तेलेगु फिल्म सुपरस्टार महेश बाबुको आगामी रिलिज फिल्म ुस्पाडरुले रिलिज अगावै मोटो रकम कमाइ गरेको छ । फिल्मले रिलिज अगाडी १२० करोड भारू कमाएको रिपोर्ट भारतिय संचार माध्यमले सार्वजनिक गरेका छन् ।
रिपोर्टहरूका अनुसार फिल्मले हल प्रदर्शन अधिकार बेचेर करिव १२० करोड भारू कमाएको बताइन्छ । स्पाइडर महेशको करियरकै सर्वाधिक महँगो फिल्म हो । फिल्मलाई निर्देशक ए आर मूर्गादोसले निर्देशन गरेका हुन् । उनी बलिउड गजनी फिल्मका निर्देशक हुन् ।
थ्रिलर फिल्मको निर्माण एक वर्षको समय खर्च भएको छ । फिल्म तेलेगुकासाथमा तमिलमा पनि बनाइएको छ । फिल्मलाई महेशको सर्वाधिक प्रतिक्षित तमिल डेब्यू सिनेमा मानिएको छ । महेशको तामिलनाडुमा पनि ठूलो फ्यान फ्लोइङ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।