काठमाडौं– साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा नेपालले भुटानलाई ९६–३८ ले पराजित गरेको छ।
बुधबार भएको खेलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लियो। दोश्रो क्वाटरमा नेपाल १३–१४ ले पछि परेको थियो। बाँकी दुई क्वाटर नेपालले क्रमशः २६–६ र २१–८ ले आफ्नो पक्षमा पार्दै सहज जित निकाल्यो। नेपालको जितमा अभिषेक सिंहले सर्वाधिक २३ अंक जोडे। चिरञ्जिवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृष्त शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले समान ६–६, विक्रम बानियाँले ४, सुरेश विकले ३ तथा आशिष भुजेलले १ अंक थपे।
दिनको पहिलो खेलमा भने भारतले बंगलादेशलाई ८२–६५ ले हराउदै लगातार दोश्रो जित दर्ता गर्यो। राउन्ड रोविन लिगमा चलिरहेको प्रतियोगितामा भारत ४ अंकसाथ शीर्ष स्थानमा छ। बंगलादेशको भने दुई खेलमा यो पहिलो हार हो। दोश्रो स्थानमा रहेको बंगलादेशको ३ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।