काठमाडाै– राजधानीमा सुशिला सिंहको एकल कस्मिक सेड्स चित्रकला प्रदर्शनी जारी रहेको छ । सोमबारबाट शेर्पा मलमा सुरू भएको प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
पेन एन्ड इंक प्रयोग गरेर ब्यालक एन्ड ह्वाइट चित्र कोर्ने सिंहले प्रदर्शनीमा ब्ल्याक एन्ड ह्वाइट रंगमा सांस्कृतिक सम्पदालाई चित्रमा उतारेकी छन् । सन् २०१० पहिलो प्रदर्शनीका रूपमा माक्यनभास लाइभ पेन्टिङ गरेकी सिंहको यो दोस्रो चित्रकला प्रदर्शनी हो ।
यसपटकको प्रदर्शनीमा भुकम्पले क्षति काठमाडौं उपत्यकाका तीन शहर क्रमश काठमाडौं, ललितपुर तथा भक्तपुरका सम्पदामा उनले कुचि चलाएकी छन् । भुकम्प पछि सम्पदालाई जोगाइराख्न आफूमा चित्र बनाउने सोच आएको सिंहले बताइन ।
नेपालमा ३ जना पेन एन्ड इंक मा चित्र कोर्ने तीन चित्रकारमध्ये शुसिला एक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।