कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु चिनाउन र समृद्धिशाली बनाउन सकिन्छ भन्नेम सरकार चिन्तित रहेको बताएका छन्।
कैलालीको धनगढीमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पाँचौँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहका क्रममा मन्त्री केसीले नेपालजस्तो मुलुकले खेलकुदको विकासका लागि छुट्टै खेलकुद मन्त्रालय बनाउनु भनेको ठूलो विषय रहेको बताए।
कार्यक्रममा राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीको क्षमता र योग्यता अभिवृद्धि गर्नका निम्ति विभिन्न खालका ज्ञान तथा सीप दिलाउनका निम्ति विशेष ध्यान दिइने बताए। महाधिवेशनमा देशभरका १३२ प्रतिनिधि सहभागी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।