एजेन्सी- अभिनेता ब्राड पिटसँग छुट्टिएको करिब एक वर्षपछि हलिउड अभिनेत्री एन्जोलिना जोली पुन: अभिनयमा फर्किने भएकी छन्।
गत सेप्टेम्बरमा डिभोर्स गरेकी ४२ वर्षिया अभिनेत्री 'म्यालिफिसेन्ट' को दोस्रो श्रृखंलाबाट अभिनयमा फर्किन लागेकी हुन्।
टेलुराइड फिल्म फेस्टिबलमा हलिउड रिपोर्टरलाई अन्तरवार्ता दिँदै जोलीले उक्त कुरा बताएकी हुन्। उनी त्यहाँ आफ्नो निर्देशकीय फिल्म 'फस्ट दे किल्ड माई वाइफ'को प्रदर्शनका लागि पुगेकी थिइन्।
'तत्काललाई निर्देशन गर्नका लागि मसँग केही छैन जसले मलाई झकझक्याओस्, ' उनले भनिन्, 'त्यस कारण म अभिनय गर्छु। अभिनयबाट टाढा रहेको पनि एक वर्ष भइसकेको छ। पछिल्लो केहि समय मैले मेरो परिवारलाई दिनुपर्ने थियो। जब काममा फर्किनुपर्छ जस्तो लाग्छ म फर्किन्छु।'
अन्तरवार्तामा उनले 'मालिफिसेन्ट'माथि काम भइरहेको पनि जानकारी गराइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।