सोल– गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको छैठौँ अधिवेशनबाट अध्यक्षमा लक्ष्मी लामा गुरुङ निर्वाचित भएकी छन् । आइतबार भएको मतपरिणाम अनुसार गुरुङ निर्वाचित भएकी हुन् । यसैगरी महासचिवमा इन्दिरा तीवारी, बरिष्ठ उपाध्यक्षमा दिलिपकुमार गुरुङ, उपाध्यक्षमा साजन शर्मा, अमृत राई र जीवन कुमार थापा विजयी भएका छन्।
त्यस्तै सचिवमा नेत्र नारायण पौडेल र नविन पुडाशैनि, कोषाध्यक्षमा लोक हादुर वानीया, सह कोषाध्यक्षमा जीत बहादुर सारु, एनसिसि सदस्यमा लोचन राई र प्रकाश धमला विजयी भएका छन् । सदस्यमा ८ जना विजयी भएको निर्वाचन अधिकृत केपी सिटौलाले जानकारी दिए । अध्यक्षको दावी गर्दै ५ जनाले उम्मेदवारी दिएपनि ओमनारायण जुकझालीलाई समर्थन गर्दै २ जना उम्मेदवारी फिर्ता लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।