म्याड्रिड– खेल मैदानभित्र आक्रामक रुपमा प्रस्तुत हुने रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो मैदानबाहिर भने हसिमजाक गर्न रुचाउँछन्। उनी जोक सुनाएर तथा विभिन्न नयाँ काम गरेर चर्चामा आउने गरेका छन्।
केही सयमअघि रोनाल्डोले म्याड्रिडको मूल सकडमै 'प्र्य्यांक' गरेर चर्चित बनेका थिए। यसपटक भने रोनाल्डो ‘डिजेइङ’ गरेर चर्चामा आएका छन्।
रोनाल्डोले आफ्नो कम्पनीको नयाँ पर्फ्युमको लन्चमा डिजेको शैलीमा गीत र ड्रम समेत बजाएका थिए। रोनाल्डोको कम्पनीले ल्याएको यो तेस्रो पर्फ्युम हो। फुटबलमा कमाएको लोकप्रियताका कारण रोनाल्डोका कम्पनीका उत्पादनले नाफा कमाइरहेको छ।
गत साता फिफा विश्वकपका दौरान रोनाल्डोको कप्तानीमा उत्रिउको पोर्चुगलले फरोइ आइल्यान्डलाई ५–१ र हंगेरीलाई १–० ले पराजित गरेको थियो। रोनाल्डोले आइल्यान्डविरुद्ध ह्याट्रिक गरेका थिए। त्यसपछि केही दिनको छुट्टी पाएका रोनाल्डोले आफ्नो कम्पनीको नयाँ उत्पादनको प्रचार गरेका हुन्।
एक साताको अन्तर्राष्ट्रिय ब्रेकपछि ला लिगाका खेल यो ‘विकेन्ड’बाट सुरु हुँदैछ। रियल म्याड्रिडले घरेलु मैदान लेभान्टेसँग प्रतिस्पर्धा गर्नेछ। तर, रोनाल्डो भने मैदान उत्रने छैनन्। गत महिना स्पेनिस सुपर कपको खेलमा रेफ्रीलाई धकेलेपछि रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध लगाइएको थियो। २० सेप्टेम्बरमा रियल बेटिसबिरुद्ध हुने खेलबाट रोनाल्डो ला लिगामा फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।