• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

सुकुमारी सम्झनाहरु 

64x64
नेपाल लाइभ शुक्रबार, पुस ७, २०७४  ०७:१४
1140x725

निद्रामै थिएँ, एकाबिहानै आमाको फोनले ब्युँझ्यायो। गत महिनादेखि समय एक घन्टा पछाडि सरेको छ अमेरिकामा। वर्षमा दुई पटक, समय पछाडि सर्ने र फेरि अगाडि यथावत् आउने हुने रहेछ। आमालाई यो कुरा जनाएकी थिइनँ मैले। लेखपढमा अलमलिने, राति अबेर सुतेर बिहान ढिलै उठ्ने मेरो अल्छे बानी आमालाई थाहा नभए कसलाई होला? 

‘तँलाई डिस्टर्ब भयो है’ भन्दै आमा सुर्ताउनुभयो। ‘आँखा चिम्म गरेर पल्टिराख, एकछिनमा फेरि निद्रा परिहाल्छ’ भन्दै उपाय सुझाउनुभयो। मन भरिएर आयो, बालख छँदा मेरो निद्रा बोलाउन हजार कोसिस गरिसकेकी मेरी आमा भूगोलको यत्रो दूरीमा समेत मलाई निदाइदिने प्रयत्नमा लाग्नुभयो। आमा त आखिर आमै हुन्। 

हरे! आज कस्तो औपचारिक हुनुपर्ने दिन आयो, सम्झेर छोरीसँग कुरा गर्न मन लाग्दा पनि डिस्टर्ब भयो भन्दै पछुताउनुपर्ने। मनमा कुरा खेल्न थालेपछि त्यो शृंखलाको लामै रेखा बन्छ। के को फेरि निदाउनु? तँछाडमछाड गर्दै आउने विशृंखलित सोचाइको विगतमा भुल्नु र दूर रहेर आमाको मायाको न्यानोपन अनुभूति गर्नुमा आफ्नै आनन्द छ। 

उठेर कफी बनाएँ। झ्यालको पर्दा उघारेँ, हाम्रा मुस्ताङतिरका जस्ता उजाड पहाड देखिन्छन् वरिपरि। सूर्यको चहक आज बेग्लै छ, न्यानो किरणको एक झुल्को फुत्त कोठाभित्र पस्यो। हिजोको वर्षातले नुहाइवरी घाम ताप्न बसिरहेका जस्ता लाग्ने धूपी र सल्लाका रुखहरु हेर्दै गर्दा विचारको शृंखला फेरि आफ्नै आमासँग जोडिन पुग्यो, आफ्नै धर्तीसँग गाँसिन पुग्यो। आँखा अगाडि यो प्रकृति, तर मनले खोज्ने आफ्नै परिवेश। 

मेरो जन्मदिन नजिकिँदै गर्दा आमाको फोन बाक्लै आउँछ। आमाको मनमा मेरो जन्मदेखिका आजसम्म मैले भोगिआएको जीवनको सारा आरोह–अवरोहका चक्रहरु चल्दा हुन् र त घरिघरि सम्झेर कुरा गर्न खोज्नुहुन्छ। करिब चार दशक उमेर आमाको काख वरिपरि रित्याएकी म यसपाली फेरि मुलुकभन्दा हजारौं माइल टाढा आफ्नै रोजाइले अर्को जन्मदिन मनाउँदै छु। 

नेपाल छँदा, विशेषगरी काठमाडौं हुँदा त आफूलाई जन्मदिन आए–गएको मेलोमेसो नैे हुँदैनथ्यो। आमालाई भने चासो हुने, क्याम्पस पढ्दै गर्दा आमाको आग्रहमा बुवाले जन्मदिनको तिथि पारेर नवलपरासी घरमा बोलाउनुभयो। काठमाडौंदेखि घरसम्मको २७७ किलोमिटरको दूरी त छँदैछ, पढाइ छुटाएर ग्रहशान्ति र अरु के–के दशा कटाएर कलेज फर्केको दिन सम्झेर आज यहाँ एक्लै मुस्कुराउँदै छु।  

घरको बरन्डामा सेतोरातो रेखी हालिएको स्थानमा पण्डितजीको सामुन्ने चकटीमा बसेकी म आफैंलाई आज चलचित्रको दृश्यमा झैं सम्झिरहेछु। हवनकुन्डमा चरु होम्दै गरिएका स्वाहा स्वाहा ध्वनि र अन्य हिन्दी स्त्रोतहरु कानमा गुन्जिरहेछन्, आँखा चिम्लेर ती दिनहरुमा यसै त्यसै हराउन मन लागिरहेछ। हिन्दी र अवधी मात्रै बोल्ने, भारतको उत्तर प्रदेशबाट बसाइँ सरेका, विधा पण्डितजीको निर्देशनमा नदीसम्म पुगेर घन्टौं पूजा गरेको सम्झँदा आज फेरि मन एक्लै मुस्कुरायो।  

त्यतिबेलासम्म मैले महाभारत, रामायण जस्ता किताब पढिसकेकी थिएँ, दूरदर्शनले प्रसारित गर्ने भारतीय धार्मिक धारावाहिकहरु कुनै नछुटाई हेरिसकेकी थिएँ। उमेर आलैकाँचै भए पनि चेतना पसिसकेको थियो, मन असाध्यै काल्पनिक भइसकेको बखत थियो, वरिपरि मलाई घेरेर बसेका सखीहरु, नदीको तटमा कुनै पौराणिक कालको पात्र जस्तै भएर, वरिपरि पूजा सामग्री र धूपधूँवाको सुगन्धमा आफैंलाई हराउँदा म त महाभारत युगमै छु कि जस्तो उतिबेलै लागेको हो। 

Ncell 2
Ncell 2

मंसिर महिनाको न्यानो घामको किरणसँगै झिलमिल झिलमिल गरिरहेका नदीका लहरहरुमा मैले चढाएका सयपत्री फूलका थुंगाहरु पर–परसम्म बगेर गएको हेर्दै आफ्नो शिरमाथि विराजमान राहु, केतु र शनीलाई पण्डितजीले पन्छाइदिएको निमेषहरु उत्पातै आल्हादकारी थिए। 

नेपाल छँदा यति झिनामसिना कुराको सम्झनाले खुसी कहिल्यै बनाएनन् मलाई। आज आफ्नो भूगोलको संघार नाघेर टाढा लागेपछि सारा सांस्कृतिक अभ्यासहरु, चलनहरु, कुरीति र कुप्रथा नै सही, सबै विश्वासहरु प्रियकर लाग्दै छन्। पण्डितजीले पूजा गरेर कति ग्रह काटियो र कति संकटका बादलहरु मेरो टाउकोबाट हटे, त्यसमाथि त कहिल्यै विश्वास भएन। तर, यहाँ केक काटेर र क्यान्डल निभाएर मनाइने जन्मदिवसभन्दा त हजारांै गुणा स्मरणीय भने पक्कै रहे।

आमाको आशीर्वादसहितको रातो टीका र उपहारको नयाँ लुगा बाल्यकाल र किशोरवयभरिका सम्झनाका जन्मदिनहरु हुन्। आज यहाँ बसेर पहेंलिएर भुइँमा झरेका पातहरुले उजाडिएका रुखहरु र हिउँदे वर्षातले भिजेको धर्तीलाई नियाल्दै विगत केलाउँदै गर्दा तिनै दिनहरु जिन्दगीका अति उत्तम दिनहरु रहेछन् जस्तो मनले मान्न थालेको छ। 

सबै आमाहरु झैं मेरी आमा पनि गन्दै होलिन्, मेरा जिन्दगीका कति पातहरु यसरी पहेंलिएर झर्दै छन्, मूल्याकंन गर्दै होलिन् मेरो जीवनले खेपेको हिउँद र वर्षातहरु,  मेरो जिन्दगी ठ्याक्कै उनले बनाउन खोजे जस्तो भयो कि भएन, वा बढ्तै भयो कि? म जन्मिनासाथ उनको आँखामा बसेका सपनाहरुले बिसौनी पाए कि पाएनन्? सोध्न डर लाग्छ। चार दशक नाघेका सन्तानलाई आमाहरु घरको धुरीखाँबो झैं भएर एक ठाउँमा स्थिर बसेको देख्न चाहने रहेछन्। यायावर जिन्दगी कसैको आमालाई पनि मन पर्दैन। म आफ्नो महत्वाकांक्षाको जगमा उभिएर यहाँ खुट्टा टेक्ने प्रयत्न गर्दै छु, उता मेरी आमाको मुहारमा सन्तोषको एक धर्सो पनि छैन। मैले पनि त मेरो सन्तानको लागि सपना देख्न पाउनुपर्छ, होइन र आमा? 

मेरी आमाको मलाई पाप नलागोस्, मेरो धर्तीको मलाई सराप नलागोस्। आमा प्रकृति हो, आमा नदी हो। नदी झैं आमाको माया तल–तल बग्दो छ, मेरो सन्दर्भमा पनि नदी र प्रकृतिको ठ्याक्कै यही गति लागू हुने न हो, र त म यो टाढाको भूगोलमा अझै केही खेप हिउँद, वर्षाहरु काट्ने मेलोमेसोमा छु। मेरी आमालाई थाहा छ, म यहाँ फुलेका फूलहरुमा वसन्त भोग्न पटक्कै सक्दिनँ, मेरा वसन्तहरु आमासँगै छन्, मेरा खुसीहरु मेरो देशसँगै छन्, मेरा सुकुमारी दिनहरु आमाकै आँगनमा सम्झना बनेर मलाई कुरिरहेका छन्।

मान्छे आफ्नै नजरमा बिचरा बन्न चाहँदैन, साना–साना उपलब्धिहरुको खुड्किलो चढ्दै अरु जस्तै म पनि यता बत्तीको पुतली भएर होमिएँ। अरुका लागि त के–के न गरेँ जस्तो देखियो, तर जब–जब धर्ती र आमा सम्झन्छु, म आफ्नो नजरमा आफै बाउन्ने भैजान्छु। त्यसैले त यस्ता गन्थन–मन्थनहरु मनमा छड्किरहन्छन् अनि मलाई आमाका दराजका राम्रा तन्ना जति मेरै सुकुमारी ओछ्यानको भागमा परे हुन्थ्यो भनेर जिद्दी गर्ने आफ्नै किशोरी बानीको माया लागेर आउँछ। 

तन्ना र साबुनमा आमाका भारतीय विशेष ब्रान्ड थिए, ती कालान्तरमा हाम्रा पनि ब्रान्ड बने। बजार भन्नु नै भारतको खुला सिमाना, हामी चाहेर वा नचाहेर परनिर्भर त हुने नै भयौं। दशैंमा त सामूहिक लुगा रोजाइमा परिन्थ्यो, त्यसमा आफ्नो छनोट पहिले नै मिसिइसकेकाले कुनै उत्सुकता हुने कुरै भएन। त्यसबाहेक आमाबाट जन्मदिनमा आकस्मिक उपहारवापत प्राप्त लुगासँगै नयाँ तन्नाको विशेष मोह। यी दिनहरुमा हुने रोमाञ्चकता मेरो जीवनमा फर्केर आउनु असम्भव भएरै होला, बारम्बार मीठो अनुभूति बनेर यी स्मृतिहरु हृदयमा टाँस्सिएर रहेका। 

जन्मदिनको बिहान मान्यजनको आशीर्वादसँगै नयाँ लुगाको त घुम्टो उघ्रिसकेको हुन्थ्यो, स्कुलबाट फर्कंदा आफ्नो ओछ्यानमा नयाँ सिरानी खोलसहित मसक्क कसिएको फुलबुट्टे तन्नाको सरप्राइज देखेर गदगद हृदयलाई आमाको काखमा बिसाएको खुसी सम्झँदा आज आफैंसँग ईष्र्या लाग्छ। हो, रातमा जून छरिएर आउने त्यो ओछ्यानको जस्तो आरामदायक निद्रा र ती सुकुमारी दिनहरु मेरो जीवनमै फर्किने छैनन्। 

दक्षिण–पूर्व फर्किएको मेरो प्यारो कोठाका झ्यालहरुमा अझै पनि टाँसिएका सुकोमल मुलायम यस्ता हजारौं यादहरु छन्। आमाका बचेराहरु पखेटा हालेर उड्दै कहाँदेखि कहाँसम्म पुगिसके, सबै सम्झनाहरुको गोडमेल गर्दै आमा अझै त्यही घर कुरिरहनुभएको छ। हातगोडा चलुन्जेल गाउँमै पुख्र्यौली धानेर बस्ने आमाको रहरमा हाम्रा हजार खुसीहरु मिसिएका छन्। आमा भएरै हाम्रो लागि त्यो गाउँ छ, त्यहाँसम्म जाने बाटो छ, इतिहास बोकेको त्यो पुरानो सेतो घर छ, खेत छ र खलिहान छ, अझ परम्परागत भाषामा भन्नुपर्दा जिजुबुवाको जमिन्दारी आमाकै कारणले  धानिएको छ। 

पछिल्लो पटक घर पुगेको बेला पुरानो धनसारको कुनामा मेरो रातो साइकल अझै उस्तैगरी ठडिएको देखेर आमाको मायाप्रति बढ्तै गौरव भयो। त्यो साइकलमा मावली हजुरबुवाको सम्झना पनि छ, उहाँले भारतसम्म मान्छे पठाएर त्यो चिटिक्कको रातो साइकल झिकाइदिनुभएको हो। अचेल आखिर काम लाग्ने पनि होइन, खिया परेर रातो अलिअलि मात्र चिनिने भएको त्यो साइकल फालिहाल्नु किन उचित लागेन कुन्नि? आमालाई सोध्नै पर्दैन। ठाउँ भएसम्म र जतन गर्न सकेसम्म कुनै पनि आमाहरु आफ्ना सन्तानका सम्झनाहरु यसैगरी साँचेर राख्छन्। 

यस्ता खित्रिङमित्रिङ सम्झनाहरुले मात्र जिन्दगीलाई रंगीन बनाएको हो कि? नत्र वर्तमानसँग त मान्छे ज्यादै कम खुसी र सुखी छन्, होलान् अपवादमा कोही, तर बाल्यकाल जति नै दुःख र संघर्षमय नै किन नहोस्, सबैलाई अविस्मरणीय लाग्छ। 

मंसिर महिना, मेरो र बैनीको जन्म महिना, फेरि पनि आमाले हाम्रो झुलुवा झुल्ने ठाउँलाई मनभरि हेर्नुहुन्छ होला। मेरो कोठामा राम्रो सेतो फुलबुट्टे तन्ना मसक्क पारेर फेरिदिनुहुन्छ होला र त्यो मेरो साइकलको धूलो पुछ्न कसैलाई अह्राउनुहुन्छ होला। 

आमाले दिनैपिच्छे दोहोर्या उने गरेको सत्यवचन, ‘मेरो काखमा बितिरहेका तिमीहरुका यी दिनहरु जति रमाइलोसँग भोग्नु छ भोगिहाल, फेरि यस्तो दिन फर्केर आउने कल्पनै नगरे हुन्छ,’ सम्झेर आज मन एकाबिहानै झल्याँस्स भइगयो। सायद हजुरआमाहरुले पनि यस्तै भन्दै आमाहरुलाई हुर्काए, म र मेरा बैनीहरु यही सुन्दै हुर्क्यौं र हामीले हाम्रा छोरीहरुलाई पनि यही भन्दै हर्काउँदै छौं। विश्वकै उन्नत देश भनेर चिनिएको यो धर्तीमा पौरख गरी खाइरहेका नेपाली चेलीहरुको अरु विषयमा मत बाझिए पनि यो कुरामा भने एकमत छ, ‘आमाको काखमा काटेको जिन्दगीको सुख चन्द्रमै पुगे पनि बिर्सन सकिँदैन’। 

पितृसत्ताभन्दा मातृसत्ताको हैकम चलेको अमेरिकाका रैथाने महिलाहरु पनि जिम्मेवारी र कत्र्तव्यको घनचक्करमा आमा हुनुको चर्को मूल्य चुकाउँदै छन्। अधिकांश त एकल आमा नै छन्। यस्तो लागिरहेछ, संसारका सबै आमाहरु आफ्नो काखमा छोरीहरुको दिन सुखद बनाउनैका लागि बाँचिरहेका हुन्छन्। 

डिसेम्बरका यी चिसा दिनहरुमा आमाको कोख, काख र आफ्नै धर्ती, अनि त्यो झुलुवावाला आँगनको मीठो बाडुली लागिरहेछ। 

[email protected]  
 

प्रकाशित मिति: शुक्रबार, पुस ७, २०७४  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्