काठमाडौं– युवा लेखक रूमन न्यौपानेको पहिलो उपन्यास ‘अनुगामी’ बजारमा आएको छ।
स्वैरकल्पनाको प्रयोग गरी लेखिएको उपन्यासमा एउटा चित्रकारको कथा समेटिएको छ।
प्रेम र जीवनका उतारचढावलाई प्राथमिकता दिइएको उपन्यास ‘इन्डियो इन्क’ले प्रकाशनमा ल्याएको हो।
चित्रकारिता एवं कलाकारितामा रुचि हुनेका लागि उपन्यास उपयोगी हुने विश्वास लिइएको छ। अनुगामीको मूल्य ३ सय ९९ रूपैँया रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।