• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पुस्तक अंश : सिड्नी सपना

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  १३:३७
1140x725

विनोद सरसँग अचानक भएको भेटले सृष्टि रन्थनिएकी थिई। किन मलाई प्रेम गर्न आएन? के म प्रेम गर्न जान्दिनँ अथवा म प्रेमको लायक नै छैनँ? यस प्रश्नले उसलाई नमिठो गरी चिमोटिरहन्थ्यो। उसले विनोदलाई जमाएर थप्पड त लगाई, तर कसैको हृदयमा घृणाको बिउ रोपेकोमा उसको मन खुसी थिएन। हो, विनोदले उसकी श्रीमती र सृष्टि दुवै जनासँग खेलबाड गरेको थियो। तर, यतिका वर्षपछि भेट्दा विनोदलाई झापड नै लगाइहाल्नुपर्थ्यो त? उसले विनोदलाई ‘इग्नोर’ गरिदिएकी भए पनि कुरा सकिन्थ्यो। तर, भ्यालेन्टाइन डेमै विनोदको गाला चड्काएपछि अब जीवनभर फेब्रुअरी १४ विनोदका लागि कालो दिन बनेर आउने भयो।

यस्तै सोच्दै सृष्टि चिया बनाउन लागी। निकिता आइपुगी। ‘दुई हप्तापछि नवा भन्ने संस्थाले एउटा क्रुज पार्टी गर्दैछ सिडनीमा। हामी पनि जाने है? विवेकले हामी दुवैलाई टिकट लिइदिएको छ।’

‘विवेकले?’ सृष्टिले  आँखीभौँ उचाली।

‘हो, विवेकले म्याडम !’ अनुहारमा एउटा उटपटाङ भाव झल्काउँदै टिकट किचेनको स्ल्याबमा राख्दै निकिता कोठामा गई।
निकिता फ्रेस भएर आएपछि लाउन्ज रुममा बसेर उनीहरू चिया पिउन थाले।

त्यति बेलै पृथा बाहिर निस्किई। 

‘भाउजू! आउनुस्, निकिताको प्रेम कहानी सुनुम् आज,’ सृष्टिले भनी। दुवै जनाले हत्तु पारेपछि निकिताले बिस्तारै भनी, ‘मैले काम गर्ने अफिसमै आइटी सेक्सनमा काम गर्छ। घरी कफी पिउन जाऊँ भन्छ, घरी लन्च खान। हाम्रो अफिसमा हामी दुई जनामात्रै नेपाली भएकोले पनि होला, ऊ त्यसरी मिल्न खोजेको। यतिलाई नै प्रेम भन्न मिल्छ र?’

‘प्रेमको मुना पलाउन आँटेजस्तो छ,’ सृष्टिले निकिताको लबजमा भनी, ‘अनि गएको हप्ता फिल्म हेर्न कोसँग गइ’स्या थ्यो नि हजुर?’

निकिताको पोल खुल्न थाल्यो। ऊ रातोपीरो भइरही।

Ncell 2
Ncell 2
nimb
nimb

२ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’

‘ए, फिल्म हेर्न पनि भ्याइसक्या?’ पृथाले भनी, ‘प्रेमको मुना पला’को होइन, झ्याँगिसक्या र’छ।’

‘होइन के भाउजू, प्रपोज नगरुन्जेल कसरी थाहा हुन्छ र? उसको मनमा के छ, के छ!’

‘उसको मनमा के छ? त्यो त हामीले बुझिसक्यौं। तेरो मनमा के छ भन् न?’ सृष्टिले सोधी।

Xtrem

Xtrem

‘नढाटी भनूँ भने तँसँग रुम सेयर गरेर बस्दाबस्दा मलाई झ्याउ लागिसक्यो, अब जिन्दगीमा अलिकति परिवर्तन पनि चाहिएको छ। विवेक  राम्रो छ, ह्यान्डसम छ। केयर गर्छ। ठिकै छ, तर जात मिल्दैन।’

‘ए, तँलाई मसँग बस्दा बोर भयो, होइन? ठिकै छ नि त, राम्रो अप्सन भेटिछस्। बोइफ्रेन्डसँग गएर बस्ने,’ सृष्टिले ठुस्स परेजस्तो अभिनय गर्दै भनी।

‘अहिलेको जमानामा पनि जातभातले फरक पर्छ र!’ पृथाले भनी।

‘मेरो बुवामामु जातको कुरामा निकै कट्टर होइसिन्छ। उहाँहरूलाई पीर नै यही छ कि मैले अर्को जातको केटासँग बिहे गर्छु भन्ने। ऊ नेवार हो। काठमान्डुका नेवारहरू पनि जातपातमा कम्ती कट्टर हुँदैनन्!’

‘यो टिकेट म के गरूँ?’ सृष्टिले टिकट आफ्नो अनुहार वरिपरि फनफनी नचाउँदै भनी, ‘हलुवाको बीचमा बालुवा बन्न म क्रुजमा किन जाऊँ?’

‘मैले भनिसकेँ त, प्रेम परिसकेको छैन क्या! फेरि किन नखरा गर्छेस्? खुरुक्क हिँड्! एक दिन भए पनि सिड्नीको व्यस्तताबाट ब्रेक पाइन्छ।’

‘साथीलाई यस्तो कुरामा सहयोग गर्नुपर्छ सृष्टि,’ पृथाले भनी, ‘तिमी गयौ भने निकितालाई सजिलो हुन्छ। उनीहरूलाई एकान्त चाहियो भने तिमी एकछिन कतै ह्याङ भइदिनू!’ 

पृथाले भनेपछि सृष्टिले हुन्छ भनी।

OOO

शनिबारको साँझ सृष्टि र निकिता निकै ठाँटिए। निकिताले रातोमा हल्का सेतो बुट्टा भएको इभनिङ गाउन लगाई। सृष्टिले आकाशे रङको गाउन। म्याचिङ इयर रिङ, म्याचिङ स्यान्डल र ह्यान्डब्याग गर्दै उनीहरूले निकै समय लगाए। मेकअपपछि दुवै जना अति सुन्दरी देखिए। निकिताले सेतो ह्यान्डब्याग बोक्न लागेकी थिई। सृष्टिले कर गरेर रातो बोक्न लगाई। पृथाले हाँस्दै भनी, ‘रातो रङ प्रेमको प्रतीक हो निकिता !’ निकिताको गालामा एक कचौरा रातो रङ पोखिएर कानतिर छरियो।

समय ५ बजे तोकिए पनि उनीहरू विन्यार्ड पुग्दा ६ बजिसकेको थियो। विवेकले तारन्तार फोन गरिरहेको थियो। २ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’

अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्‍यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’

निकिताले हाँस्दै भनी, ‘कसरी गेस गरिस्? मैले त देखेकै थिइनँ। त्यहीँ पो उभिएको रहेछ।’

‘रातो टाई देखेरै चिनेँ। तयार भएर बस्, आज तँलाई त्यसले प्रपोज गर्छ।’

निकिताको मुटु एक्कासि कामेजस्तो भयो। छेउमा पुगेपछि विवेकले निकितालाई हग गर्दै कोटको भित्री खल्तीबाट एउटा सेतो गुलाफ निकालेर दियो।

सृष्टिले खोकेको आवाज निकालेर सचेत गराई।

जवाफमा विवेकले अर्को खल्तीबाट पहेँलो गुलाफ निकालेर सृष्टिलाई दियो। सृष्टिले थ्याङ्क यु भनी।

‘थ्याङ्क यु फर कमिङ,’ ऊ झन् विनम्र भयो।

‘थ्याङ्क यु फर इन्भाइटिङ अस,’ निकिता  र सृष्टिले पनि कृतज्ञता जाहेर गरे।

केही बेरमा क्रुज हिँड्यो। हार्बरब्रिज र अपेरा हाउसको वरिपरि हार्बरमा क्रुज तैरिरह्यो। विदेशी र नेपालीपनको फ्युजनजस्तो लाग्ने क्रुज दुई तलाको थियो। माथिल्लो र तल्लो दुवै तलामा बफे डिनर राखिएको थियो। डिनरमा नेपाली खानाकै परिकारहरू थिए। अल्कोहल पिउनेका लागि बार खुला थियो। दुवै तलामा खुला ठूलो डेक थियो। मान्छेहरू खचाखच थिए। सबै जना रिल्याक्स गर्न आएका भए पनि हतारमा देखिन्थे। कोही फोटो खिचेर फेसबुकमा राख्न व्यस्त थिए। कोही गफ गरिरहेका, कोही नाचिरहेका, कोही घरी भित्र, घरी बाहिर गरिरहेका।

विवेक आफ्नो दलबलसहित आएको थियो। उसकी सानिमाकी छोरी शैली, फुपूको छोरा प्रदीप, टोलका साथीहरू शशाङ्क, प्रेम, प्रवर्तकसहित करिब दस जना साथी लिएर आएको रहेछ। प्रेमसँग डीएसएल क्यामेरा थियो। डेकमा बसेर उनीहरूले समुद्री हावाको मज्जा लिए। गर्मी मौसममा चिसो हावा मधुर थियो।

करिब दुई घन्टापछि डेकको सानो कुनामा उनीहरूको छुट्टै कर्नर बनिसकेको  थियो। शशाङ्कले मोबाइल झिकेर पोर्टेबल स्पिकरमा जोड्यो र अङ्ग्रेजी धून बजायो। त्यति नै बेला प्रवर्तकले साइलेन्ट हुन सबैलाई इसारा गर्‍यो। विवेक गएर निकिताको अगाडि घुँडा टेकेर उभियो। मुखमा एउटा रातो गुलाफको डन्डी चेपेर हातमा हीराको औँठी बोकेर ऊ टाउको निहुराएर निकिताको अगाडि बस्यो। निकिता एकसाथ एक्साइटेड र नर्भस भई। सृष्टि आफ्नो भविष्यवाणी मिलेकोमा मख्ख परी। औँठीको बक्स खोलेर विवेकले भन्यो, ‘आई लब यु निकिता, विल यु म्यारी मी?’

त्यत्रो एक्साइटमेन्टमा पनि निकिताले एक पलमै सोची, आई लब यु मात्र भनेको भए हुन्थ्यो। कति चाँडै विल यु म्यारी मी भनेको?
निकिताले रातो गुलाफ स्वीकार गर्दै भनी, आई लब यु टु।

डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए।

अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्‍यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’

विवेकको अनुहार अलिक अँध्यारो भयो।

‘विवाहको पहिलो सिँढी प्रेम हो विवेक,’ निकिताले भनी, ‘एउटा एउटा स्टेप चढ्दै गयौ भने गन्तव्यमा पुगिएला।’ अनि उसले डिसेन्ट भएर विवेकको दाहिने गलामा चुम्बन गर्दै भनी, ‘आई लब यु।’

निकिताको चुम्बनले विवेकलाई मात लाग्यो। विवाहको प्रस्ताव स्वीकृत नभए पनि प्रेम प्रस्ताव स्वीकृत भएको थियो। अर्थात् पहिलो सिँढी उक्लन सफल भएको थियो। उसले निकितालाई खुट्टामा उचालेर बोक्यो र फनन घुमायो। निकिताको स्ट्रेट गरेको काँधसम्म आउने कपाल र फिरिर परेको इभनिङ गाउन पनि फनन घुम्यो। पार्टीमा आएका सबैले ताली बजाए।

एकदमै फिल्मी शैलीमा त्यो साँझ निकिता र विवेकको प्रेमको औपचारिक घोषणा भयो।

OOO

प्रेममा परेपछि निकिता विवेकसँगै धेरै व्यस्त रहन थाली। पढ्न गयो। कलेज नगएको दिन काममा गयो। अनि छुट्टीको दिन विवेकको कोठामा गयो। कहिले ब्लु माउन्टेन, कहिले पोर्ट मक्वारी त कहिले वोलोङ्गङ। क्रुज पार्टीमा प्रशान्त महासागरको पानीलाई साक्षी राखेर औपचारिक सुरुवात भएको उनीहरूको प्रेम प्रशान्त महासागरको बगरछेउछाउ प्रेम साटासाट गर्दै झन्‌झन् गाढा हुँदै गयो।

काठमान्डुको क्षेत्री परिवारकी निकिता र काठमान्डुकै नेवार परिवारको विवेक, दुवै कट्टर जातीय मान्यता राख्ने घरका सदस्य थिए। घर परिवारमा प्रेमको घोषणा गर्नुअघि अलि समय सँगै बिताउने योजना बनाएर उनीहरू लिभिङ टुगेदरमा रहने भए।

डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए। एउटै कोठामा नबसे पनि निकिता र सृष्टिको भेट भइरहन्थ्यो। 

पृथा निकिताको अनुपस्थितिमा सृष्टिको विशेष ख्याल गरिरहन्थी।

(सानु घिमिरेको उपन्यास 'सिड्नी सपना'को अंश। यो पुस्तक भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन हुँदैछ।)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्