• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

बढ्दो ब्याजदरको समस्या अबको मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ : शेखर गोल्छा [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  १५:२४
1140x725

भिडियो : निमेषजंग राई


सरकारले आगमी आर्थिक वर्ष २०७६/०७७ को बजेट सदनमा प्रस्तुत गरिसकेको छ। बजेटमाथि अहिले संसदमा छलफल चलिरहेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निजी क्षेत्रले पनि सकारात्मक  रहेको बताउँदै आएका छ।

निजी क्षेत्रले उठाएका माग, करका दर र व्यवसायीले भोग्दै आएका समस्या बजेटले कति सम्बोधन गरेको छ? के अब सरकारले निजी क्षेत्रका साथमा आगामी आर्थिक वर्षमा लक्ष्य अनुसारको ८.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सक्लालगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग नेपाल लाइभका सुमन शर्माले गरेको भिडियो अन्तर्वार्ता: 

अहिले कसरी चल्दै छन् निजी क्षेत्रका आर्थिक क्रियाकलाप?
आगामी आर्थिक वर्षका लागि बजेट भर्खरै सदनमा प्रस्तुत भएको छ। बजेटमा धेरै नयाँ विषय थपिएका छन्। एउटा खुसीको कुरा के भने निजी क्षेत्रले उठाउँदै आएका विषय बजेटमार्फत् सम्बोधन गर्न खोजिएको छ।

निजी क्षेत्रका व्यवसायीले उठाएका शतप्रतिशत माग सम्बोधन भएका छैनन्। तर, धेरै विषय समेटिएको छ। यो निजी क्षेत्रका लागि उत्साहप्रद बजेट हो। तर, यसो भन्दै गर्दा केही करका विषय आएका छन्। त्यसका विषयमा निजी क्षेत्रले स्पष्टता खोजिरहेको छ। करका कतिपय विषयले निरुत्साहित पनि गरेको छ। 

सरकारले आगामी आवमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। अहिले भइरहेको चालु खर्च र निजी क्षेत्रले गर्दै आएको लगानीले यो लक्ष्य सम्भव छ?

८.५ प्रतिशत आर्थिक वृद्धिदर भएका खण्डमा हामी सम्भवतः विश्वकै सबैभन्दा छिटो आर्थिक वृद्धि गर्न सफल राष्ट्रमा पर्छौं होला। मलाई लाग्छ, ८.५ प्रतिशत आर्थिक वृद्धिदर अहिलेको परिवेश सुहाउँदो भएन की? यो मेरो व्यक्तिगत धारणा हो। हामीले ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दैगर्दा पनि बजारमा तरलताको देखिएको थियो। तरलताका कारण ब्याजदरमा ठुलो समस्या पनि आएको थियो।

ब्याजदर ८ प्रतिशतबाट बढेर एकैपटक १५/१६ प्रतिशतसम्म पनि पुगेको थियो। अहिले पनि तरलता अभाव छ। केही गरी हामीले विदेशी लगानी ठुलो रुपमा परिचालन गर्न सकेको अवस्थामा वा विदेशी ऋण तथा सहायता लिन सकेको अवस्थमा भने यो सम्भव पनि हुन सक्छ। तर, अहिलेको स्थिति विश्लेषण गर्दा विदेशी लगानी ठुलो मात्रामा आउने वा विदेशी ऋण लिन सक्ने अवस्था म देख्दिनँ।

Ncell 2
Ncell 2
nimb
nimb

बजेटमा करका विषय आएपछि निजी क्षेत्र केही शशंकित भएको भन्ने गरिन्छ नि? कारण के हो?
यस पटकको बजेटले केही उत्साह त दिएको छ। तर, केही विषय नकारात्मक पनि छन्। हामीले केही विषयमा स्पष्ट हुन खोजिरहेका छौं। बजेट आउने बित्तिकै सबै विषय स्पष्ट पनि हुँदैन। बजेटपछि आउने नीतिनियमले विस्तारै खुल्दै जाने हो। जसका कारण अहिले अलि अन्योल छ। केही विषय सकारात्मक पनि छ। हरेक वर्ष बजेट आउँदै गर्दा राजस्व कसरी बढाउने भन्ने विषयमा खोजी हुन्छ। सँधै राजस्व बढाउने सरकारको ध्यान हुन्थ्यो। तर, यसपटक अर्थमन्त्री युवराज खतिवडाले यर्थाथपरक बजेट ल्याउनु भएको छ। किनभने राजस्वको दर बढाउनु भएको छैन।

एउटा उत्साह भनेको हरेक वर्ष बढ्दै जाने राजस्वदरले निजी क्षेत्रलाई असहज पारेको थियो। तर, यसपटकको बजेटमा करको दायरा बढाइएको भएपनि करको दर बढाइएको छैन। यो निजी क्षेत्रका लागि सकारात्मक नै हो।

यसका साथै बजेटले समस्यामा परेका उद्योगलाई समेत समेटको छ। बजेटले मुख्य त कपडा उद्योगका समस्या सम्बोधन गर्ने प्रयास गरेको छ। यस्ता उद्योगलाई बिजुलीमा सहुलियत दिने कुरा गरको छ। ब्याजदरमा पनि सहुलियतको व्यवस्था गर्नु सकारात्मक हो। व्यवसायीले करको विषयमा प्रशासनिक पुनरवलोकनका लागि एक तिहाई रकम धरौटी राख्नुपर्ने विषयमा पनि बजेटले संशोधन गरी एक चौथाईको व्यवस्था गरको छ। यो पनि निजी क्षेत्रका लागि सकारात्मक नै हो। तर, यसो भन्दैगर्दा न्यायाधिकरणका विषयमा भने अझै स्पष्ट हुन सकेको अवस्था छैन।

केही विषयमा कर बढाइएको छ। त्यो चिन्ता विषय हो। साह्रै नै चिन्ताको विषय भने पेट्रोलियम पदार्थको खपतको भ्याट फिर्ता बन्द गर्ने काम भएको छ। यसले असहजता सिर्जना गर्न सक्छ। उत्पादनको भार बढन सक्छ।

Xtrem

Xtrem

व्यवसायीले भोग्दै आएको प्रमुख समस्या चाँहि के हुन्?
व्यवसायीले धेरै विषय उठान गर्दै आएका छन्। मुख्यतः हामी निजी क्षेत्रले उठाउँदै आएका ५ वटा समस्या छन्।  

पहिलो समस्या भने जग्गाप्राप्ति हो। हामी उद्योगका लागि जग्गा एकदमै मंहगो भयो भन्दै आएका थियौँ। जग्गाको हदबन्दीलगायतका नियमले ठुला उद्योग समस्यामा छन् भन्दै आएका थियौं। 

यसमा बजेटमार्फत् अर्थमन्त्रीले सातै प्रदेशमा जग्गा किटान गरेर 'ल यहाँ आउँ निजी क्षेत्र, हामी जग्गा लिजमा दिन्छौं। आवश्यक पूर्वाधार पनि हामी निर्माण गरिदिन्छौं' भन्नु भएको छ। यो कुरा सकारात्मको हो। 

दोस्रो चुनौती विषय भनेको ब्याजदरको हो। ब्याजदर साह्रै बढेको छ। हुन त ब्याजदर मौद्रिक नीतिले सम्बोधन गर्ने विषय हो। मौद्रिक नीति केही समयपछि राष्ट्र बैंकले जारी गर्नेछ। अर्थमन्त्रीको बजेट भाषणपछि नियामक निकायले ब्याजदरमा पनि केही न केही सहज व्यवस्था गर्नेछ भन्ने अपेक्षा गरेको छु। 

तेस्रो विषय हामीले केही उद्योगको कर बढाउन पर्छ भनेका थियौँ। यसपालीको बजेटमा १२/१५ वटा जति उद्योगको उत्पादन कर बढेको छ। यो पनि सकारात्मक नै हो। 

चौँथौ विषय हामीले अनुदानको कुरा गरेका थियौँ। पनि निर्यातमुखी उद्योगलाई अनुदानको व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो विशेष माग थियो। यी उद्योगले धेरैभन्दा धेरै रोजगारी पनि सिर्जना गरको छन्। निर्यात पनि गरिरहेका छन्। तर, निर्यात अनुदान घटेको सुनेका छौं। यो निजी क्षेत्रका लागि चिन्ताको विषय बनको छ। 

पाचौंमा हामीले पूर्वाधार निमार्णलाई युद्धस्तरमा लैजानपर्छ भनेका थियौँ। खास गरेर भन्सार नाका, विमानस्थल तथा सडकहरु प्राथमिकतामा राखिनुपर्ने हाम्रो माग थियो। बजेटमा पनि यसपटक भौतिक पूर्वाधार निर्माणमा राम्रै बजेट विनियोजन भएको छ। यो सकारात्मक कुरा हो। 

उद्योगसम्म बिजुली र बाटोको व्यवस्था गरिनुपर्छ भनेर हामीले भनेका थियौं। तर, यो स्थानीय सरकारसँग सम्बन्धित छ। तैपनि यसपटक सडकको लागि जुन बजेट विनियोजन भएको छ, त्यसले सम्बोधन गर्छ कि भन्ने हामीले बुझेको छौं।

बाँकी भिडियोमाः

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
सभामुख अर्याल तान्जानिया प्रस्थान
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सभामुख अर्याल तान्जानिया प्रस्थान आइतबार, असोज १८, २०८३
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध आइतबार, असोज १८, २०८३
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक आइतबार, असोज १८, २०८३
हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : कुलमान घिसिङ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्