• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

अमेरिका पुगेपछि मस्तिष्कमा झुन्डिएका चार एजेन्डा

64x64
नेपाल लाइभ शनिबार, जेठ ३२, २०७६  ०६:०५
1140x725

उद्देश्य थियो, अमेरिका-नेपाल मेडिकल फाउन्डेसनको २३औं वार्षिक सम्मेलनमा प्यानल डिस्कसनको सहजीकरण गर्ने। पुराना साथीसँग भेटघाट गरी सम्बन्धको ब्याट्री रिचार्ज गर्ने लालसाको त कुरै भएन। यस पटकको भ्रमण वासिङ्टन डिसीतिर लक्षित थियो। 

कार्यक्रम मे ११ मा भएकोले मे १० मा डिसी उत्रने गरी अघिल्लै दिन बेलुकीको कतार एयरवेजको उडान तय थियो। पहिलेपहिले जस्तो अन्तर्राष्ट्रिय भ्रमणको दिन दही अक्षता नै बनाउने र खुसीयाली मनाउने संस्कारलाई अचेल भने व्यस्तताले स्टेप घाटाइदिएर बुवाआमाको आशीर्वाद, भगवान्‌को दर्शन र एकसरो टीकामा ल्याइपुर्‍याएको छ। निजामति अस्पतालमा नयाँ सिस्टमको कुरा गर्न गइएको थियो। चाबहिल-जोरपाटी सडक खण्डको बिजोगप्रति स्थानीयको विरोधका कारण फर्कँदा भने सोही अस्पतालमा भेट हुनुभएका स्वास्थ्यखबरका साथी बुद्धि कटेलले मोटरसाइकलमै घरसम्म ल्याइदिनुहुँदा 'बिजनेस क्लास’भन्दा आनन्ददायी यात्रा गरेजस्तो भइरहेको थियो। 'प्लेनको खानाको भर हुन्न, तातो दुई गाँस खुवाएरै पठाउनुपर्छ' भन्ने आमाको कथन अनुसार नै श्रीमती र भाउजूका चार हात मिलेर बनाएको खाजारुपी डिनर खायौं। बुद्धिजीको सिग्नेचर हाँसो त्यस खानाको थप मसला बनेको थियो।

दिमागबाट नमेटिएको त्यो प्रश्न
चलेको प्रचलन पछ्याउँदै फेसबुकमा ट्राभलिङ टु डिसी राखिएको थियो। एरपोर्टमा बोर्डिङ, इमिग्रेसन र सेक्युरिटी कटाएर अब भने समय कटाउने पालो थियो। इन्टरनेट र सामाजिक सञ्जालका साइड इफेक्टको चर्चा पत्रिकामा जति नै किन नपढियोस्, सबैभन्दा नजिकको साथी भनेको मोबाइल नै हुने रहेछ आखिर। फेसबुकमा शुभयात्रा र ह्याप्पी जर्नीलाई रिप्लाई गर्दै बसिँरहदा आँखाअघि स्वास्थ्य मन्त्रालयका डा. रमेश खरेल टुप्लुक्क देखा पर्नुभयो। उहाँ पनि सोही कार्यक्रममा जाने भन्ने त थाहा थियो तर एउटै फ्लाइटमा पर्नुहुन्छ भन्नेचाहिँ सरप्राइजकै विषय रह्यो। लामो यात्रामा सहयात्री भेट्नुले यात्रा सहजै कट्ने त हुन्छ नै आत्मविश्वासको मात्रा पनि ह्वातै बढ्छ। 

एउटा सिसीबाट अर्को सिसी तेल खन्याउदा तल एउटा भाँडो थापेपछि तेल पोखिने डर कम भएजस्तै रहेछ अरुको साथ पाउनुको मनोविज्ञान पनि। काठमाडौं-दोहाको फ्लाइटमा फरक सिटमा बसे पनि दोहा एयरपोर्टमा झन्डै ८ घन्टा त्यो पनि रातको समय कटाउनु मुस्किल नै हुने थियो होला, यदी उहाँ भेट नहुनु भएको भए। गफले नै सिरक र सिरानीको काम गरेर रात सहजै कताइदिँदो पनि रहेछ। दोहादेखि डिसीको फ्लाइटमा भने एयरवेजका सहयोगीलाई अनुरोध गरेरै सँगैको सिट मिलाइयो। नेपालबाट अमेरिका जादाँ जुनसुकै रुट लिएर गए पनि एउटा फ्लाइट १२ घन्टाभन्दा बढीको त पर्छ नै। यस फ्लाइटमा रहँदा भने आफू कैद मै परेको हो कि झैं भान हुने रहेछ।

तीन वटा त फिल्म नै हेरेर भ्याइयो, गीत त कति सुनियो सुनियो। गफको कुरा गर्ने हो भने बर्दियाको कुरा गरिएन कि जर्जियाको, भूमध्यरेखाको कुरा भएन कि हिरोइन रेखाको। यस्तो लामो फ्लाइटमा आफ्नो धैर्यदेखि शरीरका अंगहरुको क्षमताको पनि परीक्षण हुने रहेछ। घुँडा खुम्चिएर रहनुपर्दा दिक्क मानेको देख्दा 'जर्नी सुखमय होस्' भन्नुभन्दा 'जोर्नी सुखमय होस्' भनी कामना गर्ने चलन बसे हुन्थ्यो जस्तै लागेको थियो। लामो हवाई यात्रा गर्दा थाहा हुने रहेछ किन एयर होस्टेजहरु राम्रा र हसिलालाई मात्र छानेर राखिने रहेछ। उनीहरुको बोलि , ब्यवहार र ब्यक्तित्वले लामो यात्रा छोट्टीएको महशुस गराउने ताकत राख्दो रहेछ। 

अहिलेसम्म पनि अमेरिका उड्दा प्रत्येक पटक पिरोल्दै पछ्याउने एउटा प्रश्नले भने फेरि पनि चिमोट्यो- 'पृथ्वी डल्लो छ बल जस्तै। अमेरिका र नेपाल ठिक उल्टो दिशामा छन्। अमेरिकामा पनि मान्छेको खुट्टा तल, टाउको माथि हुने र नेपालमा पनि उसैगरी खुट्टा तल, टाउको माथि नै हुने। त्यो कसरी भयो होला, दुईतिर मध्ये एकतिर त मान्छे उल्टो झुन्डिनुपर्ने नि!'

बच्चा बेलादेखि नै मनमा यो प्रश्न उठ्थ्यो, उत्तर नभेटीकनै प्रश्न बिलाउँथ्यो। दिमागबाट नमेटिएको र चित्त बुझ्दो उत्तर पनि नभेटिएको यो प्रश्नको पुनरावृत्तिले सायद दुई घन्टाजति समय छोट्याएकै हुनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

आत्मीय अँगालो, मित्रताको सँगालो 
अमेरिकाको अन्य प्रान्तहरु भ्रमण गरे तापनि वासिङ्टन डिसीको यात्रा भने पहिलो पटक नै थियो। सोच्दै  थिएँ, संसारकै सबैभन्दा विकसित र शक्तिशाली देशको पनि राजधानी भनेपछि झन् कस्तो होला त। हाई डोजकै उत्सुकता थियो मनमा। अन्य एयरपोर्टको एयरो ब्रिज प्लेनको ढोकैमा आएर जोडिएर एयरपोर्ट टर्मिनल भवनसँग बाटो बनाउने चलनभन्दा फरक लाग्ने गरी र्‍याप बसले नै आफ्नो हाइट बढाउँदै प्लेनको ढोकामा आफ्नो ढोका जोड्न ल्याउँदो रहेछ। र, यात्रु पसिसकेपछि फेरि हाइट घटाउँदै बसको सक्कली रुप धारण गरेर अध्यागमन भवनसम्म छाड्दो रहेछ। अध्यागनको प्रक्रियाका लागि एक घन्टाजति लामो लाइनले भने अमेरिका भन्नासाथ जे पनि 'शतप्रतिशत' हुन्छ भन्ने सोचाइमाथि प्रश्न गरिरहेको थियो। धन्न एयरपोर्टको 'फ्री वाइफाई' ले बाहिर लिन आउने तय गरेका मेरो साथी डा वेद छत्कुलीसँग आफ्नो स्थिति अपडेट गर्न र परिवार लगायत केही महत्वपूर्ण व्यक्तिलाई 'रिच्ड सेफ्ली' भनी मेसेज गर्न मद्दत त गर्दै समय बिताउन समेत सहयोग पुराइरहेको थियो। किन अचेल 'वाइफाई' पनि 'वाइफ' जत्तिकै घनिष्ट बन्दै गयो भन्ने बुझ्न यति नै काफी थियो। 

एयरपोर्टबाट बाहिर निस्कनासाथ सोही कन्फरेन्सका लागि आइपुगेका डा मनोज भट्टराई पनि हामीसँगै थपिन पुगे। कार्यक्रम स्थल हायात होटेलमै हाम्रो बस्ने व्यवस्था गरिएको थियो। गाडीमा होटेल पाँच मिनेटको दुरीमा नै रहेछ। होटेल पुग्नासाथ लबीमा जम्मा भइसकेका ४०-५० परिचित मुहार एकसाथ देखापरे। धेरै अन्तरालमा देख्दा मन फुरुङ्ग त हुने नै भयो त्योभन्दा बढी पहिलादेखिको सम्झनाको फोल्डर खुल्न थाले। लामो समयपछि भेटेका साथीले अँगालो पनि लामै मार्ने रहेछन्, सायद मोबाइलमा ब्याट्री जति कम प्रतिशत देखायो उत्ति बढी समय चार्ज गर्नुपर्ने जस्तो हो कि! यस स्थितिले यति धेरै पुलकित बनाइरहेको थियो र मनले यसरी उत्सव मनाइरहेको थियो कि 'जेट ल्याग' नामक सम्भावित झुंगीले ममाथि अड्डा जमाउने आँट गर्न सकिरहेको थिएन। आइओएमका दसौं ब्याचदेखि अठ्ठाइसौं ब्याचसम्मका साथीहरु, बिपी स्वास्थ्य प्रतिष्ठानका पुराना साथीहरु, त्यस्तै मणिपाल कलेज लगायत सबैजसो कलेजका पुराना साथीहरु सबैलाई अमेरिकामा एकैथलोमा भेट्न पाउँदाको क्षण एक पृथक् अनुभूति थियो। प्रत्येक अँगालो आफैमा मित्रताको सँगालो थियो र सँगसँगै मानिस आफैमा सामाजिक प्राणी हो भन्ने सत्यताको सन्देश पनि थियो। 

डिसीमा डाक्टरहरुको डान्स 
सुन्दा अचम्म पनि लाग्छ होला; वासिङ्टन डिसीमा नेपाली डाक्टरहरु जम्मा हुन्छन् र मन तानेका चल्तीका गानाहरुको तालमा नाच्नसमेत भ्याउँछन् भन्ने थाहा पाउँदा। सबैलाई लाग्छ पनि, देशमा अझै डाक्टरहरुको अभाव भएको अवस्थामा अरु देशमा त्यत्रो नेपाली डाक्टरहरु? 

Xtrem

Xtrem

जे होस्, त्यहाँ बस्ने नेपाली डाक्टरहरुले एकाकार गर्नु, वर्षको एक पटक एक ठाउँमा जम्मा हुनु र नेपालको सन्दर्भलाई जोडेर छलफलमा उत्रनु र केही रकम जम्मा गरेर नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्न खोज्नुलाई साकारात्मक रुपमा बुझ्न सकिन्छ। मेरो मनले पनि मलाई साउती गर्दै थियो- हुन सक्छ 'ब्रेन ड्रेन' लाई 'ब्रेन गेन' मा बदल्ने प्लेटफर्म पनि त हुन सक्छ यो जमघट। केही सेकेन्डमै यस्ता तार्किक विषय मेरो मानसपटलबाट बिदा लिन बाध्य भए, जब एकपछि अर्को गर्दै सबै साथीले तान्दैतान्दै डान्स फ्लोरतिर लगे र हातखुट्टा चलाउन बाध्य बनाए।   


        
जसै 'वारि जमुना, पारि जमुना', 'मन मगन', 'कुटुमा कुटु' जस्ता गानाको शृंखला चल्न थाल्यो, टेबल र मेचलाई साइडतिर पन्छाउदै राम्रा नाच्नेहरुको छेउ लाग्दै डान्स फ्लोर ठूलो पार्नेहरुको संख्या पनि बढ्न थाल्यो। 

डाक्टरहरु पनि आम मानिस नै हुन्। गीतसंगीत र नृत्यको शक्तिले तिनलाई पनि त खिच्ने नै भयो। मलाई भने एक-डेढ घन्टा त्यस माहोलमा जमिसकेपछि भोलिपल्टको ठूलो जिम्मेवारीले पोल्न थालिसकेको थियो। त्यसै पनि नेपालको स्वास्थ्य नीतिको एक घन्टाको बहस, त्यसमाथि दिग्गज सहभागीहरुको अगाडि चलाउनुपर्ने। धन्न जानुअगाडि देखिकै तयारी, प्लेनमा र ट्रान्जिटमा समेत डकुमेन्टहरुको अध्ययन र डा रमेश खरेलसँगको म्याराथोन भलाकुसारीले मेरो मन बलियो बनाइसकेको थियो। 

जे होस् ११ बजेसम्म औपचारिक गाना लगायत आफ्नो कलेज लाइफको उटपट्याङे गाना गाएर सबैजसोले शतप्रतिशत रमाइलो गरे। मान्छेलाई वास्तवमै ब्रेकको खाँचो पर्ने रहेछ। किन प्रत्येक दिन रात नै परेर मान्छे सुत्ने रहेछन्, किन हप्तैपिछे सप्ताहन्तको व्यवस्था भएको रहेछ, किन फिल्महरुमा इन्टर्भल आउने रहेछ; राम्रैसँग बोध भयो। 

रातको १२ बज्यो। अब त साथीहरुले सुत्न जाऔं भन्लान् भनेको त अब एउटा अर्को, अब लास्ट, अबचाहिँ सुपर लास्ट भन्दै गानामाथि गाना थप्न लगाएर झन्डै तीन बजाए।

कार्यपत्र उर्फ प्रेमपत्र 
मे ११ शनिबार। कन्फरेन्सको मुख्य दिन। बिहान ९ बजेदेखि नै प्रस्तुतिको शृंखला सुरु थियो। अघिल्लो दिन त के भन्नु, ३ बजे रातिलाई, जे होस् ढिला सुतेको कारण उठ्न पनि केही ढिलै भएछ। डिसीमै बस्ने मेरो साथी प्रदीप कार्कीले अन्य साथीहरु मार्फत खबर पठाउनाले बिहानी कर्म 'फास्ट फरवार्ड' तरिकाले सम्पन्न गरेर होटेलमा सँगै बसेका हामी चार जवान सरोज श्रेष्ठ, रमेश मरहट्टा, महेन्द्र पौडेल र म होटेल लबीतिर ओर्लियौं। ब्रेकफास्ट बाहिरै खाने भन्ने बहानामा केहीबेर भए पनि होटेलको चारकिल्लाबाट बाहिर निस्कने मौका पनि जुर्‍यो। साथी प्रदीपको दिमागमै डिसीको नेभिगेटर भएकाले सजिलो पनि भयो। फर्किएपछि भने खास कार्यक्रममा सक्रिय भएर भाग लिनुपर्ने थियो। त्यस दिन करिब मैले नै मोडरेसन गरेको प्यानल डिस्कसनबाहेक पनि १० वटाजति कार्यपत्रहरु प्रस्तुत भए।

धेरैजसो ती कार्यपत्रहरु प्रत्यक्ष-परोक्ष रुपमा नेपालको स्वास्थ्य सेवाका विषयमा नै केन्द्रित थिए। यस दृश्यले मेरो मनमा यस्तो दृष्टिकोण बनिरहेको थियो कि यी कार्यपत्र कार्यपत्र मात्र नभएर प्रस्तोताहरुको नेपालप्रतिको माया झल्काउने प्रेमपत्र पनि थिए। 

हुन त आदर्शवादी सोच राखेर बोल्नेहरुको लागि हाई ग्रेडकै पटाक्षेप गर्नका लागि स्पेस राख्दछ यस दृश्यले। डोल्पा कि डिल्लीबजारमा छलफल गरे पो नेपालप्रतिको साँचो छलफल, डिसीको छलफल के छलफल? यद्यपि यस छलफलले नेपाललाई छल गर्नेभन्दा फल दिने सम्भावना नै ज्यादा छ। यसैगरी छलफलमा बस्दै र चिन्तनमा पस्दै जाने हो भने अमेरिका पुगेका नेपाली डाक्टरहरुले दिएका शिक्षा र दीक्षामा अब इच्छा पनि थपिएर 'ब्रेन गेन'को बाटो नखुल्ला भन्ने कहाँ छ र? भारत र थाइल्यान्डले विदेशमा प्रशिक्षित डाक्टरहरुलाई फर्काएर मेडिकल टुरिजमको द्वार खोलेका त हुन् आखिर। जे होस्, त्यस दिनका सबै प्रस्तुतिहरुलाई ध्यानपूर्वक सुनियो र मनमा गुनियो पनि।

मैले सहजीकारण गरेको प्यानल डिस्कसनको दौरान सबैजसो सहभागीहरुको उत्साहजनक उपस्थिति देखियो। कार्यक्रमपछि सबैबाट बधाई लिन पनि पाइयो। मनभित्र खुसीको थ्रेसहोल्ड नाघेकै अवस्था थियो। प्रायले छलफलको सिलसिलामा राखिएको एउटा प्रश्नलाई सिग्नेचर प्रश्न जसरी मैमाथि प्रहार गर्दै थिए- नेपालको स्वास्थ्य नीति 'डाटा'मा आधारित छ कि 'दाता'मा?

कार्यक्रमपश्चात् आफ्नो जिम्मेवारीको प्रेसर कुकरको सिटी लागिसकेपछि दिमाग झनै हलुका भयो र त्यसैको मौका छोप्दै सोमनाथ भाइसँग एक राउन्ड ह्वाइट हाउस चक्कर लगाउन गइयो पनि। पार्किङको समस्याले गाडी गुडाउँदै घुम्नुपर्दा सोमनाथ भन्दै थियो, 'दाइ फोटो खिच्न पाइएन नि।'

मैले पनि उत्तर दिएँ, 'आँखाको डिजिटल क्यामेराले खिचिहालियो, भिडियो नै चाहिए युट्युबमा हेरौंला।'

फेरि कार्यक्रम स्थलमै फर्किएर हिजैको जसरी उही प्रकृतिको तर एक तहमाथिको मनोरन्जनमा सहभागी भइयो। कुनैकुनै टुक्का र डान्समा लिड पनि गरियो। त्यसमध्ये एउटा साथीहरुमाझ मात्र गाउन मिल्ने गीत कम्तिमा १० पटक गाइयो होला। कम्तीमा ९ पटक 'वन्स मोर' नै पाइयो होला!

युजिनमा युनिक योजना
वासिङ्टन डिसीबाट वासिङ्टन स्टेट पुग्नु भनेको झापाबाट कञ्चनचनपुर गए जस्तै हो। तर मेरो हेल्थ एसिसटेन्ट पढ्दादेखिकै साथीहरु ओरेगन स्टेटको युजिन सहरमा रहेकाले सरोज श्रेष्ठ, रमेश मरहठा, विनोद ढुंगाना, सन्देश पण्डित र म पनि एक हप्ताको भ्रमणका लागि कोलोराडोमा ट्रान्जिट लिँदै १२ तारिख त्यता हान्निँयौ। तर त्यस दिन बिहानको खाना भने मेरो होस्टलको रूममेट प्रशान्त कोइरालाको डिसीस्थित घरमा खाने योजना बनेको थियो।

भर्जिनियामा पढ्दै गरेकी मेरी भान्जी शवनम र उसका साथीसमेत त्यहीँ भेटेर सँगै खाना खाने भन्ने थियो। बुहारी रुमाले मेहनतको मसला हालेको खानामा साथीहरु र भान्जीसँगको भेटको अर्को मसलाले त्यसलाई चौरासी व्यञ्जन खानामा बदलिदिएको थियो। 

नेपालमा खान हम्मे पर्ने नेपाली परिकार उता झन् बढी खान पाइन्छ। जस्तो कि पिँडालु, मस्यौरा, तामा, सिन्की आदि। जे होस्, जिब्रो पड्काएर र थाल र औंला चाटीचाटी खाना खाएर हतारहतार हाम्रो टोली दुई उडानमार्फत सात घन्टा लगाएर युजिन उत्रियो। साथी रमेशले गाडी एयरपोर्टमा नै छोडेका रहेछन्। एयरपोर्ट छुनेछुने बेलामा नै युजिनको भौगोलिक दृश्यले आत्मीय ह्यान्डसेक गरिसकेको थियो, कारण त्यहाँ देखिएको डाँडापाखा आफ्नै जस्ता लागिसकेका थिए। साथीहरुले मायाले पुन्टे भन्ने क्रममा भन्दै थिए, 'हेर पुन्टे हामी त यस्तो टाढाको गाउँमा बसेका छौं त।'

मैले पनि उत्तर दिएँ, 'गाउँ र सहर भन्दा पनि विषय मनको रहरको हो।' 

झिसमिसे भइसकेकाले त्यसैदिन युजिनको सौन्दर्यपान गर्न पाइएन तर पनि बाटोभरि नै युजिनले नेपालको न्यास्रो लाग्न दिँदैन भन्नेसम्म चाहिँ मनभित्र म्यापिङ भइसकेको थियो।

'हेर पुन्टे, यो गाडी गएर जुन बिल्डिङमा ठोकिन्छ नि, तेरो साथीको घर त्यही हो।' (साथीहरु भनेको निक नेमले ढुक्कै बोलाउन सकिने एउटै मात्र तप्का हुन्। उनीहरुले नाम लिएर बोलाए भने आफैलाई के नमिलेको वा के नपुगेको जस्तो लाग्ने रहेछ)। 

सरोजको घरमा अमृता भाउजू र एक वर्षकी छोरी हिरण्या व्यग्रताका साथ कुरेरै बसेको प्रष्ट बुझिन्थ्यो।अमेरिकामा खास गरेर डाक्टरहरुको कमाइ र त्यही अनुपातको घर, गाडी आदिको व्यवस्था हेर्न लायक नै हुन्छ। हरेकजसो कुरा स्वचालित वा अर्ध स्वचालित हुनु त त्यहाँको परिचायक नै भइहाल्यो। जसै उनीहरु यो तेरो बेडरुम, बाथरूम यता छ, बत्ती बाल्ने यता भन्दै ओरिएन्टेसन दिँदै थिए, म पनि भित्रभित्रै साथीहरुको प्रगतिप्रति उति नै रमाउँदै थिएँ।

अस्तिदेखिको दौडादौड र त्यसले भगाएको जेट ल्यागले अबचाहिँ अँगालो हाल्न आउला जस्तो भो, पुरै झुंगी लागे जस्तो भएर आयो। आफूले अरु मान्छेको शरीर लिएर हिँडेको हो कि जस्तो लाग्न थाल्यो। 'ल भाउजू अब खाएर सुतिहाल्नुपर्ला जस्तो छ; कार्यक्रम अवधिसम्म निद्रा नलगाइदिन भनेर हर्मोनहरुसँग निवेदन हालेको थिएँ, अबचाहिँ निवेदनको म्याद गुज्रिएछ क्यारे।' यति भनेपछि सबै जना हाँसे। खाना खाउन्जेल त्यस हाँसोले फ्रेस गरायो। 

भोलिपल्ट लन्च अर्थात् मम खाएर सरोज र म घुमघामतिर लाग्यौं। युजिन 'पूरै देखिने ठाउँमा लान्छु तँलाई' भन्दै स्पेन्सर ब्युट भनिने डाँडाको फेदीमा लगेर गाडी रोक्यो। 

'लौ जिउ हलुको पार्ने भए उ: त्यो टेम्पोररी ट्वाइलेटमा चान्स लि हाल्।' 

हेर्दा सामान्य लाग्थ्यो तर हाम्रा त ट्रेकिङहरुमा समेत पानी, ट्वाइलेटको समेत व्यवस्था हुन्न। साइड लागेर अनुशासनहीन बन्नुबाहेक उपाय हुन्न। साथी भन्दै थियो, 'ट्याक्स महँगो भए पनि यस्तै सुविधाहरुको कारण तिर्न मज्जा लाग्छ।'

खैर, हामी दुई भाइ सु:खदुख र साथी बन्दादेखिका रमाइला किस्साहरु जोड्दै र हाँसोको फोहरा छोड्दै डेढ घन्टाको यात्रामा सो डाँडाको समिटमा पुग्यौं। 

युजिन एक उपत्यका नै रहेछ। झट्ट हेर्दा पोखराको झझल्को दिने। नभन्दै उक्त स्थानबाट पूरै ३६० डिग्रीकै दृश्यपान हुने रहेछ। एक कोणबाट हिमाल, अर्को कोणबाट सहर, अर्को कोणबाट जंगल, ताल र डाँडैडाँडा। ओहो यार, यो त अमेरिकाको सराङकोट रैछ- मेरो मुखबाट निस्केको त्यति नै हो। 

छालाले जंगलको शीतलता पायो। जिब्रोले बोटलमा लगेको ओरेन्ज जुस पायो। कानले चराहरुको चिरबिर र हाम्रो गफ पायो। नाकले मात्र बिचरा केही पाएन भन्दै थिएँ, सरोजले भन्यो, 'डाँडामा पुगेपछि पाउँछ पख्।' 

माथि पुगेपछि सोध्यो, 'नाकले केही पायो?'

अर्कै बास्ना भनौं या गन्ध थियो। थाहा भयो ओरेगनमा गाँजा छुट रहेछ।

त्यहाँबाट ओर्लिएर अब भने हामी हान्नियौं लालीगुराँसका १८ रङ गन्न सकिने हेन्डरिक पार्कतर्फ। सौभाग्यवश मौसम र याम पनि पर्फेक्ट नै पर्नुपरेको। जताततै ढकमक्क लालीगुराँस, त्यो पनि थरीथरीका। जता हेर्‍यो, त्यतै हेरिरहूँ जस्तो, मोबाइल क्यामेराले  घेरिरहूँ  जस्तो। तर त्यहाका लालीगुराँस चाहिँ जेनेटिक इन्जिनियरिङ गरेर बोटको साइज घटाएका, कति त गमलामै अटाइएकावाला। त्यहाँ पनि प्रकृति बिगारेको भनेर आलोचना चाहिँ भइरहेको रहेछ। 

लालीगुराँसलाई रुखबाट बुट्यान  बनाए जस्तै मान्छेलाइ नै पुतली बनाऊँ न त अब जेनेटिक पद्धतिबाट। घर पनि खेलौना जस्तो भए पुग्ने, गाडी पनि त्यस्तै भए पुग्ने; वातावरणप्रेमीहरुका आवाज त्यस्ता रहेछन्। तर जे भए पनि पाथिभरा जाँदा देखेको थरीथरीका लालीगुराँसको सम्झनाको फोल्डर खोल्दै थियो उक्त पार्कले। धन्न पहिले जस्तो ३६ वटा रिलको जस्तो समस्या छैन अचेल, डिजिटल युग भएर। पहिले पहिले त पिकनिक जाँदा ३५ रिल सिद्धिएपछि लास्ट एउटा वा दुइटा फोटो कसको चाहिँ खिच्ने  भन्नेमा साथीहरुको झगडा भएर एक-दुई महिना नै बोलचाल बन्द भएको रेकर्ड पनि नभएको होइन। अचेल भने, चाहे जति फोटो खिच्न मोबाइल, चाहे जति फोटो हाल्न फेसबुक र इन्स्टाग्राम। क्या मज्जा!

भाउजू, हामी घुमघामतिर हजुर चाहिँ धुमधामतिर। 

हुन पनि, आज युजिनमा बस्ने ६ चिकित्सकका परिवारलाई सरोजको घरमा मम डिनरकालागि निम्तो गरिएकाले अमृता भाउजूको तयारी धुमधाम ढंगकै थियो। काममा सहजता पनि थपिने, समय पनि कट्ने र सामाजिक पनि भइने कोणले सोधेँ, 'भाउजू म केमा सघाऊँ, कम्तीमा मम:मा किमा भरौं कि।' 

भाउजूले पनि मिठो उत्तर दिनुभयो, 'सुवास बाबुले सघाउनु हैन खाएर अघाउनु चाहिँ  पर्‍यो।'

आफ्नो हब्बी अनुसारकै जिम्मा पाएपछि मन त झनै फुरुङ्ग। करिब पाँच बजेबाट सबै परिवारको आगमन सुरु भयो। मेरो चाहिँ पेट भरिसकेकोले प्लेट भर्नुपर्ने जरुरी भएन जसको फाइदा पुरापुर सबैसँग धीत मर्नेगरी गफको पन्तुरा खोल्न पाइयो। त्यतिमध्येका अग्रज विनय रिमाल दाइ आफैमा व्यक्तिरुपी विकिपेडिया नै हुनुहुँदो रहेछ। बीचबीचमा हाँसोका रकेट उडाउँदै ८० प्रतिशत समय भने चिन्तनमिश्रित मन्थन गरियो भने २० प्रतिशत समय एजेन्डाविहीन गन्थन गरियो। पंकजा भाउजू, कान्ति भाउजू, शोभा भाउजू लगायत सबै परिवारजन र बच्चाबच्चीसँग खुबै रमाइयो। जीवनपर्यन्त सम्झनाको टोकरीमा स्थायी रुपले सेभ हुने गरी। 

आजको पूरा दिनभरिमा बढेको सबैभन्दा मननयोग्य ज्ञान भने युजिन र काठमाडौं एकअर्काको भगिनी सहर रहेको भन्ने रह्यो। रुसको इर्कुत्स्क, जापानको काकेगावा, दक्षिण कोरियाको जिन्जु र काठमाडौंसमेत गरी चार सहरसँग मितेरी सम्बन्ध रहेछ, युजिन सहरको।

भोलिपल्टको युजिन रोटरी क्लबको भ्रमण। बसन्त पाठक, रमेश मरहठ्ठा, एलिजावेथ र विनोद ढुंगानासँगको किङ्ग इस्टेट वाइनरी (विनियार्ड) को स्थलगत डिनर, त्यसको अर्को दिन बसन्त र रमेशसँगको 'हाइवे १०१' को कोस्टल ड्राइभमा गाइएका गानाहरु  र मनको क्यामराले गरेको छायांकन। विनय दाइको रिसोर्टरुपी घरमा चलेको स्वास्थ्य क्षेत्रको नवीनतम सोच र इलेक्कट्रोनिक मेडिकल रेकर्ड सम्बन्धी तर्कसंगत भलाकुसारी। बसन्तले गराएको १० माइल लामो साइक्लिङ्ग। रमेशले बनाएको 'सिग्नेचर मटन'को सिग्नेचर स्वाद। विनोदको कुकुरसँगै गरेको विलामेट नदीको विचरण। सबैजसो क्रियाकलापले नै डिस्टिङ्सन अंक हासिल गरे मेरो मनको स्कोरबोर्डमा। र, अन्तिम तीन दिन पनि उसैगरी ओरेगनकै सेलम नामक रमणीय ठाउँमा रहेको साथी ऋषिराम पाठकको घरमा प्रभा भाउजूको विशेष मेनु, ऋषिरामसँग राति २ बजेसम्म चलेको मित्रवत अन्तरंग कुराकानी। जोरपाटीका स्थानीय  सरोज अर्याल दाइको परिवारसँग गफिँदै खाएको ब्रेकफास्ट। ब्रेकफास्टलाई नाम अनुसारकै 'फास्ट' 'ब्रेक 'गरेर पोर्टल्यान्डतिर गरिएको यात्रा सबैसबै नै मेमोरीमा फाइभ स्टार झझल्को बनेर बस्ने गरी व्यतित भए।

पोर्टल्यान्ड सहर नजिकको कोलम्बिया नदीमाथि देखिने नौ वटा पुलले अमेरिकाको विकासको उच्चतम तस्बिर झल्काइरहेको थियो। नेपाल फर्कन अब दुई दिनमात्र बाँकी थियो। प्रत्येक घन्टा र मिनेटलाई पूर्ण उपयोगिताको सीमांकनमा राख्नु मेरो आफ्नो लागि त जरुरी थियो नै। अब हामी पुग्दै गरेको वासिङ्गटन स्टेटको क्यामस भन्ने रमणीय स्थानमा बस्ने मेरो क्लासमेट विजय श्रेष्ठले भन्ने गरेको पुन्टेले पेट मिच्ने गरी हँसाएन भने त यसको ब्रान्ड नै बिग्रिन्छ भन्ने स्टेटमेन्टको इज्जत गर्नका लागि पनि उत्तिकै जरुरी थियो। नभन्दै सोही अनुसार विजयको पूर्ण तयारी पनि रहेछ। चिकेन ग्रिल गर्नेदेखि कताकता डुल्न जाने भन्नेसम्मको मेनु बनाएर राखेको रहेछ। 

सन्ध्या भाउजूको अनुपस्थितिमा होम मेकरको समेत भूमिका उसैको रहेछ। छोरा प्रणय, छोरी सेरा र ओस्कार नाम गरेको कुकुरको रेखदेखसँगै भान्छा शाखा पनि उसैको जिम्मा रहेछ। 

'खुब काम गर्दो रहेछस् त, यता आएर सिकिस् कि पहिलेदेखि नै हो?; जे भए पनि मेरो घरमा चै थाहा नदे है, मलाई पनि यस्तै लोड पर्ला यसै गरी!' हामी साथीहरुको सक्कली रुप देखाउँदै जिस्किदै थियौं। 

'पुन्टे, यो पूरै भिडियो खिचेर पवित्रा भाउजूलाई पठाइदिने हो,' ऊ मलाई मित्रसम्मत सताउँदै थियो र सँगसँगै दुई दिनको प्लान बताउँदै थियो। 

'जम्बो (उसको निक नेम), तैंले अमेरिका आएर हलिउड नखेले पनि ओस्कार पाइसकिछस् त। कम्तीमा कुकुरको नाम ओस्कार राखेरै भए पनि।' यस्तै यस्तै गफको रिदममा बग्दाबग्दै घडी छिटो चलेको हो वा समय चाँडो कुदेको हो पत्तै भएन। 

त्यसको भोलिपल्ट अर्थात् मे २२ तारिख सपरिवार मल्टनोमा झरना र कोलम्बिया गर्जको दृश्यपान गर्न पाइने भ्यु प्वाइन्ट बिष्टा हाउस पुग्यौं। मल्टनोमा झरना हेर्दा भने रमाइलोको उत्कर्षसँगै थुप्रै प्रश्नहरुको वर्षा पनि थियो, मनभित्र। यस्ता झरना नेपालमा कति होलान्। उता चाहिँ झरना बगी मात्र रहने, यताचाहिँ यति व्यवस्थित बनाएर यो झरनाले टुरिस्ट लगी मात्र रहने! खैर, प्रश्न त कति उब्जिए, उब्जिए। अब भने घर फर्किएर सन्ध्या भाउजूले पकाईवरी राखिदिनुभएको आइटमहरुसँग विजयले पकाएको उत्कृष्ट जिम्बु झानेको दाल र मेरो रेसिपीको आलुजिरासँग जिब्रो पड्काउदै अविस्मरणीय लन्च गरियो। 

बेलुकी भने त्यहीँ नजिकैको अर्को डाक्टर साथी महेश दंगाल लिन आइपुग्यो। उसको घरमा पनि सोही चक्रको पुनरावृति नै भयो। गीता भाउजू टिचिङ अस्पतालदेखिकै चिनेको पर्नुभयो। छोरी श्रीजा र छोरा सम्राटसँग एकैछिनमा कुरा मिलिहाल्यो। धेरैपछि  साथीहरु भेटेर गफ गर्न थालेपछि रातको २ बज्न एक-दुई घन्टा पनि नलागेको जस्तो लाग्नु सर्वव्यापी नियम नै त हो।   

अन्त्यमा 
यस पटकको भ्रमणले चार वटा एजेन्डा मनको डायरीमा कोरिदिएको छ।

पहिलो, अमेरिका भन्ने देश अन्तरिक्षमा नै विकसित भएर फुत्त खसेको त होइन नि। त्यहीँका मान्छेले नै बनाएका त हुन्। नेपालको मात्रै तार कहाँ चुँडियो होला? 

दोस्रो, त्यहाँ शिक्षित डाक्टरहरुलाई नेपाल फर्कने वा नेपालसँग जोडिन उत्कट चाहना देखियो। यसका लागि उनीहरुको व्यक्तिगत प्रयासभन्दा अन्य मुलुकका झैं नीतिगत प्रयास हुनु उपयुक्त हुन्छ। यसका लागि राज्यले आकाशे पुल बनाउनेतिर कदम उठाउला कि नउठाउला? 

तेस्रो, जुनसुकै देश घुमिसकेपछि पनि नेपाललाई जति प्रकृतिले अरु देशलाई कम नै दिएको देखिन्छ। यो तथ्य नीति निर्माताको बुझाइमा ल्याप्चे लागेको छ होला कि छैन होला? 

चौथो, देश बनाउने भनेको नागरिकको पनि ठूलै भूमिका हुन्छ। खासगरी अनुशासन, नियम, समयको सत्कार र मेहनत जस्ता बुँदाहरुमा। यस सत्यलाई हामी आम नागरिकले नबुझेको होला कि, बुझेकै छैनौं। कि बुझेर पनि बुझ पचाइरहेका छौं होला? 

यी चार एजेन्डाको उत्तर खोज्ने जिम्मा तपाईं-हामी सबैको हो।

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्