एजेन्सी- चर्चित भारतीय टिभी शो 'आपकी अदालत'मा बलिउड अभेनत्री कंगना रनावतले आफ्ना पूर्वप्रेमीहरूले दिएको धोकाको खुलासा गरेकी थिइन्। उनीहरूमाथि दिएको बयानलाई कंगनाले बढी बोलेको भनेर बलिउडमा चर्चा चलिरहेको छ। तर सामाजिक सञ्जालहरूमा उनको अभिव्यक्तिले भने समर्थन पाइरहेको छ।
कार्यक्रममा कंगना आफ्ना तीन पूर्वप्रेमीहरू ऋतिक रोशन, आदित्य पञ्चोली तथा आधियन सुमनमाथि खनिएकी थिइन्।
कंगनाको भनाइमा ऋतिक र सुमन हालसम्म मौन रहे पनि पञ्चोलीले भने क्षुब्ध बनेका छन्। उनले कंगनालाई 'पागल'को संज्ञा दिएका छन्। पञ्चोली कंगनाको बलिउड संघर्षका बेलाका ब्वाइफ्रेन्ड हुन्। उनले कंगनाविरूद्ध कानुनी कारबाही गर्ने समते बताएका छन्।
'ऊ पागल केटी हो। के गर्ने, कस्तो अन्तरवार्ता दिएकी छ? तपाईंलाई एउटा पागल मान्छे बोलेको जस्तो लागेन? कसैले त्यसरी बोल्न सक्छ?' उनले भने, 'हामी यो क्षेत्रमा यति लामो समयदेखि छौं र आजसम्म त्यस्तो नराम्रो कसैले कसेको बारेमा बोलेको छैन। म के भन्छु भने ऊ पागल केटी हो। तपाईंले हिलोमा ढुंगा हान्नुभयो भने त्यसको छिटा तपाईंकै कपडाम पर्छ।'
आदित्यले समेत कंगनाविरूद्ध कानुनी उपचार खोज्ने बताएका छन्।
'उसले झुट बोलेकी छ, त्यस कारणले म कानुनी प्रक्रिया बढाउँछु। मलाई अरूको बारेमा थाहा भएन तर जहाँसम्म मेरो सवाल छ, त्यो सबै झुट हो,' उनले भने, 'उनले प्रमाणित गर्नुपर्छ। यसले मेरो परिवारलाई असर गरेको छ। म र मेरी श्रीमती अब कानुनी उपचार खोज्छौं।'
यससँगै पञ्चोलीले कंगनालाई सुझाव समेत दिएका छन्।
'यो विवादले मलाई आघात भएको छ। म उसको बारेमा चिन्तित छु। ऊ जस्तो राम्रो अभिनेत्रीले आफूलाई प्राप्त चिजमा कृतज्ञ हुनुपर्ने हो,' उनले भनेका छन्, 'उनी सबैको नजरमा राम्री हुनुपर्ने हो। उनको नजरमा त सारा संसार नै खलनायक हो र ऊ मात्र नायक हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।