• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

ठेकेदारलाई तीन अर्ब दिन नमानेपछि मलाई सरुवा गरियो : गजेन्द्र ठाकुर [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, फागुन ७, २०७५  १४:४३
1140x725

काठमाडौं- इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का रद्द भएपछि मेलम्ची खानेपानी आयोजना थप अन्योलमा धकेलिएको छ। यहीबीचमा खानेपानीमन्त्री बिना मगरसँग मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको विवादका कुरा पनि आए। मेलम्चीको सुरूङ खन्न ठेक्का पाएको सिएमसीसँग ठाकुरले कमिसन मागेको विषय बाहिरिएसँगै उनी विवादमा तानिए।

यही विवादका बीच ठाकुरलाई मन्त्री मगरको प्रस्तावमा हिजो सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई सरुवा गरेको छ। यही सन्दर्भमा नेपाल लाइभका दुर्गा दुलालले ठाकुरसँग छोटो कुराकानी गरेका छन्।

एक्कासि सरुवा भयो। किन?
मलाई पनि केही थाहा थिएन। आजै बिहान एउटा टिभीमा मेलम्चीको पानी कसरी ल्याउन सकिन्छ भनेर अन्तर्वार्ता दिएको थिएँ। त्यहाँ दुई वटा बाटो मैले देखाएको थिएँ। छोटो बाटो र लामो बाटोको कुरा गरेको थिएँ। छोटो बाटो गइयो भने क्याबिनेटले निर्णय गरेको सय दिनमा मेलम्चीको पानी ल्याउँछु भनेको थिएँ। लामो बाटो गइयो भने दुई वर्ष लाग्छ भनेको थिएँ। 

छोटो बाटो भनेको कस्तो हो?
यसका लागि क्याबिनेटले निर्णय गर्नुपर्छ। नेपाली ठेकेदारहरुबाटै काम गराउनुपर्छ। तर करिबकरिब ठेकेदार भागेपछि एक महिनादेखि हामीलाई माननीय मन्त्रीज्यु र राजनीतिक नेतृत्वको ठूलो टिमको दबाब के थियो भने दुइटै बाटो नगईकन भागेकै ठेकेदारलाई ल्याउने। र, उसले जे सर्त दिन्छ, सोही अनुसार पैसा तिरेर बोलाउने। उसको सर्त त हाम्रो कानुनअनुसार मान्य हुने खालको छैन। २ अर्ब ५९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ उसले पैसा मागेको, हाम्रो राजनीतिक नेतृत्व कुराचाहिँ त्यति दिऊँ भन्ने थियो। हाम्रो कुरा के भने, त्यो कुरा लेखेर दिनुस्। तर, लेखेर नदिने। त्यसले गर्दाखेरि… । मलाई त आशा थियो, पानी ल्याएर जाऊँला। तर कर्मचारीले आफ्नै अनुसार गर्न पाउँछ भन्ने छैन। सरकारले मलाई कता जिम्मेवारी दिएको छ। त्यसअनुसार म जान्छु।

मन्त्रीसँग केही असझदारी थियो?
असझदारी त के भने, उहाँले कानुन विपरीतको काम गर्न भन्दै हुनुहुन्थ्यो, मैले मानेको थिइनँ।

उहाँले के भन्नुभएको थियो?
२ अर्ब ५९ करोड ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ भागेको ठेकेदारलाई दिएर भए पनि उसैलाई काममा लगाउनु भन्ने उहाँको कुरा थियो। त्यो कानुन अनुसार मिल्दैन भनेर मानिरहेको थिइनँ। 

त्यही कुरा नमान्दा सरुवा गरियो भन्ने तपाईंको कुरा हो?
त्यो तपाईंले मूल्यांकन गर्नुस् तर साँचो कुरा यही हो। जहाँसम्म ठेकेदारको कुरा थियो, म आउनुभन्दा अघिदेखि नै मुद्दा हाल्ने र विभिन्न कुरा गरेर २ अर्ब ५० करोडको मुद्दा हालेर भेरिएसन दाबीबापत पैसा लिने गरेको थियो। मेरो पोस्टिङ भएको बेलामा पनि मुद्दा थियो, एक अर्ब ६५ करोडको। त्यो त्यसैबेलादेखि रिसाएको हुन सक्छ। त्यो रकममा हामीले आफ्नो डकुमेन्ट राख्दाखेरि ३६ करोडमा निर्णय भयो। 

त्यसपछि हामीले असन्तुष्टिको पत्र दर्ता गराएको थियौं। तर पनि ठिकै छ, काम गर्न त्यसलाई पैसा हुन्छ भनेर हामीले पैसा दिन खोजेका थियौं। त्यतिबेला मन्त्रीले नै पैसा नदिन भन्नुभयो। त्यतिबेलाको कुरा त्यस्तो थियो। अहिले फेरि के कस्तो भयो बुझ्न सकिएन। 

Ncell 2
Ncell 2
nimb
nimb

अचानक सरुवा हुँदा कस्तो लागिरहेको छ?
सरुवा भएर केही चित्त दुखाइ छैन। किनभने, म २७औं सचिव थिएँ। मन्त्री भने २४औं हुनुहुन्छ। १८औं प्रधानमन्त्री हुनुहुन्छ। धोको थियो- तीन-चार महिनामा काम सकौंला। तर सरकारको कुरा अर्कै रहेछ। जे होस्, हामी सरुवा भएका छौं।

बीचमा कमिसनको कुरा जोडेर तपाईंलाई नै प्रचार गरिएको थियो होइन?
जे कुरा आउँछ, सबै सत्य हुँदैन। तपाईंहरुले मूल्यांकन गर्नुस्, कमिसनको कुरा कसलाई के भन्यो, कसले के भयो, तर हामी त कर्मचारी हौं, सबै कुरा बोल्न मिल्दैन। तर कुरा के हो भन्ने त अहिले म आफैं बोल्दैछु नि। ठेकेदारलाई ३६ करोड रुपैयाँ दिनुपर्छ भन्दा मन्त्रीज्युले नै रोकेको हो नि। अब मैले त्यो कुरा नभनीकन जाँदाखेरि नेपाली जनताले थाहा पाउनुपर्छ। हाम्रो विरुद्धमा कमिसनका जेजस्ता कुरा आए, सबै असत्य छ भन्ने कुरा आजको मितिदेखि बुझ्नुस्। ब्युरोक्रेसी कस्तो दबाबमा काम गर्छ भन्ने कुरा बुझ्नुस्। 

३ अर्ब दिने कुरा हामीले सही गरेपछि हुन्थ्यो। तर, हुन दिएनौं। बरु हामी सरुवा हुन तयार भयौं। हिजै पनि मैले भनेको थिएँ– मन्त्रीज्यु, मलाई सार्न तपाईं स्वतन्त्र हुनुहुन्छ। तर जब सचिव आउँछ, कानुनविपरीत ठेकेदारलाई ३ अर्ब दिएर काम गराउँछ, तपाईंलाई शुभकामना छ। तर म यहाँ भएसम्म यो काम हुँदैन।

त्यसो भए, त्यही ३ अर्बको भुक्तानीको खेल नै हो यो?
हुन सक्छ। तपाईंहरु चौथो अंग हुनुहुन्छ, तपाईंले नै कुरा गर्नुस्। तर म जबसम्म रहेँ, त्यो कानुन विपरीतको भुक्तानी हुन दिइनँ। म हिँडेपछि जो आउनुहुन्छ, उहाँलाई शुभकामना छ, उहाँले कसरी काम गर्नुहुन्छ।

के अब मेलम्ची थप अन्योलमै जाने देख्नुभएको छ?
त्यो म भन्न सक्दिनँ। मेरो आफ्नै खालको प्लान थियो, अब जो साथी आउनुहुन्छ, उहाँले आफ्नै खालको प्लानमा काम गर्नुहुन्छ। सोच्ने फरकफरक तरिका हुन्छ। त्यसैले उहाँले कसरी सोच्नुहुन्छ भनेर म त भन्न सक्दिनँ। तर म जानेबित्तिकै मेलम्ची अन्योलमै जान्छ भनेर भन्दिनँ। जनताले छिटोभन्दा छिटो खानेपानी पाओस् भन्ने मेरो शुभकामना छ।

म दुईचोटि आएँ। पुसमा आउँदा टनेल नै छिचोलिएको थिएन। त्यतिबेला काम बन्द थियो तर हामीले टनेल छिचोल्यौं। तर म सरुवा भएपछि बैसाखमा काम बन्द भयो। हुँदो के रहेछ भने काम बन्द गरेपछि ५०/६०/१०० करोड ठेकेदारले पैसा लिने। यसका लागि एउटा ग्रुप नै रहेछ।  म असारमा आएँ। अहिले पनि दुई महिनायता काम बन्द छ।

हामी नेपाली लगाएर काम गर्न खोज्दै थियौं। तर त्यो ग्रुप यति बलियो छ कि त्यसैलाई ल्याउन खोज्दैछ, ३ अर्ब दिएर। यसबाट के बुझ्नुपर्छ भने मेलम्चीको पानी आओस् भन्ने पक्ष निकै कमजोर छ। नआओस् भन्ने पक्ष बलियो छ। यति बलियो छ कि उसले आफ्नो अनुसार सचिव, मन्त्री र कार्यकारी प्रमुख फेर्न सक्छ। त्यो कुरा मिडियाले बुझ्नुस्। 

प्रकाशित मिति: मंगलबार, फागुन ७, २०७५  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको पूर्वानुमानपछि सरकारको सक्रियता, मौसम विभाग पुगे गृहमन्त्री–ऊर्जामन्त्री
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भारी वर्षाको पूर्वानुमानपछि सरकारको सक्रियता, मौसम विभाग पुगे गृहमन्त्री–ऊर्जामन्त्री मंगलबार, असोज ६, २०८३
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्