एजेन्सी :आगामी साता सार्वजनिक हुने एप्पलको नयाँ संस्करणको आइफोन बजारमा आपूर्ति थोरै हुन सक्ने वाल स्ट्रिट जर्नलले अनुमान गरेको छ । उत्पादन प्रक्रियामा नै समस्या उत्पन्न भएपछि आइफोनको नयाँ संस्करणको उत्पादनमा एक महिना ढिलो भएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ।
एप्पलले भने समाचारप्रति कुनै प्रतिक्रिया नजनाएको पनि जर्नलले उल्लेख गरेको छ। उपभोक्ताहरू एप्पलको आइफोन ८ को व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् ।
प्रयोगकर्ताहरू आइफोन ८ मा हाई रिज्योलुसन ओएलइडी डिस्प्ले, राम्रो टचस्क्रिन प्रविधि र वायरलेस चार्जिङ सुविधायुक्त हुने अपेक्षामा छन् । यी सबै सुविधासहित आइफोनको नयाँ संस्करणको मूल्य एक हजार अमेरिकी डलरभन्दा माथि हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।