लस एञ्जल्स– अहिले जमाना सेल्फीको छ। ठूला सेलिब्रेटीदेखी राजनेतासम्म सेल्फीमा मस्त रहने गरेका छन्। तर, अमेरिकाको लस एञ्जलसमा एकजना चोरले सेल्फी खिच्दा बित्यासमा परेका छन्।
चोरी गर्ने उद्देश्यले हिडेका ती चोरले भूलवस चोरी गरेको घरको ढोकामा आफ्नो आईफोनबाट सेल्फी खिचेका थिए। उनको भिडियो लस एञ्जलस प्रहरीले सार्वजनिक गरेको छ। लस एञ्जलसको भेनिस एरियास्थित पालोमा एभिन्यूमा उनी चोरी गर्न पुगेका थिए। उनले टेबलमा रहेको आईफोन चोरी गर्दै गर्दा भूलवस भिडियो एप्लिकेशन चलाए, त्यसपछि उनको सेल्फी खिचियो र सामाजिक सञ्जालमा अपलोड भयो।
चोरीको समय घरभित्र एक महिला र दुई किशोर युवती थिए। उनीहरुले आफ्नै घरभित्र चोरले सेल्फी खिचेको फोटो सामाजिक सञ्जालमा भेटेपछि प्रहरीलाई खबर गरे।
उनले कालो ह्याट लगाएका छन्। उनको अनुहार पनि कालो वर्णकै छ। लस एन्जलस प्रहरी विभागले उक्त चोरले सहयोग गर्न नखोजे पनि उनको मूर्खताका कारण प्रहरीलाई सहयोग पुगेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।