लन्डन– गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन नजिकिँदै जाँदा जोडघटाउ सुरु भएको छ। जोडघटाउँसँगै आगामी ९ सेप्टेम्बर (शनिबार) हुने निर्वाचनमा अध्यक्ष पदमा कसले बाजी मार्ला भन्ने चासो बढेको हो।
अध्यक्ष पदका प्रत्यासी कृष्ण तिमल्सेना, योगकुमार फगामी र हिराधन राईको दौडधुप बाक्लिएको छ।
लामो समयसम्म सेफका रुपमा काम गरेका र सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेनालाई एसोसिएसनसहित बेलायतमा रहेका अगुवाहरुको बलियो साथ छ। तल्लो स्तरबाट संघर्ष गर्दै आएका तिमल्सेनाले सर्वसाधारणदेखि अग्रजहरुसम्मको साथ रहने विश्वास व्यक्त गरेका छन्।
अध्यक्षका अर्का प्रत्यासी योगकुमार फगामीलाई पूर्वअध्यक्ष योगन क्षेत्री र डमर घलेको सहयोग छ। फगामीलाई जातीय संस्था मगर संघको पनि साथ रहेकाले उनले आफू विजयी हुने आशा व्यक्त गरेका छन्।
यसैगरी, अध्यक्षका अर्का प्रतिस्पर्धी हिराधन राईलाई पूर्व प्रहरी शिवजी श्रेष्ठले साथ दिएका छन्। त्यस्तै, जातीय संस्था किरात राईको पनि उनलाई समर्थन छ।
करिब ३६ सय मतदाताका लागि चार स्थानमा मतदान केन्द्र राखिएको छ। जसमा अल्डरसट १६ सय ९५, ह्यारो ६ सय ७३, लेस्टर ६ सय ६, प्लमस्टिडमा ६ सय ७१ जना मतदाता छन्। त्यसबाहेक ६० जना मतदाताका लागि पोस्टल व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।