काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार भएको मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशमाथि ३–१ को जित निकालेको हो।
लगनखेलस्थित नेपाल आर्मीको कबर्डहलमा भएको खेलमा पहिलो सेट बंगलादेशले २७–२५ ले जित्दै विजयी सुरुवात ग¥यो । त्यसपछिका सेटमा भने नेपाली टोली उत्कृष्ट लयमा देखियो । नेपालले दोस्रो सेट २५–१७ ले जितेर खेललाई बराबरीमा ल्यायो । नेपालले तेस्रो सेट २५–१६ र चौथो सेट २५–२३ को जित निकाल्यो।
नेपालको जितमा हरि अधिकारीले सर्वाधिक १३ अंक जोडे । मानबहादुर श्रेष्ठले १२ तथा कप्तान इम रानाले ९ अंक बटुले । नेपालले ब्लक र रिसिभमा सुधार गरेकाले बंगलादेशलाई पराजित गर्न सकेको प्रशिक्षक जगदिश भट्टले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।