• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली अर्थतन्त्रले ग्रीसको लय त पक्रँदैन?

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  १९:०६
1140x725

काठमाडौं- नेपाली अर्थतन्त्रका विषयमा पछिल्लो समय निकै चिन्ता प्रकट हुन थालेको छ। समय-सन्दर्भमा बेलाबेला नेपाली अर्थतन्त्रलाई आर्थिक असफलतातिर उन्मुख भएका मुलुकसँग पनि तुलना हुने गरेको छ। यस्ता उदाहरणमा ग्रीस पनि लिने गरिएको छ।  

 सामान्य नजरले हेर्दा नेपाल र युरोपेली मुलुक ग्रीसको अर्थतन्त्र तुलना गर्न मिल्दैन। नेपाल विकासशील मुलुक हो भने ग्रीस विकसित मुलुक। तर ग्रीसले पछिल्लो एक दशकमा भोगेको आर्थिक उतारचढाव र मन्दीको अवस्थाका कारकतत्वसँग नेपाललाई दाँज्ने आयाम भने भेटिन्छन्। 

एक समयको शक्तिशाली र सम्पन्न युरोपेली राष्ट्र ग्रीसमा त्यहाँको सरकारले लागू गरेको सामाजिक सुरक्षाले अर्थतन्त्रमा पारेको बोझ, सरकारी कर्मचारीको संख्यामा अत्यधिक वृद्धि, राजनीतिक नियुक्तिले सरकारी कार्यालयको कार्यदक्षता नहुनु र सरकारी कर्मचारीको पेन्सन वृद्धि हुँदै जानु उक्त मुलुकका लागि आर्थिक संकट उत्पन्न हुनुको प्रमुख कारण मानिएको छ।

ग्रीसेली अर्थतन्त्रको अर्को मुख्य समस्या कर प्रशासनमा थियो। धेरैजसो जनता करको दायरा बाहिर थिए। सरकारी राजस्व नतिर्ने परिपाटी पनि अर्थतन्त्र खस्किनुको कारण थियो। सरकार धान्नकै लागि दातृ निकायसँग लिइएको अत्यधिक ऋण तिर्न नसकेपछि ग्रीसको अर्थतन्त्र संकटको अवस्थामा पुग्यो। यो समस्या ग्रीसमा अझपनि उतिकै छ। 

मुलुकको अर्थतन्त्रले धान्न नसक्ने अत्यधिक वैदेशिक ऋण लियो ग्रीसले। आर्थिक मन्दी भएकै कारण विभिन्न देशले ऋण दिएर अर्थतन्त्र उकास्न मद्दत गरे। तर सन् २०१० को दशकको शुरु र मध्यतिर ऋणदाता मुलुकले थप ऋण दिन नसक्ने जनाए। ग्रीसले पहिल्यै लगिसकेको वैदेशिक ऋण पनि तिर्न नसक्ने अवस्थामा पुगेपछि त्यसमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था सिर्जना भयो। 

000

नेपालको अर्थतन्त्र धराशायी भइसकेको त छैन। तर, त्यस्तो अवस्था सिर्जना नआउँला भनेर अहिले हामीले भोगिरहेका चुनौतीलाई कम आँकलन गर्न पनि सकिदैन। खर्चिलो संघीय व्यवस्था, कमजोर राजस्व नीति, सुस्त प्रशासनिक व्यवस्था तथा कर प्रशासनलगायत विभिन्न कारणले नेपालको अर्थतन्त्र कतै ग्रीसको अर्थतन्त्रको लयमा बगिरहेको त छैन भनेर प्रश्न गर्ने ठाउँ भने प्रशस्तै भेटिन्छन्। 

अर्थतन्त्रका जानकारहरु पनि नेपालले यो विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था आइसकेको धारणा राख्छन्। नेपालको अर्थतन्त्र नसम्हालिने हो भने ग्रीसको अवस्था निम्तिने उनीहरुको बुझाई छ।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल ग्रीसको अर्थतन्त्र धराशायी हुनुका कारण जे थिए, तिनै कारण नेपालको परिपेक्ष्यमा पनि देखिन थालेको बताउँछन्। 

'सत्ताधारी ‘सोसियलिस्ट पार्टी अफ ग्रीस'ले आर्थिक अनुशासन पालना नगर्नु, आफूखुसी कर्मचारी भर्ना गर्नुजस्ता कारणले त्यहाँ वित्तीय संकट निम्तिएको थियो। वितरणमुखी कार्यक्रम ल्याउँदा र त्यसले पार्ने आर्थिक भार थेग्न नसक्नु आर्थिक संकटको निम्तिनुको अर्को कारण थियो। यी परिदृश्य नेपालको अहिलेको अवस्थासँग तुलना गर्न मिल्ने खालका छन्,’ डा पोखरेल भन्छन्। 

नेपालको हकमा सरकारले लिएका नीति सकारात्मक भएपनि व्यवहारमा ‘प्रोपागान्डा’बढी रुचाउने र आर्थिक पारदर्शिता लुकाउन खोज्ने सरकारको प्रवृत्ति आर्थिक संकटको कारक बन्न सक्ने उनको धारणा छ।  ‘वित्तीय अनुशासन सबैभन्दा मुख्य विषय हो। सरकारले करको दायरा विस्तार, आर्थिक अनुशासन, भ्रष्टाचार नियन्त्रण, कानुनका कमीकमजोरी हटाउनुपर्नेमा जोड दिनुपर्थ्यो। बढी हौसिएर खर्च गर्ने र आर्थिक अनुशासनभन्दा बाहिर गएर सरकारले काम गर्न थाल्दा समस्या निम्तिन्छ। ठूलो आर्थिक भार थप्ने सामाजिक सुरक्षाका केही कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन। ग्रीसको हकमा पनि यस्तै विषयले संकट ल्याएको थियो,’ पोखरेल भन्छन्। 

000

Xtrem

Xtrem

वरिष्ठ अर्थशास्त्री प्रा. डा. चन्द्रमणि अधिकारी नेपाल र ग्रीसको अर्थतन्त्र तुलना गर्ने खालको नभएपनि भोलिका दिनमा त्यस्तो स्थीति नआउला भन्न नसकिने बताउँछन्। ‘सरकारले वित्तीय अनुशासन पालना नगरी जथाभावी खर्च गर्दै गएमा नीतिगत भष्ट्राचार मौलाउँदै जाने र सुशासन कायम हुन नसकेको अवस्थामा मुलुकमा आर्थिक मन्दी आउने देखिन्छ। पूँजीगत खर्च कम तर चालु खर्च बढी हुने प्रवत्तिले आगामी दिन पनि निरन्तरता पाइरहे हामी पनि त्यो (ग्रीसकै जस्तो) अवस्थाबाट गुज्रनुपर्ने हुनसक्छ,’ अधिकारी भन्छन्। 

‘निकै कम समयको अन्तरालमा केही मुलुक समृद्ध बनेको र केही मुलुक टाट पल्टिएको कैयौं उदाहरण छन्। राम्रो अर्थतन्त्र भएका मुलुक पनि अहिले चर्को आर्थिक मन्दी भोगिरहेका छन्। ती मुलुकको आर्थिक स्थिति धर्मराएको छ। उत्पादन र उत्पादकत्व घट्दै जाने व्यापार घाटा बढ्दै जाने, वैदेशिक मुद्राको सञ्चिति घटेर जाने, शोधनान्तर स्थिति बिग्रँदै जाने हो भने भोलिका दिनमा नेपाल पनि सोही लयमा नजाला भन्न सकिँदैन,’ उनले भने। 

000

आर्थिक प्रशासन र वित्तीय अनुशासनको अवस्था सुधार नभए भोलिका दिनमा नेपाली अर्थतन्त्रमा पनि मन्दी आउन सक्ने विषयमा अर्का अर्थविद् केशव आचार्य पनि सहमत छन्। कमजोर सार्वजनिक वित्त प्रशासन, आन्तरिक नियन्त्रण प्रणाली र आन्तरिक लेखा परीक्षण प्रभावकारी बन्न नसकेको अवस्थामा सामाजिक सुरक्षाको भार थप्नु आर्थिक संकटको बाटो निम्ताउनु रहेको धारणा उनको छ। 

सुशासन, सरकारी निकायमा कर्मचारी व्यवस्थापन र स्थानीय तथा प्रदेश सरकारलाई वित्तीय प्रशासनका विषयमा प्रशिक्षित गर्नाले आर्थिक संकटसँग जुध्न सकिने कुरालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने आचार्यको सुझाव छ। वित्तीय संघीयता कार्यान्वयन, चुस्त प्रशासनिक संयन्त्र, र आर्थिक अनुशासन पालना गर्न संघीय सरकारले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धिका लागि समन्वयात्मक भूमिका खेल्नुपर्ने उनको भनाई छ। 

000

युरोपेली मुलुक ग्रीसमा आर्थिक अनुशासनको पालना नहुनु, सरकारले लागू गरेको सामाजिक सुरक्षाले राज्यकोषमा भार मात्र थप्नु, सरकारी कार्यालयमा कामको दक्षता नहुनु तर कर्मचारीको संख्या अत्यधिक वृद्धि, पेन्सनमा वृद्धि, कमजोर राजस्व नीतिलगायतका विषयलाई उक्त मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको प्रमुख कारण मानिएको थियो।  

नेपाल पनि व्यवहारतः संघीयता कार्यान्वयनको चरणमै छ। सानो अर्थतन्त्र र मुलुकभित्रको साधन स्रोतले संघीयता कसरी धान्न सकिन्छ भन्ने विषय बहसमा मात्र नभई व्यावहारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सरकार सञ्चालनकै लागि दातृ निकायसँग बजेटरी रकम ऋण लिनुपर्ने अवस्था भोगेको ग्रीससँग नेपालले लिएको वैदेशिक ऋणलाई अहिले नै तुलना गर्न नमिले पनि अवस्था नसुध्रिए हामीले भोग्ने नियति पनि त्यस्तै हुनसक्छ। ग्रीसले भोगेको आर्थिक संकटको लयमा मुलुक धकेलिन सक्ने संभावना नकार्न सकिन्न। 

मुलुकको चालू खाता र शोधनान्तर अवस्था तत्काल सुधार गर्न सक्ने स्थिति नरहेको अहिलेको अवस्थामा अर्थतन्त्र उकास्न सरकारलाई चुनौतीको चाङ देखिन्छ। 

ऋणात्मक चालू खाता, बजेट घाटा, कमजोर विदेशी विनिमय सञ्चिति, घट्दो विप्रेषण आप्रवाह, कमजोर शोधनान्तर स्थिति,  खर्चिलो संघीयतालगायतका आर्थिक समस्यासँग जुधिरहेको अवस्थामा मुलुकलाई गतिशील अर्थतन्त्रतर्फ लैजान चुस्त कर्मचारीतन्त्र, सुशासन र राजस्वको दायरा विस्तारलगायतका विषयमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  १९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्