• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पुस्तक अंश : सिड्नी सपना

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १३, २०७६  १३:३७
1140x725

विनोद सरसँग अचानक भएको भेटले सृष्टि रन्थनिएकी थिई। किन मलाई प्रेम गर्न आएन? के म प्रेम गर्न जान्दिनँ अथवा म प्रेमको लायक नै छैनँ? यस प्रश्नले उसलाई नमिठो गरी चिमोटिरहन्थ्यो। उसले विनोदलाई जमाएर थप्पड त लगाई, तर कसैको हृदयमा घृणाको बिउ रोपेकोमा उसको मन खुसी थिएन। हो, विनोदले उसकी श्रीमती र सृष्टि दुवै जनासँग खेलबाड गरेको थियो। तर, यतिका वर्षपछि भेट्दा विनोदलाई झापड नै लगाइहाल्नुपर्थ्यो त? उसले विनोदलाई ‘इग्नोर’ गरिदिएकी भए पनि कुरा सकिन्थ्यो। तर, भ्यालेन्टाइन डेमै विनोदको गाला चड्काएपछि अब जीवनभर फेब्रुअरी १४ विनोदका लागि कालो दिन बनेर आउने भयो।

यस्तै सोच्दै सृष्टि चिया बनाउन लागी। निकिता आइपुगी। ‘दुई हप्तापछि नवा भन्ने संस्थाले एउटा क्रुज पार्टी गर्दैछ सिडनीमा। हामी पनि जाने है? विवेकले हामी दुवैलाई टिकट लिइदिएको छ।’

‘विवेकले?’ सृष्टिले  आँखीभौँ उचाली।

‘हो, विवेकले म्याडम !’ अनुहारमा एउटा उटपटाङ भाव झल्काउँदै टिकट किचेनको स्ल्याबमा राख्दै निकिता कोठामा गई।
निकिता फ्रेस भएर आएपछि लाउन्ज रुममा बसेर उनीहरू चिया पिउन थाले।

त्यति बेलै पृथा बाहिर निस्किई। 

‘भाउजू! आउनुस्, निकिताको प्रेम कहानी सुनुम् आज,’ सृष्टिले भनी। दुवै जनाले हत्तु पारेपछि निकिताले बिस्तारै भनी, ‘मैले काम गर्ने अफिसमै आइटी सेक्सनमा काम गर्छ। घरी कफी पिउन जाऊँ भन्छ, घरी लन्च खान। हाम्रो अफिसमा हामी दुई जनामात्रै नेपाली भएकोले पनि होला, ऊ त्यसरी मिल्न खोजेको। यतिलाई नै प्रेम भन्न मिल्छ र?’

‘प्रेमको मुना पलाउन आँटेजस्तो छ,’ सृष्टिले निकिताको लबजमा भनी, ‘अनि गएको हप्ता फिल्म हेर्न कोसँग गइ’स्या थ्यो नि हजुर?’

निकिताको पोल खुल्न थाल्यो। ऊ रातोपीरो भइरही।

Ncell 2
Ncell 2

२ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’

‘ए, फिल्म हेर्न पनि भ्याइसक्या?’ पृथाले भनी, ‘प्रेमको मुना पला’को होइन, झ्याँगिसक्या र’छ।’

‘होइन के भाउजू, प्रपोज नगरुन्जेल कसरी थाहा हुन्छ र? उसको मनमा के छ, के छ!’

‘उसको मनमा के छ? त्यो त हामीले बुझिसक्यौं। तेरो मनमा के छ भन् न?’ सृष्टिले सोधी।

‘नढाटी भनूँ भने तँसँग रुम सेयर गरेर बस्दाबस्दा मलाई झ्याउ लागिसक्यो, अब जिन्दगीमा अलिकति परिवर्तन पनि चाहिएको छ। विवेक  राम्रो छ, ह्यान्डसम छ। केयर गर्छ। ठिकै छ, तर जात मिल्दैन।’

‘ए, तँलाई मसँग बस्दा बोर भयो, होइन? ठिकै छ नि त, राम्रो अप्सन भेटिछस्। बोइफ्रेन्डसँग गएर बस्ने,’ सृष्टिले ठुस्स परेजस्तो अभिनय गर्दै भनी।

‘अहिलेको जमानामा पनि जातभातले फरक पर्छ र!’ पृथाले भनी।

‘मेरो बुवामामु जातको कुरामा निकै कट्टर होइसिन्छ। उहाँहरूलाई पीर नै यही छ कि मैले अर्को जातको केटासँग बिहे गर्छु भन्ने। ऊ नेवार हो। काठमान्डुका नेवारहरू पनि जातपातमा कम्ती कट्टर हुँदैनन्!’

‘यो टिकेट म के गरूँ?’ सृष्टिले टिकट आफ्नो अनुहार वरिपरि फनफनी नचाउँदै भनी, ‘हलुवाको बीचमा बालुवा बन्न म क्रुजमा किन जाऊँ?’

‘मैले भनिसकेँ त, प्रेम परिसकेको छैन क्या! फेरि किन नखरा गर्छेस्? खुरुक्क हिँड्! एक दिन भए पनि सिड्नीको व्यस्तताबाट ब्रेक पाइन्छ।’

‘साथीलाई यस्तो कुरामा सहयोग गर्नुपर्छ सृष्टि,’ पृथाले भनी, ‘तिमी गयौ भने निकितालाई सजिलो हुन्छ। उनीहरूलाई एकान्त चाहियो भने तिमी एकछिन कतै ह्याङ भइदिनू!’ 

पृथाले भनेपछि सृष्टिले हुन्छ भनी।

OOO

शनिबारको साँझ सृष्टि र निकिता निकै ठाँटिए। निकिताले रातोमा हल्का सेतो बुट्टा भएको इभनिङ गाउन लगाई। सृष्टिले आकाशे रङको गाउन। म्याचिङ इयर रिङ, म्याचिङ स्यान्डल र ह्यान्डब्याग गर्दै उनीहरूले निकै समय लगाए। मेकअपपछि दुवै जना अति सुन्दरी देखिए। निकिताले सेतो ह्यान्डब्याग बोक्न लागेकी थिई। सृष्टिले कर गरेर रातो बोक्न लगाई। पृथाले हाँस्दै भनी, ‘रातो रङ प्रेमको प्रतीक हो निकिता !’ निकिताको गालामा एक कचौरा रातो रङ पोखिएर कानतिर छरियो।

समय ५ बजे तोकिए पनि उनीहरू विन्यार्ड पुग्दा ६ बजिसकेको थियो। विवेकले तारन्तार फोन गरिरहेको थियो। २ सय मिटर परबाट सृष्टिले क्रुजको गेटबाहिर बसेर, फोन हातमा लिई रातो टाई र कालो सुट लगाएको, गोरो, ह्यान्डसम युवकलाई देखेर भनी, ‘विवेक भन्ने तेरो फिदा युवक यही होला, हैन?’

अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्‍यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’

निकिताले हाँस्दै भनी, ‘कसरी गेस गरिस्? मैले त देखेकै थिइनँ। त्यहीँ पो उभिएको रहेछ।’

‘रातो टाई देखेरै चिनेँ। तयार भएर बस्, आज तँलाई त्यसले प्रपोज गर्छ।’

निकिताको मुटु एक्कासि कामेजस्तो भयो। छेउमा पुगेपछि विवेकले निकितालाई हग गर्दै कोटको भित्री खल्तीबाट एउटा सेतो गुलाफ निकालेर दियो।

सृष्टिले खोकेको आवाज निकालेर सचेत गराई।

जवाफमा विवेकले अर्को खल्तीबाट पहेँलो गुलाफ निकालेर सृष्टिलाई दियो। सृष्टिले थ्याङ्क यु भनी।

‘थ्याङ्क यु फर कमिङ,’ ऊ झन् विनम्र भयो।

‘थ्याङ्क यु फर इन्भाइटिङ अस,’ निकिता  र सृष्टिले पनि कृतज्ञता जाहेर गरे।

केही बेरमा क्रुज हिँड्यो। हार्बरब्रिज र अपेरा हाउसको वरिपरि हार्बरमा क्रुज तैरिरह्यो। विदेशी र नेपालीपनको फ्युजनजस्तो लाग्ने क्रुज दुई तलाको थियो। माथिल्लो र तल्लो दुवै तलामा बफे डिनर राखिएको थियो। डिनरमा नेपाली खानाकै परिकारहरू थिए। अल्कोहल पिउनेका लागि बार खुला थियो। दुवै तलामा खुला ठूलो डेक थियो। मान्छेहरू खचाखच थिए। सबै जना रिल्याक्स गर्न आएका भए पनि हतारमा देखिन्थे। कोही फोटो खिचेर फेसबुकमा राख्न व्यस्त थिए। कोही गफ गरिरहेका, कोही नाचिरहेका, कोही घरी भित्र, घरी बाहिर गरिरहेका।

विवेक आफ्नो दलबलसहित आएको थियो। उसकी सानिमाकी छोरी शैली, फुपूको छोरा प्रदीप, टोलका साथीहरू शशाङ्क, प्रेम, प्रवर्तकसहित करिब दस जना साथी लिएर आएको रहेछ। प्रेमसँग डीएसएल क्यामेरा थियो। डेकमा बसेर उनीहरूले समुद्री हावाको मज्जा लिए। गर्मी मौसममा चिसो हावा मधुर थियो।

करिब दुई घन्टापछि डेकको सानो कुनामा उनीहरूको छुट्टै कर्नर बनिसकेको  थियो। शशाङ्कले मोबाइल झिकेर पोर्टेबल स्पिकरमा जोड्यो र अङ्ग्रेजी धून बजायो। त्यति नै बेला प्रवर्तकले साइलेन्ट हुन सबैलाई इसारा गर्‍यो। विवेक गएर निकिताको अगाडि घुँडा टेकेर उभियो। मुखमा एउटा रातो गुलाफको डन्डी चेपेर हातमा हीराको औँठी बोकेर ऊ टाउको निहुराएर निकिताको अगाडि बस्यो। निकिता एकसाथ एक्साइटेड र नर्भस भई। सृष्टि आफ्नो भविष्यवाणी मिलेकोमा मख्ख परी। औँठीको बक्स खोलेर विवेकले भन्यो, ‘आई लब यु निकिता, विल यु म्यारी मी?’

त्यत्रो एक्साइटमेन्टमा पनि निकिताले एक पलमै सोची, आई लब यु मात्र भनेको भए हुन्थ्यो। कति चाँडै विल यु म्यारी मी भनेको?
निकिताले रातो गुलाफ स्वीकार गर्दै भनी, आई लब यु टु।

डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए।

अनि उसले विवेकलाई उठाई। विवेकले उसको निधारमा चुम्बन गर्‍यो। औँठीको बक्स बन्द गर्दै निकिताले भनी, ‘पहिले प्रेम अनि विवाह। अहिले नै म तिमीलाई विवाहको वचन दिन सक्दिनँ।’

विवेकको अनुहार अलिक अँध्यारो भयो।

‘विवाहको पहिलो सिँढी प्रेम हो विवेक,’ निकिताले भनी, ‘एउटा एउटा स्टेप चढ्दै गयौ भने गन्तव्यमा पुगिएला।’ अनि उसले डिसेन्ट भएर विवेकको दाहिने गलामा चुम्बन गर्दै भनी, ‘आई लब यु।’

निकिताको चुम्बनले विवेकलाई मात लाग्यो। विवाहको प्रस्ताव स्वीकृत नभए पनि प्रेम प्रस्ताव स्वीकृत भएको थियो। अर्थात् पहिलो सिँढी उक्लन सफल भएको थियो। उसले निकितालाई खुट्टामा उचालेर बोक्यो र फनन घुमायो। निकिताको स्ट्रेट गरेको काँधसम्म आउने कपाल र फिरिर परेको इभनिङ गाउन पनि फनन घुम्यो। पार्टीमा आएका सबैले ताली बजाए।

एकदमै फिल्मी शैलीमा त्यो साँझ निकिता र विवेकको प्रेमको औपचारिक घोषणा भयो।

OOO

प्रेममा परेपछि निकिता विवेकसँगै धेरै व्यस्त रहन थाली। पढ्न गयो। कलेज नगएको दिन काममा गयो। अनि छुट्टीको दिन विवेकको कोठामा गयो। कहिले ब्लु माउन्टेन, कहिले पोर्ट मक्वारी त कहिले वोलोङ्गङ। क्रुज पार्टीमा प्रशान्त महासागरको पानीलाई साक्षी राखेर औपचारिक सुरुवात भएको उनीहरूको प्रेम प्रशान्त महासागरको बगरछेउछाउ प्रेम साटासाट गर्दै झन्‌झन् गाढा हुँदै गयो।

काठमान्डुको क्षेत्री परिवारकी निकिता र काठमान्डुकै नेवार परिवारको विवेक, दुवै कट्टर जातीय मान्यता राख्ने घरका सदस्य थिए। घर परिवारमा प्रेमको घोषणा गर्नुअघि अलि समय सँगै बिताउने योजना बनाएर उनीहरू लिभिङ टुगेदरमा रहने भए।

डेढ वर्ष सँगै कोठा र बेडसमेत सेयर गरेकी सृष्टिलाई छोडेर निकिता विवेकको कोठामा सरी। सृष्टिलाई एक्लो अनुभूति नहोस् भनेर विवेक र निकिताले नजिकै कोठा लिए। एउटै कोठामा नबसे पनि निकिता र सृष्टिको भेट भइरहन्थ्यो। 

पृथा निकिताको अनुपस्थितिमा सृष्टिको विशेष ख्याल गरिरहन्थी।

(सानु घिमिरेको उपन्यास 'सिड्नी सपना'को अंश। यो पुस्तक भोलि शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विमोचन हुँदैछ।)
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्