काठमाडौं- सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
युट्युबबाट सार्वजनिक भिडियोमा सम्पदा बानियाँ र प्रमोद भारद्धाजले अभिनय गरेका छन्। अर्जुन पोखरेलको संगीत रहेको उक्त गजलमा भुवन रावत ‘क्षितिज’ आवाज भरेका छन्।
‘तिम्रा लागि यो ठाउँ छोडी सरी जान तयार छु म, यदि तिमी भन्छ्यौ भने मरी जान तयार छु म’ बोलको गजलमा उदार प्रेमीको भावना समेटिएको ढुंगानाले बताए।
एक दर्जन गीत रेकर्ड गराइसकेका उनको दोस्रो म्युजिक भिडियो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।