• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

पिँजडाकी चरी : उन्मुक्तिको फडफडाहट

64x64
नेपाल लाइभ मंगलबार, माघ २९, २०७५  १३:३५
1140x725

काठमाडौं- सर्वनाम थिएटर यतिबेला पुतली गाउँमा परिणत भएको छ। अनुहारमा मास्क लगाएर मञ्चमा आइपुगेका छन्, पुतली गाउँका बासिन्दाहरु। कहिलेकाहीँ उनीहरू आफ्नो पहिचान भुलेर द्विविधामा परेझैं लाग्छ। घरीघरी एक-अर्काप्रति आक्रोश पोखेझैं। तर, तत्कालै आफ्नो भूमिकामा उनीहरु हाजिर भइहाल्छन्।

आखिर को हुन् उनीहरू?

–तारा जातका मानिस!

अर्थात्, सदियौंदेखि हेपिएका र पेलिएका समुदाय। कुलीन वर्गका मानिसले होच्याएर भन्दा ‘तल्लो जात’। जो अरुका लागि चम्कन्छन्। अरुका लागि बाँच्छन्। तर, उनीहरू आफ्नै उज्यालोबारे बेखबर छन्। 

OOO

माघ १८ गतेदेखि सर्वनाममा मञ्चन भइरहेको छ नाटक ‘पिँजडाकी चरी’। नाटकको पहिलो दृश्यमा नै ‘भूत’जस्ता लाग्ने दुई पात्र देखापर्छन्। अर्कै ग्रहबाट आएजस्ता।

दृश्य यति प्रेमिल छ, कौतूहल र आकर्षणले दर्शक रोमाञ्चित बन्छन्। 

जुनेली रात। जोडीको प्रेमोत्सव। सामुन्नेमा हार्मोनियमको मिठो धुन।

Ncell 2
Ncell 2
nimb
nimb

प्रेमीका हातका औंला हार्मोनियममा नाच्छन्, औंलाहरूले धुन सिर्जना गर्छन्। प्रेमीको अनुहारमा प्रेम खोजिरहेकी प्रेमिका धुनले लालयित हुन्छे। त्यही उत्साहमा प्रेमी गीत गाउन तम्सन्छन्। तर, स्वरले साथ दिँदैन। संगीत भंग हुन्छ। र, प्रेम पनि।  

प्रेमिल यो दृश्य  एकाएक प्रेमिकाको चिच्याहटले विद्रुप बनिदिन्छ। यो कर्कश आवाजले दर्शकको समेत ध्यान भंग हुन्छ। 

त्यतिबेला मनमा एउटा प्रश्न उब्जन्छ, ‘के उनीहरू प्रेमी थिएनन्?’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हो, उनीहरू प्रेमी थिएनन्। उनीहरू रंगमञ्चका कलाकार थिए। प्रेमी बनेको पात्रले नाटकको लय बिगारेपछि प्रेमिका पात्र उसमाथि खनिन्छे। 

कथा थियो वा नाटक?
यतिबेला दर्शकहरू अलमलिन्छन्। यसरी दर्शक भ्रम र वास्तविकतासँग धेरै पटक झुक्किनुले नै नाटकको अर्थ राखेको छ। 

नाटकभित्रका पात्रले नै अर्को नाटक मञ्चन गरिरहेका छन्। पात्रहरूले झुक्याउँछन्, तर अल्झाउँदैनन्। वर्षौंअघिको कथा उनीहरू सुनाउन चाहन्छन्। उनीहरूको एउटै उद्देश्य छ– कथाले न्याय पाओस्।

नाटकका पात्रहरू भरसक यसैमा प्रयसारत छन्।

पिँजडाकी चरीझैं बिलकुल बाँधिएकी छु म
जहाँ मेरो पीडा 
म बाहेक कसैलाई थाहा छैन

पृष्ठभूमिबाट कविताको कम्पन सकिन लाग्दै अर्को दृश्य सुरु हुन्छ। दृश्यमा एउटा वृद्ध मानिस हातमा पिँजडा बोकेर देखापर्छन्। 

त्यो पिँजडाबारे एकदिन नातिले उनलाई प्रश्न गर्छ, ‘हजुरबा, त्यो पिँजडामा चरीलाई किन थुन्नुभएको?’

‘तेरी हजुरआमा पहिले मेरो लागि मिठो गीत गाउँथी। तर,अहिले ऊ छैन। गीत सुन्नका लागि मैले यो चरीलाई थुनेको हुँ।’

तर, नाति मोहनलाई यो चित्त बुझ्दैन। माथि उडिरहेको चिल हेरेर भन्छ, ‘अनि त्यो चिलले चाहिँ गाउँदैन।'
 
हजुरबाको जवाफको आसय– चिल त स्वतन्त्र प्राणी हो। 

त्यसपछि मोहनले आफू चिल बनेर स्वतन्त्र भई माथिमाथि उड्ने सपना देख्न थाल्छ।

मोहनको प्रेमिका थिई कुसुम। उनीहरू लुकीलुकी प्रेम साट्थे। मोहन कुसुमको लागि गीत गाउँथ्यो।

मोहनको घरमा हजुरबा र मोहन मात्रै हुन्छन्। कुसुमको घरमा ऊ, बहिनी सुख्ली र हजुरआमा। 

यी दुई घरबीचको सम्बन्ध निकै प्रगाढ थियो। उनीहरूलाई लाग्थ्यो– संसार कति सुन्दर छ। 

तर, उनीहरूको सुन्दर संसारमा भिलेन देखापर्छन्– जमिनदार दयाराम र मन्त्री। (उनीहरू सम्भ्रान्त वर्गको प्रतीक हुन्।) 

मन्त्रीले जमिनदालाई सबै जग्गा बेचिदिएपछि दयारामले पुतली गाउँको सबै जग्गा हडप्छन्। त्यसपछि मोहन र कुसुमको सपनामा आगो दन्कन्छ। 

मोहन क्रान्ति गर्न चाहन्छ। दयाराम र मन्त्रीलाई सिध्याउन चाहन्छ। तर, कुसुम यो चाहन्न कि मोहनलाई आफूबाट छुटाऊँ। क्रान्तिको बाटोमा जान दिऊँ।

‘हाम्रो लागि हाम्रो मुस्कान भनेकै धर्ती र सूर्य थियो तर एकदिन कसैले आएर भन्यो, ‘त्यो सूर्य तेरो होइन,’ मोहनले कुसुमलाई सम्झाउँदै भन्छ, ‘मेरो हातमा हेर, उम्लिरहेको रगत देख्यौ? यो कुनै सैनिकको रगत होइन। यो किसानको रगत हो। म मेरो नंग्राहरू यही जमिनमा खियाउन चाहन्छु। हाम्रो पुर्खाहरुले झैं। यो मेरो पुर्खाहरुको लागि हो। यो गाउँ मेरो हो जसरी यो रगत मेरो हो।’

तर, कुसुम क्रान्तिबाट मोहनलाई गुमाउन चाहन्न। यद्यपि, मोहन आफ्नो विरासत फकार्उने ध्याउन्नमा छ। 

उनीहरूको सम्बन्धमा हुरी आउँछ।

त्यसै रात मोहनका हजुरबाले आँसु चुहाउँदै भन्छन्, ‘बाबु, कसैलाई पनि जबरजस्ती गीत गाउन नलगाउनू।’

त्यस रात मोहनले घर छाडी हिँड्छ। हिँड्नुअघि  हजुरबाले थुनेको पिँजडाको चरीलाई मुक्त बनाउँछ। 

‘म जाँदैछु। म पहाडमा जाँदैछु। म चिलझैं स्वतन्त्र हुन चाहन्छु।’ यति भनेर मोहन त जान्छ चिलझैं उडेर। 

र, त्यसै रात चरी पनि मुक्त हुन्छे। 

तर, के चरीजस्ता भर्भराउँदो उमेरका कुसुम र सुख्ली मुक्त भए त?

यो प्रश्न जन्मन नपाउँदै सुख्ली र कुसुम दयारामको दास हुन बाध्य भए। पिँजडाको चरी त उडी। तर, उनीहरू उड्न सकेनन्। पिँजडामा थुनिए अरु नै चरी। 

OOO

नाटकमा प्रयोग गरिएका फरक शैलीले दर्शकको ध्यान तान्छ। तर, कथानकको अन्तिममा भने क्रम टुटेको छ। नाटक हेर्दा दर्शकहरू चाहन्छन् कि घटना संयोग मात्र होस्। तर, कथाको अन्तिमका केही दृश्य सुनियोजित लाग्छन्। मोहन आउनु, सुख्ली स्वतन्त्र हुनु। 

नाटकमा कुसुमको हत्या गर्छ दयारामले। मोहनले दयारामको। कुसुमको हत्या गरिएको दृश्य कारुणिक हुनुपर्ने हो। तर, कारुणिक देखिन्न। 

सुनियोजित जस्ता लाग्ने यी दृश्यले प्रश्न उमार्न बाध्य पार्छन्।

 

OOO

यथार्थवादी नाटकमा शैली भने अयथार्थवादी अपनाइएको छ। नाटकको प्रस्तुति परम्परागत ढर्राबाट बाहिर छ। पुराना कथालाई नयाँ तवरले प्रस्तुत गरिएको छ। 

नाटकमा जम्मा ४ जना कलाकार छन्। दयाराम र मोहनको भूमिकामा मनोज महर्जन, सुख्ली र कुसुमको भूमिकामा भूमिका थारु, मन्त्री र हजुरबाको भूमिकामा पाश्लाक्पा शेर्पा र हजुरआमाको अभिनयमा सुनिता बाडे। 

भूमिका थारुको कविता 'अ लिटल बर्ड इन अ केज'मा आधारित नाटकलाई फ्रान्सका युवा रंगकर्मी म्याक्सिम सिसडले निर्देशन गरेका हुन्। यसका लागि उनी एक महिना नेपाल बसेका थिए।

नाटक फागुन  ४ गतेसम्म जारी रहनेछ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्