न्युयोर्क– स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। ३१ वर्षीय नाडालले बिहीबार विहान भएको खेलमा रसियाका युवा खेलाडी आन्द्रे रुब्लेभलाई ६–१ ,६–२ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन्। १९ बर्षीय रुब्लेभलाई पराजित गर्न नाडालले १ घन्टा ३७ मिनेट कोर्टमा बिताए।
अब सेमिफाइनलमा नाडालले स्विट्जरल्यान्डका रोजर फेडेरर वा जुवान मार्टिल डेल पोट्रो मध्ये एक खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
महिला एकलतर्फको खेलमा शीर्ष वरीयताकी कारोलिना प्लिस्कोभा बाहिरिएकी छिन्। प्लिस्कोभालाई कोको भान्डेवेघेले पराजित गरिन् २०औं वरीयताकी अमेरिकन खेलाडी कोकोले ७–६(७–४) र ६–३ को सहज जित निकालेकी हुन्। कोकोले अन्तिम चारमा माडिसन किज वा काइया कानेपी मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।