कोलम्बो – भारतले टी–२० खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ। एक खेलको टी–२० सिरिज जितेसँगै भारतले श्रीलंका भ्रमरणका खेलिएका सबै खेल जित्दै क्लिन स्विप गरेको छ। भारतले यससअघि श्रीलंकालाई टेस्ट सिरिजमा ३–० र एकदिवसीय सिरिजमा ५–० ले पराजित गरेको थियो।
कोलम्बोमा टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेटको क्षतिमा १ सय ७० रन जोड्यो । भारतले ४ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो।
भारतको जितमा कप्तान विराट कोहलीले ८२ रनको योगदान गरे। कोहलीले ५४ बल खेल्दा ७ चौका र १ छक्का प्रहार गरे। मनिस पान्डेले नटआउट ५१ रन जोडे भने लोकेस राहुलले २४ रन बटुले। ओपनर रोहित शर्मा १ रनमै आउट हुँदा महेन्द्रसिंह धोनी १ रनमा अविजित रहे।
त्यसअघि श्रीलंकाका लागि दिलसान मुनावेराले ५३ र असन प्रियन्जनले नटआउट ४० रनको योगदान दिए। आक्रमक रुपमा देखिएका मुनावेरा २९ बलमा ५ चौका र ४छक्का हिर्काए। बलिङतर्फ भारतका युजभेन्द्र चहालले ३ तथा कुलदिप यादवले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।