काठमाडौं– एएफसी एसिया कप–२०१९ को छनोटअन्तर्गत ताजकिस्तानविरुद्ध खेल्न नेपाली टोली मैदानमा उत्रिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल जारी छ।
नेपालले विमल घर्तीमगरलाई प्लेइङ–११ बाट बाहिर राखेको छ। उनको स्थानमा मिडफिल्डर विशाल राईलाई स्थान दिइएको छ।
नवयुग श्रेष्ठ र भरत खवासले स्ट्राइकरको भूमिका निर्वाह गर्दैछन्।
डिफेन्डर विराज महर्जनको कप्तानीमा मैदानमा उत्रिँएको नेपाली खेलाडीमा गोलकिपरको भूमिका किरण चेम्जोङको निर्वाह गर्दैछन्। उनलाई डिफेन्समा अनन्त तामाङ, देवेन्द्र तामाङ, कमल श्रेष्ठले सघाउने छन्। मिडफिल्डमा विशाल राई, अन्जन बिष्ट, सुजल श्रेष्ठ र रोहित चन्द रहेका छन्। पहिलो पल्ट राष्ट्रिय टोलीमा परेका फरवार्ड प्रिन्सजर्ज कार्की पनि बेन्चमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।