काठमाडौं– एएफसी एसिया कप–२०१९ को छनोटअन्तर्गत ताजकिस्तानविरुद्ध सातदोबाटोमा भइरहेको खेलमा नेपालले फितलो सुरुवात गरेको छ। आजको खेलमा नेपालको अग्रपंक्ति निकै फितलो देखिएको छ। ३० मिनेटको खेल सकिदा नेपालले ताजकिस्तानको पोलमा एउटा पनि आक्रमण बुन्न सकेको छैन्।
ताजकिस्तानले पाँच पल्ट नेपाली गोल पोस्टमा आक्रमण गरेका थिए। जसमा २ गोल गर्न सफल भएका हुन्। अघिल्लो तीन आक्रमण जोगाए पनि नेपालले गोल खान पुगेको थियो। ताजकिस्तानले २६ मिनेट र ३० मिनेटमा गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।