न्यूयोर्क– युएस ओपन टेनिसको महिला एकलतर्फ क्वार्टरफाइनलमा अमेरिकाकी भेनस विलियम्स र चेक गणराज्यकी पेट्रा किभिटोभाबीच प्रतिस्पर्धा हुने भएको छ।
किभिटोभाले गार्बिन मुगुरुजालाई ७–६ (७–३) र ६–३ ले पराजित गर्दै भेनससँग भेट पक्का गरिन्। त्यसअघि भेनसले स्पेनकी कार्ला सुआरेजलाई हराएर अन्तिम आठमा स्थान बनाएकी थिइन्।
महिला विश्व नम्बर एक कारोलिना प्लेस्कोभाले अमेरिकाकी जेभिफर बार्डिलाई ६–० र ६–१ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाइन्।
पुरुष एकलमा स्पेनिस टेनिस स्टार राफाल नाडाल क्वार्टरफाइनलमा प्रवेश गरे।
३१ बर्षीय नाडालले युक्रेनका अलेक्जेन्डर डाल्गोपोलोभलाई ६–२, ६–४ र ५–१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए। सहजरुपमा नजिता आफ्नो पक्षमा पारेका नाडालले १ घन्टा ४१ मिनेटमै जित निकाले। नाडाल पछिल्लो चार वर्षमा पहिलोपटक युएस ओपनको अन्तिम आठमा प्रवेश गरेका हुन्।
क्वार्टरफाइनलमा नाडाल र रुसका आन्द्रे रुभलेभबीच प्रतिस्पर्धा हुनेछ। १९ बर्षीय रुभलेभले बेल्जियमका डेभिड गोफिनलाई ७–५, ७–६ (७–५) र ६–३ ले पराजित गर्दै नाडालसँगको भेट पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।