काठमाडौं– नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआइपी सवार हेलिकोप्टर दुर्घटना भएको थियो। साे दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे थियाे। त्यसयता बुधबार भएको दुर्घटनासहित नेपाली आकाशमा ३४ वटा हेलिकोप्टर दुर्घटना भएका छन्।
यी दुर्घटनामा दुई जना बहालवाला मन्त्रीसहित ८३ जनाकाे मृत्यु भएकाे छ। यसरी मृत्यु हुने मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई रहेका छन्।
मन्त्री अधिकारीकाे बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टिक हेलिकाेप्टर दुर्घटनामा मृत्यु भएकाे हाे भने राईकाे २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाे थियाे।
हालसम्म ६९ जना घाइते भएको नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको एभिएसन सुरक्षा रिपोर्टबाट देखिन्छ।
नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भने ताप्लेजुङमा भएको थियो। सन् २००६ को सेप्टेम्बरमा भएको श्री एयरको 'एमआई-१७' हेलिकोप्टर दुर्घटनामा २४ जनाको मृत्यु भएको थियाे।
यस्तै २००२ सेप्टेम्बरमा सोलुखुम्बुमा भएको एसियन एयरलाइन्सको हेलिकाेप्टर दुर्घटनमा ११ जनाले ज्यान गुमाएका थिए। मानवीय क्षति बढी हुने दुर्घटनामा बुधबार भएको तारेढुंगा भीर दुर्घटना र २०१६ अगष्टमा नुवाकोटको बेतानीमा फिस्टेल एयरको दुर्घटना पनि पर्छन्। यी दुबै घटनामा समान ७/७ जनाले ज्यान गुमाएका थिए।
भिआइपी सवारीको रुपमा हेर्दा आज भएको घटनालाई ठूलो मानिन्छ। यसअघि राज्यमन्त्रीसँगै भुगोलविद् डा हर्क गुरुङसहित २४ जनाकाे टोली सवार हेलिकाेप्टर दुर्घटनालाई पनि ठूलाे मानिन्थ्याे।
तथ्यांकमा हेलिकाेप्टर दुर्घटनाहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।