पहिलो श्रृखंलाका कारण पछिल्लो चर्चामा रहेको ‘छक्का पन्जा २’को ट्रेलर रिलिज भएको छ । असोज ११ गते फूलपातिको दिनमा रिलिज हुने फिल्मको ३ मिनेट ३ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो ।
अभिनेत्री दीपाश्री निरौलाको दोस्रो निर्देशकिय फिल्ममा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, लक्ष्मी गिरीको मुख्य भूमिका छ ।
फिल्ममा विकास आचार्य र सामिप्यराज तिमल्सेनाको कथा रहेको छ भने दीपकराज गिरीको पटकथाकार हुन् । फिल्ममा ‘छक्का पञ्जा’को भन्दा बिल्कुल फरक कथा हुने जानकारी निर्माण पक्षले दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।