• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नियात्रा : हिमालपारि भेटिएको 'मेरो देश'

64x64
हेमन्त जोशी शनिबार, चैत ३०, २०७५  १०:२५
1140x725

फागुन २० गते। शिवरात्रिको दिन।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बिहान ११ बजेदेखि चलिरहेको थियो।  रिपोर्टिङका सिलसिलामा गएको म समितिको निर्णय कुरिरहेको थिएँ। दिउँसो ३ बजेतिर कान्तिपुर दैनिकमा कार्यरत राजु चौधरीले फोन गरेर एकाएक उपल्लो मुस्ताङ जाने प्रस्ताव राखे। 

अनपेक्षित प्रस्तावले म फुरुङ परेँ।

मुस्ताङ घुम्ने प्रायको रहर हुँदो हो। मेरो जस्तै। तर अफिसमा छुट्टी मिलाउनुपर्ने भएकाले सिधै 'हुन्छ' भन्न सकिनँ। नेपाल लाइभमा जागिर सुरु गरेको एक महिना पनि पूरा भएको थिएन। तर मेरो प्रस्ताव सहजै स्वीकृत भयो। 

OOO

बिहान ९ बजे थापाथली भेट्ने निधो भएको थियो। भलै हामी कलंकीबाट टोलीमा मिसियौं। ‘रस टु मुस्ताङ’ नाम दिइएको उक्त यात्राको सबै प्रबन्ध टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले मिलाएको थियो। टोयोटाले भर्खरै मात्र नेपालमा भित्र्याएको चारपांग्रे सवारी ‘रस’ थियो हाम्रो मुस्ताङ यात्राको सारथि।

एउटा गाडीमा चालकसहित चार जना बस्ने व्यवस्था मिलाइएको थियो। चालकसँगैको सिटमा दाजु रोशन श्रेष्ठ र पछाडिका सिटमा द राइजिङ नेपालका दाजु मोदनाथ ढकाल र म बस्यौं। अगाडि एउटा टोयोटा हाइलक्स, बीचमा सातवटा रस र पछाडि फेरि अर्को हाइलक्ससहितको ९ वटा गाडीको लस्करसँगै सुरु भयो हाम्रो मुस्ताङ यात्रा।

nimb
nimb
Ncell 2
Ncell 2

मोदनाथ दाइ अग्रज आर्थिक पत्रकार मात्र नभई पत्रकारिता अध्यापन पनि गराइरहनुभएका कारण मलाई उहाँसँग यात्रा गर्दा धेरै कुरा सिक्ने मौका थियो। त्यो मौका गुमाउन चाहिनँ। पत्रकारिता र शिक्षण पेसासँग सम्बन्धित मात्र नभई मैले उहाँका व्यक्तिगत भोगाइलाई पनि कोट्याइरहेँ। निकै गहन विषयमा पनि सरल तर तथ्यपरक कुरा बोल्ने उहाँको शैलीबाट म प्रभावित हुँदै गए। 

बिहानको समय गुज्रिएर मध्याह्न भइसकेको थियो। शरीरको थकान बढेसँगै हामीबीचको कुराकानी पनि सुस्ताउँदो मात्रामा थियो।

नौबिसे कट्न नपाउँदै मोदनाथ दाइले केही भूमिका नबाँधीकनै ‘भूमिका’ निकाल्नु भयो। भूमिका अर्थात तेस्रोलिंगीको कथा। लेखिका भूमिका श्रेष्ठ। बाटोभरि त्यही पुस्तक घरी उहाँले घरी मैले पढेँ। मुस्ताङ जाने र फर्किने यात्रा अवधिभर हामीले त्यो पुस्तक पालैपालो पढेर सक्कायौं। सायद उहाँका लागि पुस्तक पढ्ने र आफूलाई मन परेको फिल्म हेर्नका लागि यस्तै यात्राहरु नै सही समय हुन। तर, मैले भने रहरकै लागि पढेँ। 

हाम्रो पहिलो दिनको यात्रा पोखरा गएर टुंगियो। 

OOO

दोस्रो दिनको यात्रा सुरु हुँदा नहुँदै माछापुच्छ्रेले स्वागत गर्‍यो। पोखराबाट सराङकोट जाने बाटो तय गर्दैगर्दा देखियो, विशाल माछापुच्छ्रे। निकै समीपमा, आँखै अगाडिजस्तो। एकाबिहानै खाली सडकमा एक सय किलोमिटर प्रतिघन्टाको रफ्तारमा रहेको मोटरसँग ठोक्किउँलाझैं गरी नजिकिँदै गएको माछापुच्छ्रे देखेर एउटै शब्द निस्कियो– वाहउउउऊ…

गाडीको गतिसँगै नजिकिएको माछापुच्छ्रे सराङकोट चढिसक्दा आम्नेसाम्ने भएर आयो। 

घाम पहेँलिदै गइसकेको थियो।  बिहान सेतै टल्किएको हिमाल घामसँगै स्वर्णिम बन्न पुग्यो। हेरिरहूँ जस्तो। अझ त्यही पुगेर अँगालो हालूँ जस्तै। वन नै राताम्य हुनेगरी फूलेको लालीगुराँसको बिम्बमा घामको किरणले पहेँलिएको हिमाललाई हामीले चियाको चुस्कीसँग निकैबेर हेरिरह्यौं। 

पोखरादेखि मुस्ताङको लेतेसम्मको दोस्रो दिनको यात्रा जति रोमाञ्चक थियो, त्यति नै कठिन पनि। कठिन भएकै कारण रोमाञ्चक बन्यो कि! 

बेनी नकट्दै सुरु भयो कच्ची बाटो। कालीगण्डकीको तीरैतीर कठिन तर रोमाञ्चक यात्रा पूरा गर्नु थियो हामीले। निकै कडा चट्टान फोडेर बनाइएको कालीगण्डकी करिडोर निर्माणको काम जारी थियो। राम्रोसँग सम्याउन बाँकी सडकमा गाडीका पांग्राले घर्षण दिँदा ढुंगाबाट आगोको झिल्का निस्केको प्रस्टै देखिन्थ्यो। 

कालीगण्डकीको तीरैतीर यात्रा गरिरहँदा मोदनाथ दाइले आफ्नो विगत सम्झदै भन्नुभयो, ‘कालीगण्डकी किन कालो छ भनेर हामी बच्चैदेखि भन्थ्यौं। अहिले जान्न पाइने भइयो।'

'कसरी दाइ?'

हामी कालीगण्डकीको एक छेउदेखि मुहानसम्मै जादैछौं। वास्तवमा कालीगण्डकीमा किन र कसरी धमिलो पानी बग्दो रहेछ भनेर कसो न जानिएला!’ 

अपराह्न हामी लेते पुग्यौं ‘अफरोड–हन्ड्रेड केएम’ सजिलै पार गरेर।

OOO

लेतेमा हामी तीन रात बिताउँदै थियौं। पहिलो रात कटेर बिहान भएसँगै मुस्ताङभित्रका एकएक रहस्यसँग साक्षात्कार गर्दै हामी अगाडि बढ्दै गयौं। मुस्ताङको प्रकृति स्मृतिमा जति भरिएर बसेको छ त्यति शब्दमा वर्णन गर्न सकिन्न।

लेतेबाट जोमसोमतिरको यात्रा तय गर्दैगर्दा बाटोमा भेटियो कवि भूपि शेरचनको पुर्ख्यौली ‘थाकटुकुचे’। थाकटुकुचेसम्मको यात्रा अनुभव र त्यहाँको परिवेशले कवि भुपि शेरचनलाई मात्र याद गराएन, सँगसँगै उनले रचना गरेको ‘मेरो देश’ कविताको भाव आँखैअगाडि नाँचिरहेको अनुभूति भयो। 

भूपिको जन्मस्थान यतै थियो भन्ने थाहा पाएसँगै मेरो दिमागमा सचित्र भएर आउन थाल्यो उनको मेरो देश कविता। कविताका रुपमा होइन दृश्यका रुपमा। पाठकले पाउने भावको स्वादका रुपमा नभई, आफैले कोरेको एक रंगीन चित्रका रुपमा। 

मेरो देश कवितामा शेरचनले कल्पना गरेको साँच्चिकैको ‘मेरो देश’ मैले त्यहाँ पाए। अलौकिक र अद्वितीय। त्यहाँका पहाडका निधारमा देखिएको हिउँ, छातीको छहरा र काखमा बगिरहने नदीलाई वर्णन गर्न योभन्दा उत्तम लेखनी निर्विकल्प हुँनै सक्दैन। यो नियात्रा लेखनका लागि मैले एक सशक्त आधारमा रुपमा भेट्टाएँ ‘मेरो देश’। 

राष्ट्रियता, देशप्रेम र प्रकृति प्रेमलाई उनले जसरी कवितामा वर्णन गरे ती भावहरु मेरोअगाडि एकपछि अर्को गर्दै उघ्रिन थाले। उनको कवितामा प्रयोग गरेका रुपक (मेटाफोर) र उपमा (सिमिली) अर्थ्याउन सकेँ। 

मेरो देश कवितामा जुन प्रकृति मोह थियो। त्यो कल्पित थिएन। वास्तविक थियो जसलाई मैले पनि साक्षात्कार गर्ने मौका पाएँ।
जहाँ
हिउँ परेको रातमा
जून धरतीलाई भेट्न
हिमकणहरुको साथमा
मुस्कुराउँदै ओरालो झर्छ,
र धरतीलाई सर्वांग हाँसेको पाएर
झन् बढी मुस्कुराए
आकाशमा फर्कने गर्छ।

पहिलो दिनको लेते बसाइले नै हामीलाई भूपिको कविताको भावार्थ बुझाइसकेको थियो। सानो खाल्डो जस्तो ठाउँ लेतेबाट आधा रातमा पनि चारैतिर चम्किला हिमाल मात्रै देखिइरहेका थिए। 

शिवरात्रिपछिको तेस्रो दिन अर्थात् औंसीको भोलिपल्टको कालो निस्पष्ट रातमा पनि यसरी उजालिएका हिमशृंखला पूर्णेका रातमा कति चम्किदाँ हुन्! मसँग उत्तर त थिएन, छैन। तर अनुमान लगाउन सक्छु, सुन्दर चन्द्रमालाई सुन्दरताको माथ तिनै चम्किएका हिमालहरुले मात्रै दिन सक्थे। एक अर्कातिर फर्किएका निलगिरी र धौलागिरीले रातको समयमा पनि छाएको प्रकाश कुनै मंगलदीपभन्दा कम थिएन।

चिसो सिरेटो ओर्लिरहन्थ्यो धर्ती चुम्न। तर विशाल सल्लाका रुखहरुले छेकिदिन्थे। मरुभूमिजस्तो ठाउँमा चर्को घामलाई वरिपरिका हिमालले पंखा हम्किए जसरी शीतल दिइरहन्थे। यसरी हरेक दृष्टिले ‘मेरो देश’ कविता मुस्ताङको पर्याय थियो। कविताको भाव र वास्तविकताको रसास्वादन एकैचोटि गर्ने मौका मैले पाइरहेको थिए मैले। कविताका एकपछि अर्को हरफसँगै भावार्थको प्रत्यक्ष अनुभूति थियो त्यो। कालीगण्डकीमा देखिएको तुफानी समुद्रको वेगलाई कति सचित्र वर्णन गरेछन् उनले। भौगोलिक अवस्था र त्यसको सुन्दरतालाई कहीँ कतै अन्याय नहुने गरी, सबै कुरा अटाएर लेखिएको कविता मेरो देशको ‘पर्फेक्ट प्याक’ भएन र मुस्ताङ? 

जोमसोम पुग्नुभन्दा केहीअगाडि भेटियो स्याउ उत्पादनका लागि प्रख्यात ठाउँ ‘मार्फा’। 

प्राचीन र निकै व्यवस्थित बस्तीको झल्को दिने गाउँमा मानिसहरुको चहलपहल भने त्यति धेरै थिएन। हिँउदमा अत्यधिक हिमपात हुने भएका कारण मानिसहरु पोखरा, चितवन र काठमाडौंतिर झर्दा रहेछन। यसवर्ष पटकपटक गरेर फागुन मसान्तसम्मै हिमपात भएकाले त्यहाँका बासिन्दाहरु बिस्तारै आउने क्रम चलिरहेको रहेछ। हिउँको चिसो सहेर नयाँ जीवन पाउने आशाका साथ स्याउका टुसा पलाउन खोजिरहेका थिए। हिउँ पग्लिएसँगै रापिलो घाम पाएका ती बोटहरुले बसन्त ऋतु आएको चाल पाइसकेका थिए सायद।

लेतेबाट मुक्तिनाथसम्मको यात्रामा भेटिएका त्यहाँका बासिन्दाको हिस्सी परेको र मुस्कुराइरहने अनुहार देखेर मैले कविताको अर्को अंशको भावार्थ भेट्टाए। 
जहाँ
बारै महिना मानिसका गालामा
फुल्दछन् आरुका फूल

मैले बाह्रै महिना मानिसका गालामा आरुको फूल फुलाउनुको तात्पर्य बुझेँ। हिमाली हावा र त्यसको असरले मानिसका गाला राता हुनुलाई आरुका फूलसँग दाँजेर कति सुन्दर भाव दिन खोजिएको रहेछ। 

हिउँ मेरा लागि नयाँ थिएन। म हिमालमै जन्मिएको मान्छे। एक-दुई दिनसम्म जमेको हिउँ देखेकै थिएँ। तर कागबेनीबाट मुक्तिनाथसम्मको उकालो चढ्दै गर्दा जे देखियो त्यो वास्तवमै शब्दमा वर्णन गर्न नसकिने थियो। तराईमा जन्मिएका र हिउँलाई नै पहिलोचोटि छोएर महसुस गर्न पाएका साथीहरुको उत्साह भनिसाध्य छैन। 

मुक्तिनाथ पुग्दा जताततै हिउँ नै हिउँ। चार-पाँच फिटसम्म जमेको हिउँमा केही ठूलो जातका रुख, घरहरु, हिउँ पन्छाइएको बाटो मात्र फरक देखिने। नत्र जताततै सेताम्मे। श्वेत पहाड र निलो आकाश जोडिएको क्षितिजको कल्पना गर्नुस्, त्यो कति सुन्दर देखिन्छ होला!

सायद सकारात्मक भावनाहरुको प्रादुर्भाव अवश्य पनि यस्तै ठाउँमा हुन्छ। यसकारण घार्मिकस्थल मुक्तिनाथ त्यहाँ छ। कतै स्वर्ग हुन्छ भने यही धर्तीमा छ। मानिसका स्मृति त्यहाँ गएर हराउँछन्। बाँकी रहन्छ त केवल प्रकृतिसँगको मेलपछिको सकारात्मक ऊर्जा। सारा संसार एकातिर हराउँछ, केवल आफू र प्रकृति भेटिन्छ त्यहाँ। 

OOO

तेस्रो दिन मुक्तिनाथ दर्शन गरेर बास बस्न हामी लेते नै फर्कियौं। 

चौथो दिन माथिल्लो मुस्ताङ जाने योजना थियो। हिउँ नै नपन्छाइएको बाटोमा त्यो सम्भव थिएन। त्यसकारण चौथो दिन हामी धुम्बाताल जाने भयौं। केही महिनाअघि मात्रै त्यही तालमा जमेको बरफमाथि फोटो खिचाएका दुई जना आन्तरिक  पर्यटकको फोटो राष्ट्रिय पत्रिकाले पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको थियो। हामी जाँदा तालमाथि बरफ त थिएन, तर ताल र त्यो ठाउँ परिवेशले म कायल भएँ।

तेस्रो र चौथो दिनको दिवा खाना हामीले जोमसोममा खायौं। त्यहाँ खाना खाने समय गुजार्दै गर्दा थाहा भयो– गायक अमृत गुरुङ र नेपथ्य ब्याण्डले ‘जोमसोमै बजारमा १२ बजे हावा सररर...’ किन गाएका रहेछन् भनेर। जोमसोममा दिउँसो निकै वेगले बलौटे माटो उडाउनेगरी हावा चल्ने रहेछ। हावामा आएको बालुवा सिधैं आँखामा पस्ने। त्यसो त जोमसोमको बताससँग जोडेर एक रमाइलो किस्सा नै भयो। 

खाना खाइसकेपछि हामी केही साथीहरु बजारको तल रहेको जोमसोम विमानस्थल निस्कियौं। विमानस्थल नजिकै पुगेपछि फोटो सेसन चलिहाल्यो। विमानस्थललाई ‘फोटोफ्रेम’मा अटाउने गरी समूहमा बस्यौं। म छेउमा थिए। सडकको डिलमै भएका कारण ठाउँ केही भिरालो थियो। जोडले बतास चल्यो। भिरालो ठाउँमा अडिन नसकेर म कुद्दै विमानस्थलको समथल ठाउँमा गए। मलाई दौडँदै गएको अरुले चाल पाएनन् सायद, तल पुगेको देखेपछि हावाले उडाएर त्यहाँ पुग्यो भनेर खिसी गरे। दुब्लो पातलो ज्यानलाई हावाले उडाएछ क्यारे भनेर मजाक गरे। त्यहीकारण यात्रा अवधिभर मेरो ‘निकनेम’ बतासे बन्यो।

धुम्बाताल घुमेर बेलुका लेतेमै बास बस्यौं। त्यसको भोलिपल्ट अर्थात् यात्रा सुरु भएको पाँचौ दिन हामी पोखरा फर्कियौं। 

OOO

हाम्रो समूहमा सबै पुरुष) थियौं। यस अर्थमा पनि हामीबीच निसंकोच प्रेम र यौनका कुरा भए। मदिरा र मदहोसीका किस्सा चले। देशकाल, परिस्थिति, पात्र र प्रवृत्तिको विश्लेषण चले। तर, सबैभन्दा बढी कुरा भएका विषय केही थियो भने, त्यो ‘मेरो देश’ थियो। प्रकृति थियो। उसैसँगको प्रेम र मादकता थियो। 

यात्रा अवधिभर मलाई मेरो देश कविताले पछ्याइरह्यो। तर बज सहर प्रवेश भयो, भूपिकै 'मेरो चोक' ले लखेट्न थाल्यो।

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ
असंख्य रोग छ,
केवल हर्ष छैन,
यहा त्यसमाथि रोक छ
साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस पाटन संयुक्त क्याम्पस, नेपाली विभागको साप्ताहिक शृंखला ‘संज्ञान विमर्श’ को शुक्रबारको अंकमा नाट्य सम्राट् बालकृष्ण समका पौराणिक नाटक... शनिबार, पुस १२, २०८२
यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत काइँलाले नेपाली साहित्य, किराँत संस्कृतिलगायत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद  पाँच लाख दुई हजार दुईसहित ताम्रपत्रले सम्... शनिबार, मंसिर २०, २०८२
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
ताजा समाचारसबै
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
परराष्ट्रमन्त्री खनाल र विजय चौथाइवालेबिच भेटवार्ता शनिबार, जेठ २३, २०८३
‘अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको छ’ -रवि लामिछाने शनिबार, जेठ २३, २०८३
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्