काठमाडौं– नेपालका स्टार स्ट्राइकर विमल घर्ती मगरले करिब ९ महिनाको अन्तरालपछि अन्तर्राष्ट्रिय फुटबलमा गोल गरेका छन्। उनले एएफसी एसिया कप–२०१९ को छनोटअन्तर्गत ताजकिस्तानविरुद्ध हाल भइरहेको खेलमा ६१ मिनेटमा गोल गरेका थिए।
उनलाई पहिलो हाफको ३९ मिनेटसम्म बेञ्चमा राखिएको थियो। नवयुग श्रेष्ठलाई परिवर्तन गर्दै मैदान प्रवेश गरेका विमलले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए।
विमलले गत वर्षको सेप्टेम्बरमा गोल गरेयता गोल गर्न सकेका थिएनन्। सेप्टेम्बरमा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपमा विमलले सेमिफाइनलमा लाओसविरुद्ध पछिल्लो पल्ट गोल गरेका थिए।
अन्तर्राष्ट्रिय फुटबलमा विमलको गोलसंख्या ६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।