काठमाडौं- कवितासंग्रह 'सगरमाथाको गहिराइ'का लागि पद्मश्री पुरस्कार प्रदान गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवनले २०७३ को पद्मश्री पुरस्कार नवराज पराजुलीको कविता संग्रहलाई दिने निर्णय गरेको हो । यस्तै, पद्मश्री साधना सम्मान साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा दिइने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
'सगरमाथाको गहिराइ' कवि पराजुलीको पहिलो पुस्तकाकार कृति हो। पुरस्कारका लागि सो कृतिसहित जनकराज सापकोटाको 'कहर', कुमार नगरकोटीको 'घाटमान्डु', राज सरगमको 'छाउघर' र नवीन विभासको 'रोल्पा सुइना' उत्कृष्ट पाँचको सूचीमा परेका थिए।
पुरस्कारबापत सर्जकले प्रमाणपत्र र नगद दुई लाख पाउनेछन्। सो पुरस्कार आगामी कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।