• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ९, २०८२ Tue, Nov 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा रणनीति : फेरि सभापति!

64x64
नेपाल लाइभ आइतबार, चैत १७, २०७५  ०७:०१
1140x725

लिलु डुम्रे/काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा पुनः सभापतिको प्रत्यासी बन्ने संकेत देखाएका छन्। आम जनतामा देउवाको साख गुमे पनि पार्टीभित्र यथावत रहेको संस्थापन पक्षको बुझाइ छ।

पार्टीभित्र आफ्नो समूह कमजोर नभएको ठम्याइमा रहेका देउवाले विरोधी खेमाको आन्तरिक किचलोबाट लाभ उठाउने तयारी गरेका छन्। संस्थापन इतर समूहभित्रै अन्तरविरोध, केन्द्रीय समितिमा स्पष्ट बहुमत, विधान आफूअनुकूल पारित, गुटको जालो स्थानीय तहसम्मै बलियो हुनुले देउवा पुनः चुनिन सक्ने आधार बनेको संस्थापन पक्षको आंकलन छ।

देउवालाई बुझ्ने सन्दर्भमा कांग्रेसमा मूलतः दुई प्रवृत्ति हाबी छ। एक पक्षले देउवालाई सर्वेसर्वा ठान्छन् भने अर्को पक्षले देउवाको कार्यशैलीलाई पटक्कै मन पराउँदैनन्। देउवाप्रति आसक्ति हुनेहरुको संख्या उल्लेख्य रहेको संस्थापन पक्षको बुझाइ छ। 

विरोधी खेमाकै कारण देउवालाई लाभ
नेपाली कांग्रेसको संस्थापन इतर समूह १४औं महाधिवेशनपश्चात् संस्थापन पक्ष बन्न सक्ला? उत्तर सहज छैन।

१४औं महाधिवेशनपश्चात् संस्थापन बन्ने हो भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह एकै स्थानमा आउनैपर्ने ‘गणितीय बाध्यता’ छ। देउवाको कार्यशैली परिवर्तनका लागि पनि उक्त समूहको गठजोड अनिवार्यतालाई नेताहरुले बुझेका पनि छन्। 

गठजोडबारे संस्थापन इतर समूहमा एउटा शब्दावली प्रयोगमा छ– ‘राअ कोसी’। 

‘रा’ को अर्थ रामचन्द्र पौडेल र डा रामशरण महत। ‘अ’को अर्थ अर्जुनरसिंह केसी। 'को'बाट कोइराला परिवारका तीन नेता। ‘सि’ बाट सिंह र सिटौला अर्थात् प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला। ‘राअ कोसी’मा आबद्ध आठ जना एकै स्थानमा उभिन नसके कांग्रेसको आगामी बाटो सहज छैन भन्नेमा नेताहरु सहमत छन्। कांग्रेसको भविष्य आंकलन गर्ने नेताहरु ‘गुटगत  स्वार्थ’का कारणले एकै स्थानमा उभिन सकेका भने छैनन्। 

इतर समूहभित्र नै स्वार्थको खेलले उक्त समूहको गठजोड बलियो बन्न सकेको छैन। पौडेल र सिटौला समूहका नेताहरु भावी सभापति एकले अर्कालाई मान्ने पक्षमा देखिन्नन्। १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित पौडेल र त्यसबेला सभापतिकै दाबेदार रहेका सिटौला १४औं महाधिवेशनका सभापतिका बलिया आकांक्षी हुन्। तर, सोही समूहमा रहेका शीर्षतहका नेताहरु प्रकाशमान सिंह, डा शशांक कोइराला, अर्जुननरसिंह केसी, डा शेखर कोइराला लगायतका नेताहरु पनि सभापतिको दौडमा देखिएका छन्। संस्थापन इतरमा किचलो उत्पन्न भएको अवस्थामा त्यसको सिधा फाइदा देउवाले उठाउनेछन्।

Ncell 2
Ncell 2

संस्थापन इतर समूहका नेताले बाहिर छुट्टै बैठक गर्छन्।देउवाविरुद्ध एकजुट बन्ने निर्णय गर्छन्। तर, एक ढिक्का हुन सक्दैनन्।

विरोधी खेमालाई गलाउँछन् देउवा
विरोधी खेमाका नेताहरु एकजुट नभएकै कारण उक्त समूहलाई ‘गलाएर’ देउवाले पार्टीमा निर्णय गराउँदै आएका छन्। 

बैसाखमा बसेको केन्द्रीय समितिको बैठकमा निर्वाचन पराजयको जिम्मेवारी सभापतिले लिनुपर्ने संस्थापन इतर समूहको अडान थियो। पौडेल र सिटौला समूहका नेताहरुको अनेक प्रयासका बाबजुद पनि देउवाले हारको जिम्मेवारी लिन तयार भएनन्। सभापतिले आफू अनुकुलको निर्णय पारित गराए। हारको जिम्मेवारी लिन उनी तयार भएनन्। पौडेल/सिटौला पक्षको कसरत देउवाको अडानसामु फिक्का भयो।

महासमिति बैठकमा इतर समूहका बहुसंख्यक सहभागी तथा जिल्ला सभापतिहरुले केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्न नपाउने प्रस्ताव राखे। आरक्षणको व्यवस्थालाई दुरुपयोग भएको भन्दै एक व्यक्तिका सन्दर्भमा एक पटक मात्रै उक्त प्रावधान राख्न माग गरे। दुई महिनापछि बसेको केन्द्रीय समिति बैठकले महासमिति जनाइएको प्रतिबद्धतालाई उल्ट्याइदियो। 

विधानमा पदाधिकारीको संख्या बढाउनका लागि पौडेल र सिटौला समूहले जोड गरे। देउवाले पदाधिकारी बढाउने भए समानुपातिकको सर्त अघि सारे। संस्थापन इतर समूहले समानुपातिकको प्रस्तावलाई विरोध गर्न सक्ने आधार थिएन। आफ्नो प्रस्तावलाई पारित हुने गरी देउवा पदाधिकारी संख्या थप्न राजी भए।

केन्द्रीय समितिमा अल्पमतमा रहेको इतर समूहको लाभ देउवाले लिइरहेका छन्। देउवाको विरुद्धमा पौडेल र सिटौला पक्षका नेताहरु एकमत देखिए पनि कडा प्रतिवाद गरी निर्णय असफल गराउन सक्ने हैसियत छैन।

अर्कोतर्फ आफूविरुद्ध आएका अभिव्यक्तिको प्रतिवाद गर्ने देउवा रणनीति पनि छ। उनी पक्षीय नेताहरुले बैठक तथा सभाहरुमा देउवाको बचाउ गर्दै आएका छन्। केन्द्रीय सदस्य वीरबहादुर बलायर सभापतिको विरुद्धमा आएका अभिव्यक्ति सैह्य नहुने बताउँछन्। अर्को पक्षलाई चुनौती दिँदै उनले थपे, ‘निर्वाचित सभापतिलाई नमान्ने हो भने उनले बोलाएको केन्द्रीय समितिमा किन आउने?’

भ्रातृसंस्थाको महाधिवेशन गर्न चाहँदैनन् देउवा 
संस्थापन पक्षले निर्वाचनपश्चात् भएका भ्रातृ संगठनको महाधिवेशनमा एकपछि अर्को पराजय भोगेको थियो। भ्रातृ संगठनमा पकड गुम्दै गएपछि महाधिवेशन हुन नसकेका अन्य संगठनको महाधिवेशन गर्न देउवाले नचाहेको धेरैको बुझाइ छ। 

नेपाल शिक्षक संघको अधिवेशनमा देउवा पक्षीय नेतृत्व शून्यप्रायः थियो। चुनावलगत्तै भएको यातायात मजदुर संघमा शतप्रतिशत पौडेल/सिटौला समूहका यातायात मजदुर विजयी भएका थिए। कर्मचारी संघ, ट्रेड युनियन, इन्जिनियर, वकिल लगायतका संगठनमा देउवा पक्ष पराजित भएको थियो।

लगातार भ्रातृ तथा शुभेच्छुक संगठनमा पराजय भोगेको संस्थापन समूहले आफ्नो स्थान थप नगुमाउने लिएको छ। कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘शक्ति गुम्दै गएकाले सभापति अरु भ्रातृ संगठनको महाधिवेशन गराएर थप क्षति बेहोर्नुहुन्न।’ 

आगामी महाधिवेशनमा मनोवैज्ञानिक तथा संख्यात्मक प्रभाव पर्ने भएकाले देउवाले भ्रातृ संगठनको महाधिवेशन गर्न नचाहेको धेरैको बुझाइ छ।

नेपाल विद्यार्थी संघ, दलित संघ, प्रेस युनियनले नियमित समयमा आफ्नो महाधिवेशन गर्न सकेका छैनन्। आगामी मंसिरमा कार्यकाल सकिने तरुण दलले हालसम्म पूर्णता पाउन सकेको छैन। 

शुभेच्छुक तथा भ्रातृ संगठनमा भएको पराजयले आफूप्रति कार्यकर्ताको वितृष्णा पैदा हुने देउवाको बुझाइ छ। १४औं महाधिवेशनमा आफ्नो पकड स्थापित गर्न देउवाले भ्रातृ संगठनको महाधिवेशन गर्न नचाहेको ती केन्द्रीय सदस्यले बताए।

महाधिवेशन पर धकेल्दै देउवा 
नियमित समय तालिका अनुसार कांग्रेसको महाधिवेशन भएमा २०७६ को फागुनभित्र महाधिवेशन कार्यतालिका आउनुपर्छ। कांग्रेसको वर्तमान तयारीले उक्त समयभित्र महाधिवेशन हुने छाँट देखिन्न।

वरिष्ठ नेता पौडेल केन्द्रीय समितिको बैठकमा लिखित र मौखिक रुपमा ०७६ को फागुनभित्रै महाधिवेशन गर्न प्रस्ताव राखिरहेका छन्। देउवाले पौडेलको प्रस्तावलाई ठाडै इन्कार गरिरहेका छन्। केन्द्रीय समिति बैठकमा पौडेलले प्रस्ताव राख्दै गर्दा देउवाले बीचमै समयावधि बढाउने बताएका थिए। पूर्व सभापतिहरुले कार्यकाल बढाएको नजिर देखाउँदै फागुनमा महाधिवेशन हुन नसक्ने स्पष्ट जानकारी दिइसकेका छन्। 

विधानतः एक वर्ष कार्यकाल थप्न सकिने कांग्रेसमा व्यवस्था छ। संस्थापन पक्षले महाधिवेशन नियमित समयमा हुनुपर्ने माग गर्दै आएको छ।

फेरि सभापति बन्ने ध्याउन्नमा 
सभापतिका लागि देउवा अघि सरेको अवस्थामा उनी निकटका नेताहरुले अवरोध गर्ने दोस्रो तहका नेताहरु देखिँदैनन्। उनले मूलतः उपाध्यक्षद्वय विमलेन्द्र निधि र विजय गच्छदारलाई मनाउन चुनौती देखिन्छ। उपाध्यक्षद्वयलाई व्यवस्थापन गर्न  सके उनको बाटो सभापतिको लागि सहज देखिनेछ। देउवा खेमामै रहेका निधि र गच्छदारलाई सोही पदमा दोहोर्‍याएर  देउवाले आफ्नो बाटो अनुकूल बनाउने संस्थापन तर्फका एक नेताले बताए।

पदाधिकारीको संख्या बढेसँगै देउवालाई दोस्रो तहका नेतालाई जिम्मेवारी भागबण्डा गर्न अनुकूल हुनेछ। उपाध्यक्षमा दुई नेतालाई व्यवस्थापन गरे पनि अन्य उपल्लो तहका नेतालाई मिलाउन सकस पर्ने देखिएको छ। तथापि उनी पक्षीय नेताहरु पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत, बालकृष्ण खाँड लगायतका नेताले देउवाले दिएको स्थानलाई नकार्न सक्दैनन्। 

विधानमा सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, एक कोषाध्यक्ष रहने व्यवस्था छ। पदाधिकारीहरु निर्वाचित हुनुपर्ने प्रावधानले गुटको खेल थप बढ्ने आशंका नेताहरुमा छ। पदाधिकारी बन्न एउटा खेमाको पछि लाग्नैपर्ने ‘बाध्यात्मक’ अवस्थाले गर्दा उनको गुटका नेताहरु अर्को धारमा जादैनन् भन्ने संस्थापन पक्षको बुझाइ छ। 

महाधिवेशन केन्द्रीत भएर देउवाले जिल्ला भ्रमणलाई पछिल्लो समय प्राथमिकता दिएका छन्। गण्डकी प्रदेशका जिल्लाहरुमा भएका कार्यक्रम सकेर केही दिन राजधानीमा रहेका देउवा शनिबारदेखि पुन: जिल्ला कार्यक्रममा जान लागेको बताइएको छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले जिल्लामा आयोजना हुने कार्यक्रमलाई महाधिवेशनसँग मात्रै जोडेर हेर्न नहुने बताए। 

पछिल्लो समय देउवाले  विरोधी खेमाका नेताहरुलाई १४औं महाधिवेशनको केन्द्रित रहेर आफूतिर आकर्षित गर्ने प्रयत्नमा छन्। पदको आश्वासन दिएर वा घुर्कीको भाषा बोलेर भए पनि आफूतिर तान्ने प्रयास गरिरहेको एक केन्द्रीय सदस्यले बताए। 

गत महिना ५६ जिल्ला सभापतिहरुले निकालेको वक्तव्यबाट देउवा पक्ष रुष्ट बनेको छ। स्वतः प्रतिनिधिको प्रावधानलाई निरन्तता दिने केन्द्रीय समितिले निर्णय गरेपछि  जिल्ला सभापतिहरुले आपत्ति जनाएका थिए। वक्तव्य निकाल्ने केही जिल्ला सभापतिहरुलाई देउवाले आफ्नो प्रभावमा पारिसकेको बताइएको छ। 

१३औं महाधिवेशनमा बहुमत जिल्ला सभापति (४२ जिल्ला) ले वरिष्ठ नेता पौडेलको पक्षमा हस्ताक्षर नै गरेका थिए। जिल्ला सभापतिहरुमा अल्पमतमा रहेका देउवाले उनीहरुलाई अहिले प्रभावमा पार्न थालेका छन्।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ
विराटनगरको लगातार तेस्रो जित
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र
सम्बन्धित सामग्री
खगेन्द्र सुनार नेतृत्वको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र सोमबार मध्याह्न सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो। सोमबार, मंसिर ८, २०८२
जातीय पृष्ठभूमि मिलेकै आधारमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक जोडियो : प्रधानमन्त्रीको सचिवालय चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्री... सोमबार, मंसिर ८, २०८२
रिहा भएपछि दुर्गा प्रसाईँले भने–प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं आइतबार सर्वोच्च अदालत परिसरबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईँले आफूलाई गैरकानुनी थुनाबाट मुक्त गरेकोमा सर्वोच्... आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
एनपीएल : कर्णाली याक्सले टस जितेर रोज्यो फिल्डिङ सोमबार, मंसिर ८, २०८२
विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने सोमबार, मंसिर ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र सोमबार, मंसिर ८, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्