• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पासपोर्ट बनाएर पनि विदेश नगएका महिला गाउँमै बन्दैछन् स्वरोजगार

'विदेशमा २० हजार कमाउनुभन्दा यहीँ नुनरोटी खानु आनन्द'
64x64
नेपाल लाइभ शनिबार, चैत २३, २०७५  ११:२२
1140x725

भैरहवा- रुपन्देही सिमानगरकी सावित्री परियार (३२) को आर्थिक अवस्था निकै कमजोर थियो। विदेश जाने र पैसा कमाउने लालसाले पक्रियाका लागि काठमाडौं पुगिन्। श्रीमान् पनि दुई पटक विदेश गएका थिए। तर, विदेशको पीडा खप्न नसकेर बीचमै फर्किए। यहाँ पनि श्रीमान्‌ले गतिलो काम नपाउँदा घर चलाउन समस्या पर्‍यो। 

त्यसपछि काठमाडौं गएर सावित्रीले राहदानी बनाउनका लागि आवश्यक कागजपत्र बुझाएर घर फर्किन्। घर फर्किएर थप पैसाको जोहो गर्न थालिन्। तर, त्यसैबीचमा आफन्तले विदेश नजान सल्लाह दिए। उनको मन एकाएक फर्कियो। वैदेशिक रोजगारको मोह त्याग्ने निर्णयमा पुगिन्। 

राहादानी तयार छ। तर, उनी  लिन चाहँदिनन्।

'विदेशभन्दा स्वदेशमै केही गर्नुपर्छ भन्नेमा सोच बदलियो,' उनी भन्छिन्, 'विदेशमा २०/२२ हजार कमाउनुभन्दा स्वदेशमै नुन रोटी खानुको बेग्लै आनन्द छ।'

विदेश जानबाट रोकिएकी उनी अहिले कुखुरा पालन तथा धागो बुन्ने व्यवसायमा रमाएकी छिन्। उनी अहिले विदेशिन लागेका युवापुस्तालाई रोक्नका लागि श्रीमान्‌ले भोगेको पीडाको उदाहरण दिन्छिन्।

उनको प्रेरणादायी अनुभवले वरिपरिका युवालाई स्वदेशमै क्षमता अनुसार काम गर्न प्रेरणा दिएको छ।

सावित्रीले अहिले मासिक २०/२२ हजार आम्दानी गरेकी छन्। यही रकमबाट छोराछोरीलाई पढाउनेदेखि घरखर्च चलाउँदै आएको उनको भनाइ छ। 'परिवारदेखि टाढा भएर खाडी मुलुकमा गएर पनि लगभग मैले यति रकम नै कमाउने हो,' उनले भनिन्, 'विदेश जाँदा श्रम शोषण र महिला हिंसामा परियो भने जीवन नर्क हुन्थ्यो।'

छोराछोरी र परिवारसँगै बसेर मासिक हजारौं रुपैयाँ आम्दानी भइरहेको भन्दै उनले थपिन्, 'अरु केही चाहिएन। जे जस्तो छ, यसैमा खुसी छु।' 

Ncell 2
Ncell 2
nimb
nimb

रुपन्देहीको तिलोत्तमा नगरपालिका– ४ मा पर्ने सिमानगर पिछडिएको बस्ती हो। जहाँ केही वर्ष अगाडिसम्म रोजगारीको अभावमा विदेशिने युवायुवतीको लहर थियो। खोलाकिनारमा अवस्थित सुकुम्बासी बस्तीका युवादेखि अधबैंसेसम्म खाडी मुलुकका लागि जान्थे। तर, अहिले अवस्था फेरिँदो। उनीहरु स्वदेशीमै रोजगार र सानोतिनो व्यापारमा तल्लीन छन्। 

वर्षौंअघि विदेशिनका लागि राहदानी बनाउन लाम लाग्ने उनीहरु अहिले राहदानी हेर्न चाहँदैनन्। भन्छन्, 'विदेशबाट फर्किएकाहरुको पीडा सुन्दा आङ जिरिंग हुन्छ।'

लाखौं कमाउने सपना बोकेर विदेश जानेमध्ये कतिपय पीडा बोकेर बीचमै फर्किन्छन् भने बर्सेनि सयौं युवाको शव बाकसमा आउँदा परिवारले आफूलाई सम्हाल्न सक्दैनन्।

Xtrem

Xtrem

सीमानगर टोल व्यवस्थापन समितीका सचिव मनोहर रसाली विगतमा यस क्षेत्रमा वैदेशिक रोजगारीका लागि जाने लहर चले पनि अहिले उक्त क्रम घटेको बताउँछन्। उनले विभिन्न समाजिक संस्था र स्थानीय स्तरमा आएका जनचेतनाका कारण विदेशिनबाट रोकिएको बताए।

स्थानीय सरकारले पनि होस्टेमा हैंसे गरे यस क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने प्रेरित युवायुवतीहरु स्वदेशमै रोजगारी/व्यवसायमा रमाउने गर्छन्। 

सीमानगरकी परियार जस्तै यस क्षेत्रमा विदेशिनबाट रोकिएका अन्य उदाहरण पनि छन्। 

तिलोत्तमा २ जानकीनगरकी सरिता न्यौपाने भण्डारी (३४) पनि वैदेशिक रोजगारीभन्दा स्वदेशमै रोजगार/व्यवसाय गर्नुपर्ने सुनाउँछिन्। घरखर्च चलाउँदै आएका श्रीमान्‌को दुई वर्षअघि मृत्यु भएपछि उनको परिवार गरिबीमा डुब्न पुग्यो। 

घरखर्च समेत टार्न समस्या परेपछि दुई छोराछोरीलाई माइतमा राखेर वैदशिक रोजगारीका लागि कतार जाने निधो गरिन्। राहादानी बनाएर खाडी मुलुक जाने प्रक्रियामा थिइन् उनी। तर, उनी पनि सावित्री झैं अन्तिम समयमा विदेश जानबाट रोकिइन्।

विदेशमा लाखौं कमाउने सपना त्यागेर उनी ८/९ हजार रुपैयाँको रोजगारमा यही रमाएकी छिन्।

सावित्री र सरिता प्रतिनिधि पात्र हुन्। उनीहरु जस्ताको समस्यालाई समाजिक संस्था एबिसी नेपालले स्वदेशमै बसेर समाधान गर्नमा प्रेरित गर्दै विदेशिनबाट रोकेको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा एबिसी नेपालको स्वतन्त्रता परियोजना अन्तर्गत घरदैलो कार्यक्रम तथा विभिन्न चेतनामूलक कार्यक्रमबाट विदेश जान ठिक्क पारेका युवायुवती रोकिएका छन्।

सरिताले अहिले एबिसी नेपालको तिलोत्तमा ३ को वडा कार्यालयमा रहेको सूचना डेस्कमा रोजगारी पाएकी छिन्। वडा कार्यालयका सेवाग्राहीको निवेदन लेख्न परेमा पनि उनी लेखेर थोरधेरै त्यहाँबाट पनि कमाइ गर्छिन्। उनको छोरी (७) स्थानीय पामिर एकेडेमीमा पढ्छिन्। विद्यालयले पहिला ५० प्रतिशत छुट गरे पनि अहिले शुल्क मागेको छैन। 

'विदेश जानुभन्दा यति आम्दानीले जेनतेन गुजारा चलिरहेको छ,' उनी भन्छिन्, 'तर विद्यालयले फिस मागेमा समस्या पर्छ।' 

एबिसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछेनले यस क्षेत्रका ९० घरपरिवार विदेश जानबाट रोकिई स्वरोजगार भएको दाबी गर्छन्। उनका अनुसार ९ हजार ६ सय २६ जना महिला विदेश जानबाट रोकिएको र ३ हजार ३२ जना आयआर्जनमा संग्लन रहेका छन्।

प्रकाशित मिति: शनिबार, चैत २३, २०७५  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्