुदिप ‘बबी’ भूपाल सिंह निर्देशित फिल्म कार्तिक २ लक्ष्मीपूजाको दिन रिलिज हुनेछ । फिल्ममा आर्यन, रेखाका अलावा राजन इशान, विश्व बस्नेत आदिको मुख्य भुमिका रहनेछ। रेखाले आफ्नो होमप्रोडक्सन फिल्मलाई मेकिंङ र कथा बस्तुका हिसाबले कसले चोर्यो मेरो मनपछिको अब्बल फिल्म बताएकी छन् ।
रेखाको भनार्इमा दम पनि छ किनकी यसपटक उनले मालाबाट समिक्षकिय तारिफ बटुलेका सुदिपलाई निर्देशनको जिम्मेवारी दिएकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।