• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ठेकेदारलाई तीन अर्ब दिन नमानेपछि मलाई सरुवा गरियो : गजेन्द्र ठाकुर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, फागुन ७, २०७५  १४:४३
1140x725

काठमाडौं- इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएपछि मेलम्ची खानेपानी आयोजना थप अन्योलमा धकेलिएको छ। यहीबीचमा खानेपानीमन्त्री बिना मगरसँग मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको विवादका कुरा पनि आए। मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको सिएमसीसँग ठाकुरले कमिसन मागेको विषय बाहिरिएसँगै उनी विवादमा तानिए।

यही विवादका बीच ठाकुरलाई मन्त्री मगरको प्रस्तावमा हिजो सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सरुवा गरेको छ। यही सन्दर्भमा नेपाल लाइभका दुर्गा दुलालले ठाकुरसँग छोटो कुराकानी गरेका छन्।

एक्कासि सरुवा भयो। किन?
मलाई पनि केही थाहा थिएन। आजै बिहान एउटा टिभीमा मेलम्चीको पानी कसरी ल्याउन सकिन्छ भनेर अन्तर्वार्ता दिएको थिएँ। त्यहाँ दुई वटा बाटो मैले देखाएको थिएँ। छोटो बाटो र लामो बाटोको कुरा गरेको थिएँ। छोटो बाटो गइयो भने क्याबिनेटले निर्णय गरेको सय दिनमा मेलम्चीको पानी ल्याउँछु भनेको थिएँ। लामो बाटो गइयो भने दुई वर्ष लाग्छ भनेको थिएँ। 

छोटो बाटो भनेको कस्तो हो?
यसका लागि क्याबिनेटले निर्णय गर्नुपर्छ। नेपाली ठेकेदारहरुबाटै काम गराउनुपर्छ। तर करिबकरिब ठेकेदार भागेपछि एक महिनादेखि हामीलाई माननीय मन्त्रीज्यु र राजनीतिक नेतृत्वको ठूलो टिमको दबाब के थियो भने दुइटै बाटो नगईकन भागेकै ठेकेदारलाई ल्याउने। र, उसले जे सर्त दिन्छ, सोही अनुसार पैसा तिरेर बोलाउने। उसको सर्त त हाम्रो कानुनअनुसार मान्य हुने खालको छैन। २ अर्ब ५९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ उसले पैसा मागेको, हाम्रो राजनीतिक नेतृत्व कुराचाहिँ त्यति दिऊँ भन्ने थियो। हाम्रो कुरा के भने, त्यो कुरा लेखेर दिनुस्। तर, लेखेर नदिने। त्यसले गर्दाखेरि… । मलाई त आशा थियो, पानी ल्याएर जाऊँला। तर कर्मचारीले आफ्नै अनुसार गर्न पाउँछ भन्ने छैन। सरकारले मलाई कता जिम्मेवारी दिएको छ। त्यसअनुसार म जान्छु।

मन्त्रीसँग केही असझदारी थियो?
असझदारी त के भने, उहाँले कानुन विपरीतको काम गर्न भन्दै हुनुहुन्थ्यो, मैले मानेको थिइनँ।

उहाँले के भन्नुभएको थियो?
२ अर्ब ५९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ भागेको ठेकेदारलाई दिएर भए पनि उसैलाई काममा लगाउनु भन्ने उहाँको कुरा थियो। त्यो कानुन अनुसार मिल्दैन भनेर मानिरहेको थिइनँ। 

त्यही कुरा नमान्दा सरुवा गरियो भन्ने तपाईंको कुरा हो?
त्यो तपाईंले मूल्यांकन गर्नुस् तर साँचो कुरा यही हो। जहाँसम्म ठेकेदारको कुरा थियो, म आउनुभन्दा अघिदेखि नै मुद्दा हाल्ने र विभिन्न कुरा गरेर २ अर्ब ५० करोडको मुद्दा हालेर भेरिएसन दाबीबापत पैसा लिने गरेको थियो। मेरो पोस्टिङ भएको बेलामा पनि मुद्दा थियो, एक अर्ब ६५ करोडको। त्यो त्यसैबेलादेखि रिसाएको हुन सक्छ। त्यो रकममा हामीले आफ्नो डकुमेन्ट राख्दाखेरि ३६ करोडमा निर्णय भयो। 

त्यसपछि हामीले असन्तुष्टिको पत्र दर्ता गराएको थियौं। तर पनि ठिकै छ, काम गर्न त्यसलाई पैसा हुन्छ भनेर हामीले पैसा दिन खोजेका थियौं। त्यतिबेला मन्त्रीले नै पैसा नदिन भन्नुभयो। त्यतिबेलाको कुरा त्यस्तो थियो। अहिले फेरि के कस्तो भयो बुझ्न सकिएन। 

Ncell 2
Ncell 2

अचानक सरुवा हुँदा कस्तो लागिरहेको छ?
सरुवा भएर केही चित्त दुखाइ छैन। किनभने, म २७औं सचिव थिएँ। मन्त्री भने २४औं हुनुहुन्छ। १८औं प्रधानमन्त्री हुनुहुन्छ। धोको थियो- तीन-चार महिनामा काम सकौंला। तर सरकारको कुरा अर्कै रहेछ। जे होस्, हामी सरुवा भएका छौं।

बीचमा कमिसनको कुरा जोडेर तपाईंलाई नै प्रचार गरिएको थियो होइन?
जे कुरा आउँछ, सबै सत्य हुँदैन। तपाईंहरुले मूल्यांकन गर्नुस्, कमिसनको कुरा कसलाई के भन्यो, कसले के भयो, तर हामी त कर्मचारी हौं, सबै कुरा बोल्न मिल्दैन। तर कुरा के हो भन्ने त अहिले म आफैं बोल्दैछु नि। ठेकेदारलाई ३६ करोड रुपैयाँ दिनुपर्छ भन्दा मन्त्रीज्युले नै रोकेको हो नि। अब मैले त्यो कुरा नभनीकन जाँदाखेरि नेपाली जनताले थाहा पाउनुपर्छ। हाम्रो विरुद्धमा कमिसनका जेजस्ता कुरा आए, सबै असत्य छ भन्ने कुरा आजको मितिदेखि बुझ्नुस्। ब्युरोक्रेसी कस्तो दबाबमा काम गर्छ भन्ने कुरा बुझ्नुस्। 

३ अर्ब दिने कुरा हामीले सही गरेपछि हुन्थ्यो। तर, हुन दिएनौं। बरु हामी सरुवा हुन तयार भयौं। हिजै पनि मैले भनेको थिएँ– मन्त्रीज्यु, मलाई सार्न तपाईं स्वतन्त्र हुनुहुन्छ। तर जब सचिव आउँछ, कानुनविपरीत ठेकेदारलाई ३ अर्ब दिएर काम गराउँछ, तपाईंलाई शुभकामना छ। तर म यहाँ भएसम्म यो काम हुँदैन।

त्यसो भए, त्यही ३ अर्बको भुक्तानीको खेल नै हो यो?
हुन सक्छ। तपाईंहरु चौथो अंग हुनुहुन्छ, तपाईंले नै कुरा गर्नुस्। तर म जबसम्म रहेँ, त्यो कानुन विपरीतको भुक्तानी हुन दिइनँ। म हिँडेपछि जो आउनुहुन्छ, उहाँलाई शुभकामना छ, उहाँले कसरी काम गर्नुहुन्छ।

के अब मेलम्ची थप अन्योलमै जाने देख्नुभएको छ?
त्यो म भन्न सक्दिनँ। मेरो आफ्नै खालको प्लान थियो, अब जो साथी आउनुहुन्छ, उहाँले आफ्नै खालको प्लानमा काम गर्नुहुन्छ। सोच्ने फरकफरक तरिका हुन्छ। त्यसैले उहाँले कसरी सोच्नुहुन्छ भनेर म त भन्न सक्दिनँ। तर म जानेबित्तिकै मेलम्ची अन्योलमै जान्छ भनेर भन्दिनँ। जनताले छिटोभन्दा छिटो खानेपानी पाओस् भन्ने मेरो शुभकामना छ।

म दुईचोटि आएँ। पुसमा आउँदा टनेल नै छिचोलिएको थिएन। त्यतिबेला काम बन्द थियो तर हामीले टनेल छिचोल्यौं। तर म सरुवा भएपछि बैसाखमा काम बन्द भयो। हुँदो के रहेछ भने काम बन्द गरेपछि ५०/६०/१०० करोड ठेकेदारले पैसा लिने। यसका लागि एउटा ग्रुप नै रहेछ।  म असारमा आएँ। अहिले पनि दुई महिनायता काम बन्द छ।

हामी नेपाली लगाएर काम गर्न खोज्दै थियौं। तर त्यो ग्रुप यति बलियो छ कि त्यसैलाई ल्याउन खोज्दैछ, ३ अर्ब दिएर। यसबाट के बुझ्नुपर्छ भने मेलम्चीको पानी आओस् भन्ने पक्ष निकै कमजोर छ। नआओस् भन्ने पक्ष बलियो छ। यति बलियो छ कि उसले आफ्नो अनुसार सचिव, मन्त्री र कार्यकारी प्रमुख फेर्न सक्छ। त्यो कुरा मिडियाले बुझ्नुस्। 

प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
११ हजार ६ सयले घट्यो सुनको मुल्य
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्