असोज ११ गते रिलिज हुने छविराज ओझा निर्मित फिल्म मंगलमको पहिलो गीत रिलिज भएको छ । शिल्पा पोखरेल तथा पुष्पल खड्कामाथी छायाँकन गरिएको फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत रिलिज गरिएको हो ।
दीपक शर्माको संगीत तथा शब्द रहेको गीतलाई कृष्ण काफ्ले र विन्दु परियारको युगल स्वर रहेको छ । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् ।फिल्मका निर्देशक नवल नेपाल हुन् ।
फिल्ममा शिल्पा र पुष्पलका साथमा पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।