• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

64x64
नारायण अधिकारी आइतबार, जेठ १९, २०७६  १९:२५
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटमा जेठ ६ गते राति अत्यन्तै बिभत्स र अकल्पनीय घटना भयो। सवा घन्टाभित्र २ परिवारका ९ जनाको निर्मम हत्यापछि त्यसको त्रास र तरंग अझै साम्य भइसकेको छैन।

बमबहादुर फियाक र धनराज शेर्मा (ससुरा-ज्वाइँ) का परिवारका ९ जनाको हत्यामा एक जनाको मात्र हात हुन नसक्ने स्थानीयले आशंका गरे। सो घटनालाई प्रहरीले नेपालको आपराधिक इतिहासमा सबैभन्दा विभत्स र डरलाग्दो घटना भएको बताएको छ। 

बमबहादुर फियाक (७५) सहित उनकी श्रीमती पुर्सिमाया फियाक (६९), कान्छी छोरी मनकुमारी फियाक (२६), साइँली छोरीकी छोरी अर्थात् बमबहादुरकी नातिनी श्रेया फियाक (१२) को बमबहादुरको घरमा हत्या भयो भने उनको घरबाट झन्डै एक किलोमिटर दुरीमा रहेको उनका माइला ज्वाइँ धनराज शेर्मा (४१) को घरमा ५ जनाको। त्यहाँ उनीसहित श्रीमती जस्मिता फियाक (३६), छोरीहरु युहाना (१३), मुना (८) र धनराजका दाइकी छोरी इच्छा (६) को हत्या भएको थियो। धनराजका सन्तानका रुपमा दुई छोरी थिए। यस घटनापछि उनको वंशनाश भएको छ।

पाँचथरको दुर्गम गाउँमा एकैरात भएको ९ जनाको हत्या घटनाका विषयमा राष्ट्रिय स्तरमा सञ्चारमाध्यममा फरकफरक खालका समाचार आए। यति ठूलो नरसंहारको सत्यतथ्य खोजी गर्न र सही सूचना सम्प्रेषण गर्न नेपाल लाइभ टिम घटनास्थल आरुबोटे पुग्यो। हामीले उक्त घटनामा जोडिएको पारिवारिक सम्बन्ध, आर्थिक लेनदेन, सामाजिक कारण समेत खोतलेका छौं।  यति भयंकर हत्याकाण्डमा एकै व्यक्ति संलग्न हुन सक्छ कि सक्दैन? झुन्डिएर आत्महत्या गरेका मानबहादुर माखिम र हत्या गरिएका परिवारको अवस्था कस्तो थियो? हत्यामा संलग्न भनिएका मानबहादुरको व्यवहार, मनोदशा र विगत कस्तो थियो? 

उक्त हत्याकाण्डमा 'सिसाकाण्ड' पनि जोडिएको खबर विभिन्न सञ्चारमाध्यममा आएका थिए। के त्यही सिसाकाण्ड नै यस घटनाको कारक बन्यो त?

'आरुबोटे नरसंहार'को शृंखलाबद्ध स्थलगत रिपोर्टिङको पहिलो शृंखलामा हामीले सिसाकाण्ड बारे अन्तरकुन्तर खोतल्ने प्रयास गरेका छौं। यसबारे सिसाकाण्डमा बिरामी भएका व्यक्ति, जनप्रतिनिधि, स्थानीय, प्रहरी प्रशासन र अस्पतालसँग सोधपुछ गरेका छौं। –सम्पादक] 

Ncell 2
Ncell 2
nimb
nimb

OOO

मिलन केन्द्र नेपाल नामक संस्थाले आरुबोटेमा ढाका सिलाई-बुनाई  सम्बन्धी तालिम सञ्चालन गरेको थियो। तीन महिने उक्त तालिम गत बैसाख १५ गतेबाट  धनराज शेर्माको घरमा सुरु भयो।

शेर्माको घर आरुबोटे बजारबाट आधा किलोमिटर पश्चिम पर्छ। जुन सडकसँगै जोडिएको छ। उनको घरको माथ्लोपट्टि ३ नम्बर वडा कार्यालय छ। 

उक्त तालिम सिकाउन दाङबाट दुई महिला सीता शाही बस्नेत र युआ बुढाथोकी आएका थिए। उनीहरुले ८ दिनसम्म तालिमको महत्व, उद्देश्य, महिला शसक्तिकरण लगायतका विषयमा जानकारी दिएको सहभागी विष्णु विकको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दाङका ती महिलाहरु फर्किएपछि धनराज शेर्माकी श्रीमती जस्मिताले सहभागीलाई तालिम दिन सुरु गरेकी थिइन्। उनी ढाका सिलाइ-बुनाईमा सिपालु मानिन्छिन्।

तालिममा ३२ जनाको कोटा थियो। विभिन्न समूहमा बाँडेर बिहान-दिउँसो गरेर तालिम सञ्चालन हुँदै आएको थियो। सहभागी महिलालाई उक्त संस्थाले खाजाको समेत व्यवस्था गरेको थियो। घरमै तालिम आयोजना भएकाले धनराजकै परिवारले खाजा खुवाउँदै आएको थियो।

यसरी १५ दिनदेखि खाजा खाँदै आएका सहभागीहरु बैसाख ३० गतेबाट अचानक बिरामी पर्न थाले। 

त्यहीँबाट सुरु हुन्छ सिसाकाण्ड। 

ढाका तालिम सिकाउने गरिएको धनराजको घर

तालिममा सहभागी ६ जना मनिषा नेपाली (२०), लक्ष्मी लिम्बू (२२), विष्णु विक (१९), सोना लिम्बू (१९), मनकुमारी लिम्बू (३३) र मेनुका दास (१७) बिरामी भए। त्यसैदिन धनराजका दुई छोरीहरु युहाना र मुना पनि बिरामी भए।

तालिम सकेर सदाझैं ९ बजे खाजा खाने कार्यक्रम थियो। त्यसदिनको खाजा थुक्पा थियो। धनराजका दुई छोरीले भने बासीभात, बिहान पकाएको मासु र साग खाएका थिए। 'कुनै पनि खानामा नुन लागेको थिएन। त्यसपछि सबैले नुन थप्न थाले,' सहभागी विष्णु विक भन्छिन्, 'नुनको सेतो बट्टाभित्र सिसाका जस्ता टुक्रा देखियो।'

त्यसपछि सिसाकाण्ड बारे हल्ला फैलियो। 

उक्त घटना सोमबार भएको हो। सोमबार आरुबोटेमा हाट लाग्छ। गाउँलेहरु हाट भर्न गएकाले त्यसदिन यसबारे कुनै छलफल भएन।

मंगलबार ३१ गते दिउँसो तालिममा सहभागीहरुले पेट दुख्न थालेको बताएपछि यसबारे थप छलफल सुरु भयो। तर कुनै निचोड ननिस्किएको वडा सदस्य जयप्रसाद डोजाङ फियाकको भनाइ छ।

बुधबार बिहान वडा कार्यालयमा छलफल गर्ने भन्दै त्यसदिनको छलफल टुंगियो। बुधबार वडाध्यक्ष हस्तराज फियाकसहितको टोलीले नुनमा सिसा मिसाउनेलाई पत्ता लगाई कारबाही गर्ने वचन दिए। त्यही अनुसार काजगात पनि भयो। 

घटनास्थलबाट डेढ घन्टाको पैदल दुरीमा रहेको प्रहरी चौकी दशमीबाट असई कृष्ण खवासको टोलीले पनि त्यसैदिन आएर मुचुल्का उठाएर अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्‍यो। त्यसपछि भने सहभागी र गाउँलेहरु केही शान्त भएका थिए।

तर, धनराजका दुई छोरीसहित तालिममा सहभागी ६ जनालाई बिरामले थप च्याप्न थाल्यो। पेट र घाँटी दुखेको बताएपछि तालिम सञ्चालन गर्ने मिलन केन्द्रले नै एम्बुलेन्स पठायो। 

जेठ १ गते आठै जनालाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगियो।

जिल्ला अस्पतालले उनीहरुमध्ये मनिषा नेपाली र लक्ष्मी लिम्बूको अवस्था गम्भीर भएको भन्दै अन्यत्र लैजान सुझायो। त्यसपछि उनीहरु २ जना सदरमुकाम फिदिमकै समर्पित अस्पताल भर्ना भए।

जिल्ला अस्पतालमा उपचार भएका मध्ये मनकुमारीको दिशामा रगतको केही मात्रा देखिएको जिल्ला अस्पतालका प्रमुख बुद्धिबहादुर थापा बताउँछन्। '८ जना उपचार गर्न ल्याएकोमा २ जना अन्यत्र रेफर गरेका थियौं। बाँकी ६ मध्ये ५ जनाको अवस्था एकदमै सामान्य थियो। एक जनाको भने दिशामा रगत केही मात्रा देखिए जस्तो थियो,' अस्पतालका प्रमुख थापाले नेपाल लाइभसँग भने।

अस्पतालका प्रमुख बुद्धिबहादुर थापा

मनकुमारीलाई एक हप्तापछि फलोअपमा आउन सुझाएको भए पनि उनी अहिलेसम्म नआएको अस्पतालले जनाएको छ। जिल्ला अस्पातलमा उचार गराइएका ६ जनाकै भोलिपल्ट जेठ २ गते डिस्चार्ज भयो।

उता गम्भीर बिरामी भएका भनिएका दुई जनाको भने समर्पितमा उपचार जारी नै थियो। 

जेठ १ गते नै सिसाकाण्डको उजुरी प्रहरी चौकी दशमी र इलाका प्रहरी कार्यालय रविमा भइसकेको हुन्छ। धनराज शेर्माले छानबिन गरी दोषीलाई कारबाही गरि पाऊँ भन्दै उजुरी दिन्छन्। कसैसँग झैझगडा, रिसिइबी, शंका भए/नभएको बारे प्रहरीले शेर्मासँग सोधपुछ गर्छ। तर, यसबारे शेर्माले कसैमाथि शंका नभनेको बताएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक तेजनारायण यादव बताउँछन्।

सिसाकाण्डमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गर्छ। धनराजको घरमा उक्त घटना भएकाले उनकै हात त छैन भनेर प्रहरीले थप छानबिन गर्छ। तर, धनराजका दुई छोरीसमेत बिरामी परेकाले यस्तो हुन नसक्ने निष्कर्ष प्रहरीले निकाल्छ।

मिक्लाजुङकै आले भन्ने ठाउँकी एक महिलामाथि समेत गाउँलेले शंका गर्छन्, जो तालिममा ३/४ दिन सहभागी भएर बाहिरिएकी थिइन्। ३२ जनाभन्दा बढीलाई सिकाउन नमिल्ने भन्दै उनलाई फर्काइएको थियो। सोही रिसमा उनले सिसा मिसाइन् कि भन्ने प्रहरीले अनुमान लगाउँछ। तर प्रहरीको उक्त अनुमान पुष्टि हुँदैन।

नुनमा मिसाइएको भनिएको सिसा यस्तो थियो

त्यसपछि जेठ ३ गते शुक्रबार भने धनराजले आफ्नै साढुभाइ मानबहादुर माखिममाथि शंका गर्छन्। मानबहादुरसँग विवाद हुँदै आएको र घटनामा उनकै हात हुन सक्ने उनको आँकलन थियो।

शंका गरिएका मानबहादुरको नम्बर धनराजले पत्ता लगाएर आइतबार प्रहरी चौकी दशमीलाई उपलब्ध गराएको वडासदस्य जयप्रसाद फियाकको भनाइ छ। जयप्रसाद धनराजका छिमेकी हुन्। 

'सालो भाइ मैले प्रहरीलाई मानबहादुरको नम्बर र सबै ठेगाना पनि दिएको छु। शंका लागेको व्यक्ति त्यही हो। तपाईंले पनि एक पटक प्रहरीलाई भन्नुपर्‍यो। तपाईंले भन्दा केही लाग्छ कि,' धनराजले जेठ ५ गते आइतबार १० बजेतिर आफूलाई भनेको कुरा सुनाए जयप्रसादले। 

त्यसपछि उनले वडाध्यक्ष हस्तराज फियाकलाई फोन लगाए। तर, फोन लागेन। मानबहादुरको उक्त नम्बरमा अर्का वडा सदस्य जगतबहादुर राईले ५ पटकसम्म फोन गरे। तर, रिसिभ भएन।

त्यसको केही समयपछि मानबहादुरले नै जगतबहादुरलाई फोन गरे। 'कहाँ फोन गरेको, नचिनेको नम्बरमा। नचिनेको मान्छेलाई त्यसै फोन गर्ने' एकोहोरो यसो भन्दै मानबहादुरले फोन काटे। दोहोरो संवाद हुन पाएन। वडा सदस्य जगतबहादुरले  पनि पुनः फोन गरेनन्। 

त्यसको भोलिपल्ट ६ गते राति दुई परिवारका ९ जनाको हत्या भयो। 

३० गते बिहान ९ बजेको खाजामा सिसा मिसाएको भनेपछि २९ गते राति नुनमा सिसा हालेको हुनुपर्ने अनुमान प्रहरीको थियो। 

सोही अनुसार शंका गरिएका व्यक्ति मानबहादुरले नै सिसा हालेका हुन् त? नुनमा हालिएको वस्तु सिसा नै थियो कि अरु केही? बाँकी अर्को शृंखलामा।

प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्