काठमाडौं– काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि आयोजना हुने भएको छ।
जमलस्थित राष्ट्रिय नाच घरमा दुईदिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहका प्रतिस्पर्धी सहभागी हुने संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी दिए। पहिलो दिन प्रि–जजिङ राउन्ड हुनेछ। हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन्। हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन्।
उपाधि जित्नेलाई छुट्टै एक लाख नगदबाट पुरस्कृत गरिने छ। यसै अवसरमा दोश्रो महिला फिट्नेस प्रतियोगिता तथा प्रथम मिस्टर काठमाडौं जुनियर प्रतियोगिता पनि हुनेछ।
महिलातर्फ खुला रहेको छ भने जुनियरमा यु–२१ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ। दुवै विधामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजारका दरले नगद पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।