• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेश ५ को नीति तथा कार्यक्रम : ५ वर्षमा ३०० मेगावाट सौर्यऊर्जा [पूर्णपाठसहित]

64x64
दीपक घिमिरे बिहीबार, जेठ ९, २०७६  २२:४१
1140x725

बुटवल- प्रदेश ५ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख उमाकान्त झाले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रमुख झाले प्रदेश ५ को बिकासको आधार शिला मानिएको कृषि, पर्यटन, उद्योग र जलबिद्युतलाई केन्द्रमा राखेर प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। 

पञ्चवर्षिय योजनामा आधारित नीति तथा कार्यक्रममा सरकारले सरकारी, निजी क्षेत्र तथा सहकारी बीचको सहकार्यलाई जोड दिएको छ। प्रदेशको आर्थिक विकासमा जोड दिइएको नीति तथा कार्यक्रमले कृषि उत्पादन, औद्योगिक विकास तथा जलविद्युतको उत्पादन र सौर्य उर्जा उत्पादनलाई विशेष जोड दिएको छ। 

‘गरौँ व्यापार, कृषि यसैबाट हुन्छ समृद्धि’ भन्ने नाराका साथ कृषिलाई प्रोत्साहन दिएको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा एक कृषि प्रयोगशाला स्थापनाका लागि योजना अघि सारेको छ। सरकारले यस वर्ष ३५ वटा पालिका छनौट गरी शीतभण्डार निर्माणको कार्य अगाडि नीति तथा कार्यक्रममा उल्लेख छ। 

कृषिलाई आर्थिक सम्बृद्धिको संवाहकका रुपमा चलायमान बनाउन सहयोग पुर्‍याउने उद्देश्यले चालू वर्ष प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रममार्फत ५२ वटा स्थानमा स्मार्ट कृषि कार्यक्रम संचालन भएको उल्लेख छ। यसबाट कृषिलाई आधुनिकीकरणमा सहयोग पुगेको छ।

 ‘फलफूल खाऔं स्वस्थ रहौं’ भन्ने नाराका साथ फलफूल उत्पादनलाई जोड दिँदै सरकारले जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

कृषि विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै समुदायमा आधारित पशु तथा कृषि प्रजनन् केन्द्रको स्थापना, सित भन्डारलाई जोड दिएको छ।

औद्योगिक विकासलाई प्रदेशको विकासको आधार मानिएको नीति तथा कार्यक्रममा स्वदेशी लगानी र रोजगार तथा स्वरोजगार सिर्जन गर्ने उद्योगका लागि सरल कर्जा तथा निश्चित प्रतिशत व्यजदरमा क्रण प्रवाह गर्ने उल्लेख गरिएको छ। ठुला उद्योग सम्म पुुग्ने सडकको स्तरोन्नति तथा कालो पत्रे गर्ने, खानी उत्खनन्का लागि नीति निर्माण गर्ने लगायतका महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा परेका छन्।

प्रदेशको विद्युत उर्जा उत्पादन तथा वितरणलाई विशेष प्राथमिकताका साथ हेरिएको नीति तथा कार्यक्रममा केन्द्र सरकारसँग सहकार्य गर्दै विद्युत उत्पादन र प्रसारणमा विकास गर्ने योजना लिइएको छ। सरकारले ५ वर्ष भित्रमा ३ सय मेगावाट सौर्यऊर्जा उत्पादन गर्ने महत्वकांक्षी योजना लिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै सिद्धबाबा वाईपास बाटो निर्माण,प्रदेश अस्पतालको स्तरोन्नति महानगर पूर्वाधार विकास कार्यक्रम, ३ वर्ष भित्र सबै जनतालाई आधारभूत खानेपानी तथा विद्युतको व्यवस्था, प्रत्येक जिल्लामा कम्तिमा २ वटा नमुना वन विकास कार्यक्रम सञ्चालन, प्रत्येक जिल्लामा कम्तिमा १ वटा फोहर मैला प्रसोधन केन्द्र लगाएत निर्माणका लागि अनुसन्धान थालिने छ।

३ वर्ष भित्र कम्तिमा १ निर्वाचन क्षेत्र एक उद्योग ग्रामको कार्यक्रमलाई अगाडि बढाइने छ। 

स्वदेशी लगानी तथा रोजगार सिर्जना गरेका उद्योगहरुलाई सरल कर्जा तथा निश्चित प्रतिशत व्याजमा अनुदान प्रदान गरिने छ। ५ वर्ष भित्रमा कम्तिमा ३ सय मेगावाट विद्युत उत्पादन गरिने छ। बिहिबार सार्वजनिक गरिएको प्रदेश ५ सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद्ले भने पुरानै योजना भएको बताउँदै कार्यान्वयनमा समस्या हुने भन्दै असन्तुष्टि जनाएका छन्।

तीव्र आर्थिक विकासका लागि आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश ५ मा लगानी सम्मेलन गर्ने उल्लेख गरेका छन्। लगानीलाई प्रोत्साहन गर्न कानूनी, नीतिगत तथा संरचनागत व्यवस्था गरिने उनले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सबैको साझा प्रयासबाट प्रदेश खोजीने र भेटिने अबस्थामा पुगेको बताए। 

१५ महिनामा ३८ विधेयक पारित 
प्रदेश सभा ५ ले १५ महिनाको अवधिमा ३८ विधेयक पारित गरेको छ। प्रदेशको संवैधानिक अधिकारको प्रयोगका लागि आवश्यक कानूनी आधार प्रदान गर्न प्रदेश सभाबाट बिगत १५ महिनाको अवधिमा दुईवटा संशोधन सहित ३८ वटा विधेयक पारित भएका बताए। 

आर्थिक वर्ष २०७५/७६ लाई आधारभूत कानून निर्माणको बर्षका रुपमा लिई प्रदेश सरकारबाट प्राथमिकताका साथ प्रस्तुत विधेयकहरुले कानूनी रुप ग्रहण गरेपछि सरकारलाई संविधान बमोजिम शासकीय अधिकारको प्रयोग तथा प्रबन्ध र जनअपेक्षा अनुरुप विकास निर्माणका कार्यहरु अघि बढाउन पर्याप्त आधार तयार भएको प्रदेश सरकारको ठम्याई छ।

पूर्वाधार निर्माणतर्फ नयाँ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डि.पि.आर्) तयारी, क्रमागत आयोजनाको निर्माण र अन्यको मर्मत संभार तथा स्तरोन्नति भैरहेको जनाईएको छ। कूल ४५ सडकको डिपिआर् सम्पन्न हुने क्रममा रहेको र २१५ वटा सडकको मर्मत संभार र स्तरोन्नति भैरहेको छ। साथै ३२ वटा स्थानीय तहको केन्द्रसम्म पुग्ने पहुँच मार्गको निर्माण थालिएको छ।
 
स्वर्गद्वारीमा केवलकार सहित पूर्वाधारको निर्माण, भैरहवादेखि लुम्बिनीसम्म मोनोरेल निर्माण लगायत महत्वपूर्ण १२ वटा आयोजनालाई लगानी जुटाउन लगानी बोर्डमार्फत लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ। ती आयोजनाको सम्भाव्यता अध्ययनका लागि लगानी बोर्डसँग समन्वय भइरहेको छ। 

पूर्णपाठसहित

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  २२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्