• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रंगमञ्चको नेपथ्यका तारा : भान्जा उर्फ सुरेश कार्की 

64x64
नेपाल लाइभ आइतबार, पुस २, २०७४  ०५:५९
1140x725

उनी ‘भान्जा’ हुन्, तर म उनको मामा होइन। न उनलाई 'भान्जा'को नाता लाउने अभिनेता दयाहाङ राई नै उनका मामा हुन्।

जब सम्बन्ध भावनाका ऊन घुसाएर कर्मका कुरुसले बुनेर बन्दछ तब प्रेम र पसिना सजिएको बुट्टेदार ऊनको नाम अर्कै बन्छ। र त्यो ऊनको पहिचान जाले रुमाल, स्वेटर, गलबन्दी, टोपी वा अरु केहीमा हुन्छ। हो ‘भान्जा’ यस्तै नाम हो रंगकर्मी सुरेश कार्कीको। 

रंगकर्मकै क्रममा नाम पाएका हुन् उनले, ‘भान्जा’। दयाहाङले मावली सोध्ने क्रममा रहस्य खुल्यो– सुरेशका आमा भने राई रहिछन्। 

‘भान्जा’ नामको उद्गम खोल्ने क्रममा उनले सुनाए, ‘आमा राई भन्ने था पाएपछि दयाहाङजीले भान्जा भन्न थाले, त्यसपछि राजन खतिवडा हुँदै तपाईं समेतले 'भान्जा' नै भन्छन्। भान्जा म आफैंलाई नि प्रिय लाग्छ, एउटा नाता हो यो मेरो रंगकर्म र रंगकर्मीसँग।’

उनै भान्जाबारे थिएटर मल नाटकघर बन्दै गर्दा हो लेख्न आँटेको तर लगभग तीन वर्षपछि यो प्रयासमा छु, जबकि बन्दै गर्दाको त्यो नाटकघर हामीमाझ छैन। यो बीचमा टुकुचामा कति के बगे थाहा छैन तर यही बीचमा नेपाली रंगमञ्चमा दुई नाटकघर भत्किए। 

म पहिलो पटक कसैको बारेमा लेख्दैछु, भान्जा पहिलो पटक आफ्नोबारे बोल्दै छन्।

र, हामी दुवै पहिलो पटक यो काम गर्दैछौं।  

***

Ncell 2
Ncell 2

‘६१–६२ सालतिर एउटा ग्रिल कारखानामा फलाम–सलाम ठोक्ने, जोड्ने काम गर्थें। त्यहीँबाट गुरुकुलको नयाँ नाटकघर बनाउने क्रममा रंगमञ्चसँग जोडिन पुगेँ,’ कुराकानीको सुरुवातमै भान्जा १२–१३ वर्षअघि फर्किए।सोचेँ, म त्यसबेला के गर्दैथेँ हूँला? ...सायद म पनि त्यहीबेलादेखि रंगमञ्चसँग जोडिएको थिएँ, गुरुकुलको दर्शक भएर।  

उनीसँग गफगाफ त धेरै पटक भए, पहिलो पटक उनका आँखा विगतका सम्झनाहरु बेल्दै थिए। ‘त्यतिबेला देशमा जनआन्दोलन भइरहेको थियो र दिनभरजसो कर्फ्यु लाग्थ्यो। बिहान ८ बजेअघि नै पुरानो बानेश्वर डाँडो (आरोहण–गुरुकुल भएको स्थान जुन अहिले छैन) पुग्थेँ। दिनभर काम गर्थें अनि साँझ घर फर्कन्थेँ- कर्फ्यु हटेपछि।’ 

गुरुकुल पनि जनआन्दोलनमा सहभागी थियो। एकदिन दिउँसो उनी खाना खाँदै थिए। एक हुल मान्छे दौडँदै आए, पछिपछि टाटेपाटे बर्दी लगाएका प्रहरीहरु पनि। अनि पो उनले थाहा पाए- ती मान्छेलाई प्रहरीले लखेट्दै ल्याएका रहेछन्। 

गुरुकुलका केहीलाई गिरफ्तार गरेर लगे, उनी भने खाना खाँदै गरेकाले जोगिए। 

आफू बसेको कुर्सीमा चलमलाउँदै भान्जाले सम्झिए गुरुकुलका कुलगुरु सुनिल पोखरेल। ‘सुनिल सर बेलाबेलामा मैले काम गरिरहेको ठाउँमा आएर भन्नुहुन्थ्यो- सहयोग चाहिएमा हाम्रा केटाकेटीलाई पनि भन्दा हुन्छ है केटा। केही साथीहरुले फलाम बोक्न, रङ पोत्न सहयोग पनि गरेका थिए।’

लामो कपाल, ज्याद्रो शरीर भएको केटोलाई अहिलेका भान्जा सुरेश कार्कीले छानीछानी ठूलाठूला फलाम बोकाए। जो अहिले चलचित्र क्षेत्रका स्टार हुन्।

***

नाटक महोत्सव हुने भयो गुरुकुलमा- पहिलो काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सव। महोत्सवमा सहभागी अधिकांश नाटकको मञ्च (सेट) बनाउने काम गरेपछि अहिलेसम्म नाटकसँगको उनको सम्बन्ध नङमासुको जसरी जोडिएको छ। त्यसपछिका अधिकांश नाटकमा उनले सीप, श्रम र समय खर्चेका छन्, खर्चंदै आएका छन्।

उनले नाटक हेर्ने यात्रा भने इरानी नाटकबाट सुरु भएको थियो। नाटकको नाम भने उनलाई सम्झना छैन। इच्छा भएर उनले त्यो नाटक हेरेका थिएनन्, सेटको कामले गर्दा हेर्न पुगेका थिए। सेट बनाउँदा उनको दिमाग राम्रै दुखेको थियो। खर्चिलो, झन्झटिलो र ठूलो, यस्तो सेट भएको नाटक कस्तो होला भन्ने खुलदुलीले डोर्‍याएर दर्शक बन्न पुगेका थिए। 

तर नाटकघर छिर्नासाथै उत्साह खुम्चिएको उनी सुनाउँछन्। 'आफूले बनाएको सेट कपडाले पूरै छोपेको देखेपछि मन खिन्न भयो। त्यत्रो दुःखले तयार गरेको सेट त केही पनि देखिनँ। सबैतिर कपडा मात्र...,' उनी भन्दै गए, 'गुरुकुलका एक कलाकारसँग रिस पोखेँ- ‘सबै कपडाले छोप्ने रछ त किन यत्रो दुःख दिएको?’

तर, जवाफमा उनले अलमलको दुई शब्द पाएछन्, ‘कुन्नि यार।'

सबै नाटकको सेट बनाउने र भत्काउने जिम्मा बोकेका उनलाई भने महोत्सवमा हरेक साँझ कतिबेला नाटक सकिन्छ र सेट भत्काएर घर जाऊँ जस्तो हुन्थ्यो। भोलिको अर्को नाटकको लागि नयाँ सेट लगाउन आजको सेट त राति नै भत्काउनुपर्थ्यो। उसो त अहिले राजधानीमा भएका सर्वनाम नाटकघरबाहेक सबै नाटकघर निर्माणमा उनको सीप, समय र श्रम छँदैछ। साथै गुरुकुलबाट सुरु भएको नाटकघर भत्काउने कार्य थिएटर मलसम्म आउँदा बनाउने मात्र होइन भत्काउने जिम्मेवारी पनि उनको काँधमा आइपर्छ। 

त्यसैबेला कारखानको जागिर सकिएपछि केही समय ठेक्कामा काम गरे। त्यसपछि आफ्नै कारखाना खोलेर काम गर्ने सुर कसे।

त्यो यस्तो समय थियो जुनबेला उनलाई लाग्थ्यो, ‘म जे पनि गर्न सक्छु र जेमा पनि जित्न सक्छु। म त फलाम बंग्याउने मान्छे पो त!'

आज पनि यस्तै आँट छ सुरेश भान्जासँग। 

***

समयको आकार कस्तो हुन्छ थाहा छैन तर उनलाई लाग्छ- समयले आफै आकार लिँदै जान्छ। 

अहिलेका परिचित रंगकर्मी राजन खतिवडाले एकदिन नाटकघर बनाउने इच्छा सुनाएछन्। भान्जालाई के चाहियो, जोसिइहाले, ‘हुन्छ बनाउनुस्। परेको र सकेको सहयोग मैले गर्ने भएँ।’

त्यो 'एकदिन'को करिब दुई वर्षपछि खतिवडाको फोन आयो, ‘सुरेश अनामनगर आउनुपर्‍यो,  नाटकघर बनाउने जग्गा भेट्यौं।’

हुन्न र सक्दिनँ भन्न नसक्ने भान्जा कारखानाको काम छाडेर फेरि नाटकतिरै लागे।

नाटकघर बनाउने तर आवश्यक पैसा नहुने। कलाकारको जोस–जाँगर देखेर भने उनी चकित हुन्थे। ‘मैले यसो गर्ने भन्नु मात्र पर्थ्यो, काम भइसक्थ्यो। खाल्डो यहाँ, यति गाहिरो भनेको केहीबेरमै खाल्डो बनाइहाल्थे,'  जोसिँदै उनले सुनाए, 'यति/यसरी सिमेन्ट बालुवा घोल्ने भन्दा नभन्दै भइहाल्थ्यो।’ 

आफ्नो आवश्यकता र अभावको खाल्डोलाई कतै लुकाएर रंगमञ्चको खाल्डो पुर्न तम्सिएका ती अनुहारले उनलाई थुप्रै कुरा सिकाए। र, थाहै नपाईकन उनी पनि रंगकर्मी बने। 

उनले बनाएको गुरुकुल भत्किसकेकाले मण्डला नाटकघरको निर्माणमा थिए। यही क्रममा कारखानाका पार्टनरसँग कुरो नमिलेपछि उनले त्यहाँबाट बिदा लिए।

भावुक मनका तर फलामे तनका उनले नाटकघर बनाउन आफ्नै गोजी टकटक्याए, मोटरसाइकल बेचे। मण्डलाको प्रतिबद्ध कार्यकारी सदस्य बने। 

उनले सुन्दै आएका छन्– ‘सुरेश भान्जा केही गर्नुपर्‍यो तर पैसा छैन।' उनी आफूले सकेको चुपचाप गरिदिन्छन्। भन्छन्, ‘मेरो कमाइ खाने बाटो अर्को पनि छ, तर यी त नाटकलाई नै जीवन दिएकाहरु हुन्। मैले केही समय खटिदिँदा उनीहरु महिनभरि नाटक गर्न सक्छन्। यसले समाज, दर्शक, रंगकर्मी र म साधारण कर्मीको मन खुसी बनाउँछ।’

***

गुरुकुलपछि उनले मण्डला (राजन खतिवडा), शिल्पी (घिमिरे युवराज), थिएटर भिलेज (विमल सुवेदी), थिएटर मल (केदार श्रेष्ठ) सम्मको यात्रा गरिसकेका छन्।  सुरेश थिएटर मलका कार्यकारी सदस्यका साथै ‘टेक्निकल एन्ड आर्ट डाइरेक्टर’ समेत हुन्। उनी थिएटर भिलेजको पुनःनिर्माणमा सक्रिए रहे भने थिएटर मलको डिजाइन, निर्माण र भत्काउने काममा पनि लागिपरे। उनका फलामे हात साक्षी छन्। 

‘बनाउनु- जन्माउनु हो र भत्काउनु- मार्नु हो, सँगै अर्को सुरुवात पनि,' उनको अनुभवले भन्छ, 'बनाउँदा जोस, भत्काउँदा उदास। कताबाट सुरु गर्ने त खै?’

भर्खरै थिएटर मल नाटकघर भत्काएका उनी एकछिन अलमल परे र आफ्ना हातले तिघ्रामा ठोके, ड्याम्मsss। यी तिनै भाग्यशाली हातहरु हुन्, जसले नेपाली रंगमञ्चलाई उकासेका नाटकघर बनाए, यी तिनै दुर्भाग्यशाली हात हुन्, जसले आफैले बनाएका नाटकघरहरु भत्काउन बाध्य भए। 

‘भत्काउँदा सबै याद हुने रछ, कहाँ, कसरी बसेर कुन दुःखले किल्ला ठोकेको, काहाँनिर हात पोलेको, कहाँ कसले के भनेर हँसाएको...' उनी एकछिन अडिए, 'कहाँ पुगेपछि कहिले सक्ने होला जस्तो लागेको। सब यादहरु स्क्रुप खोल्दै गर्दा आफूभित्र पो पस्दै जाने रछ।’

तीन महिना लगाएर थिएटर मल बनाउँदा खटिए उनी। अन्तिम चौध दिन रातदिन काम गरी पन्ध्रौं दिनमा भुइँ टेकेका उनले कुन मनले भत्काए होलान्। यी मनलाई शब्दले बोल्न मुस्किल छ तर यो काम उनलाई बाहेक अरुलाई लगाउन पनि गाह्रो नै छ। किनकि नेपाली रंगमञ्चले कलाकारको मन भएका फलाम काट्ने र जोड्ने मान्छे भेट्न मुस्किल छ। 

***

सानैदेखि आफूलाई फिल्म हेराउने साथी जयनारायणसँग सुरेश केही वर्षपहिले जयनेपाल हल पुगेका थिए। उनलाई खासै फिल्म मन नपर्ने तर साथीलाई भने अंग्रेजी फिल्म हेर्नुपर्ने। हलिउड फिल्म ‘ट्रान्सपोर्टर’ हेर्न गएका उनी नेपाली फिल्म ‘लुट’को पोस्टर देखेर एकछिन चकित भए। त्यहाँ थिए- सौगात मल्ल, कर्मा र दयाहाङ। उनी दंग परे खुसी भए, जो सँग उनले श्रम मिसाएका थिए। 

उनको मुखबाट फुत्किइहाल्यो, ‘म चिन्छु नि यिनीहरुलाई, मैले उनीहरुसँग काम गारेको छु।’ साथी पनि वाल्ल परे। 

नाटकसँगसँगै फिल्ममा पनि काम गर्न भ्याएका छन् उनले। तान्द्रो, कबड्डी–कबड्डी, गाजलु लगायतमा उनको नाम जोडिएको छ। ‘पुरानो डुंगा’बाट त उनी ‘बेस्ट आर्ट डाइरेक्टरतर्फ अवार्डमा मनोनीत पनि भए।

आफ्नो कामबाट सुरेशको आत्माले सन्तुष्टि पाएको छ। ‘मैले कमाएको यही नै हो। म फलामको साधारण काम गर्ने मजदुर भएको भए यो सब हुने थिएन। मेरा साथीहरु नै मेरा सम्पत्ति हुन्। पैसाकै लागि काम गर्ने हो भने म कमाउन पनि सक्छु,’ उनी गर्विलो स्वरमा भन्छन्।

आफ्ना साथीभाइसँग धेरै बोल्नुपर्ने उनी स्वच्छन्द लाग्छन्। अरुले भनेको टेरिनहाल्ने, आफूलाई लागेको गरिहाल्ने उनको प्रवृत्ति हो। साथीहरु सुरेशलाई घर बनाउने सल्लाह दिँदा रहेछन्, उनको मन त्यता छैन। भन्छन्, ‘घर बनेपछि त सक्किगो नि, के गर्ने त्यसपछि? भोलि केही बनाउनुछ। कसैलाइ केही दिनुछ र पो निद्रा लाग्छ। भोलि उठेर केही गर्नुछैन भने त जीवन सकिन्छ त!’ स्वच्छन्द मात्र भनेको उनी दार्शनिक पनि देखिए, जसले आफ्नो बाटोमा आफ्नै लयको दर्शन बनाएका छन्। 

यी 'वर्काहोलिक'को प्रिय अंक शून्य रहेछ, ‘मैले जीवनमा धेरै पटक शुन्नाबाट सुरु गरेको छु, कतै धोकाको शुन्नाबाट कतै भावुकताको। चित्त नबुझेपछि छाडिदिने हो, नाफाघाटा बालै भएन।’

शून्य चक्रमा घुमिरहने एक रोमाञ्चकारी यात्रा लाग्छ उनलाई। नाटकको सेट बन्दै गर्दा थाहा उनी सोच बनाइहाल्छन्- यो सेट माहिना दिनपछि भत्किन्छ र मै हुँ भत्काउने।

जीवन पनि यस्तै त हो। रहुन्जेल छ, त्यसपछि छैन। जसरी नाटक एकपछि अर्को शून्यबाट सुरु हुन्छ त्यसरी नै जीवनको सुरुवात र अन्त्य पनि यही लाग्छ सुरेशलाई। 

‘नेपथ्यमा’ शीर्षकको पंक्तिमा उनको ‘सुरेश कार्की’ नाम नअटेको सायदै कुनै नाटकको ब्रोसर होला। ‘प्रकाश परिचालन’, ‘प्रप्स निर्माण’ साथै अधिकांशमा ‘मञ्च निर्माण’ उनको नाम चम्किने ‘क्रेडिट टाइटल’ हुन्। भलै उनले केही नाटकमा मञ्चको स्वाद पनि चाखेका छन्, जात्रा लगायत नाम–दाम कमाएका फिल्मका सिल्भर स्क्रिनमा समेत छाप छाडेका छन्। तर उनी मञ्च र पर्दापछाडि नेपथ्यमै बढी रमाउछन्, दूर क्षितिजमा रमाउने ताराज स्तै। 

नागरिकतामा उनी जन्मेको जिल्ला ओखलढुंगा छ। तर, उनी जन्मिए झापामा। सानैदेखि बसोबास भयो काठमाडौंमा। कहिल्यै नबसेको स्थायी घर ओखलढुंगा उनी नागरिकता बनाउन मात्र पुगेका हुन्, अब पासपोर्ट बनाउन जाने योजना छ उनको।

सपना नभए पनि उनका केही इच्छा छन् र पूरा गर्ने दृढता पनि। इञ्जिनियर साथी अनिल कार्कीसँग मिलेर नयाँ सिर्जनात्मक काम गर्ने योजना छ। दुई छोरालाई चाहेसम्म पढाउने अनि श्रीमतीलाई नयाँ मोटरसाइकलमा राखेर आफू घुमेजति सबै ठाउँ घुमाउने। 

(सिके रंगकर्मी हुन्।)

प्रकाशित मिति: आइतबार, पुस २, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्