• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

दुर्गानन्द झा : जो देशका लागि सहिद भए

64x64
नेपाल लाइभ बुधबार, माघ १६, २०७५  २१:३७
1140x725

जनकपुर– देशकै प्रथम गणतन्त्रवादी व्यक्तित्वका रुपमा परिचित सहिद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ।

सहिद झाको ५५औं बलिदान दिवसका अवसरमा जनकपुरबासीहरुले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई समेत सम्मान दिनुपर्ने धारणा व्यक्त गरेका छन्।  

विसं १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मिएका झाले २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकोकाे अभियोगमा २०२० माघ १५ गते मृत्युदण्ड दिइएको थियो।

तत्कालीन सरकारले  मृत्युदण्ड दिएका दुर्गानन्द झालाई ५२ वर्षपछि २०७२ फागुन १९ गते सहिद घोषणा गरिएको थियो।  

पहिलो जननिर्वाचित सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले पञ्चायत लादेको आक्रोशमा बम प्रहारको अपराधमा फाँसीको सजाय पाएका थिए झाले। उनको योगदानको संस्मरणमा जनकपुरमा हरेक वर्ष माघ १५ गते बलिदानी दिवस मनाइन्छ।

गणतन्त्रका लागि २०१८ माघ ९ गते जनकपुरमा जानकी माताको दर्शन गर्न पुगेका तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेकोमा पक्राउ नपरेका २० वर्षीय झाले निरंकुशताको अन्त्यका लागि आफूलाई समर्पित गरे।

बम प्रहार गरेर उनी फरार त भए। तर, उनलाई आफू भागेकोमा छटपटी र पश्चाताप भयो। उनले तीन महिनापछि आफूलाई गिरफ्तारी दिए।

दक्षिण धनुषाको जटही गाउँमा १९९९ वैशाख १४ गते जन्मेका दुर्गानन्द आफ्ना बाजे पण्डित भोलानाथका तीन छोरामध्ये जेठा देवनारायण झा र सुकुमारीदेवी झाको एकमात्र सुपुत्र थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालकै इतिहासको प्रथम बमकाण्डको अनुसन्धान गर्न त्यतिखेर ५९ जनालाई समातेर यातना दिइएको थियो। सोही दिन जनकपुर विमानस्थलमा अरविन्दकुमार ठाकुर बमका साथ पक्राउ परिसकेका थिए।

बमकाण्डमा निर्दोष मानिसलाई कुटपिट गरी यातना दिएको खबरले दुर्गानन्द तीन महिनापछि जयनगरबाट रेल समातेर गिरफ्तारी दिन जनकपुर फर्कंदा उनलाई परवाह रेल्वे स्टेसनमा प्रहरीले पक्राउ गरेर जलेश्वर कारागार पुर्‍याएको थियो।

अर्को दिन परकौली सैनिक छावनीमा ल्याएर हेलिकप्टरबाट काठमाडौँ पुर्‍याई विशेष अदालतद्वारा २०१९ भदौ १९ गते कुनै सुनुवाइ नै नगरी मृत्युदण्ड दिने फैसला सुनाइएको थियो।

पञ्चायतकालीन प्रधानन्यायाधीश भगवतीप्रसाद सिंहको इजलासबाट उक्त फैसला भएको थियो।

Xtrem

Xtrem

विसं २०१९ फागुन २० मा सर्वोच्च अदालतका न्यायाधीशद्वय दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले फैसलालाई सदर गर्‍यो र २०२० माघ १५ गते राति सुन्धारास्थित केन्द्रीय कारागारमा गोली हानी उनको हत्या गरियो।

ब्राह्मणलाई मृत्युदण्ड नदिइने व्यवस्था मुलुकी ऐनमा थियो। ब्राह्मणलाई मृत्युदण्ड नदिइने गरिएकाले नै १९९७ सालमा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई मृत्युदण्ड नदिएर आजीवन कारावास दिइएको थियो।

उनीहरु २००७ सालमा मुक्त भए तर २०२० साल भदौ १ मा मुलुकी ऐनमा संशोधन गरी दुर्गानन्दलाई मृत्युदण्ड दिने काम भयो।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीका अनुसार २०२० माघ १५ गते मृत्युदण्ड दिनुअघि दुर्गानन्दकी आमा सुकुमारी देवी र अर्धांगीनी काशीदेवीलाई जनकपुरबाटै लिएर गई कारागारको ढोकामा दुर्गानन्दसँग भेट गराइएका थियो।

मृत्युदण्डका लागि अबेर राति दुर्गानन्दलाई जेलबाट निकाल्न कसाई पुग्दा उनी ढोकामै थिए। झाले त्यतिबेला आफ्ना साथी ठाकुर तथा दलसिंह थापालाई ‘म लामो यात्रामा गए पनि लोकतन्त्र अवश्य फर्कनेछ’ भनेका थिए। जुन अहिले सत्य साबित भएको छ। अमर सहिद दुर्गानन्द समेतका हजारौँ वीर सहिदका बलिदानले देशमा गणतन्त्र संस्थागत भएको छ।

भारतीय स्वतन्त्रता संग्रामका वीर भगतसिंह र चन्द्रशेखर आजादको जीवनीबाट प्रभावित भएर उनले लोकतन्त्र हरण गर्ने शासकविरुद्ध १९ वर्ष नपुग्दै जनकपुर बमकाण्ड गराएका थिए। पिताका तीन दाजुभाइका एक मात्र उत्तराधिकारी तथा २०१७ सालको विवाह पञ्चमीको दिन काशीदेवीसँग विवाहबन्धनमा बाँधिएका दुर्गानन्दले माफी नमागेर २१ वर्ष ९ महिनाकै उमेरमा लोकतन्त्रका लागि बलिदान दिए।

यसरी भएको थियो बम काण्ड 

माविमा पढ्दै गर्दा २०१५ सालको प्रथम आमनिर्वाचनमा प्रजातन्त्रको पक्षमा होमिएका थिए उनी। राजा महेन्द्रले २०१७ पुस १ मा संसद् विघटन गरी नेतालाई कारागार हालेको खबर सुन्नासाथ उनी मर्माहत भए।

भारतमा अध्ययनरत रहँदा उनको सम्पर्क नेपाली कांग्रेसका नेतासँग भएको थियो।

सुरुमा निर्वासित कांग्रेस महोत्तरीका जिल्ला सचिव ज्ञानीशंकर गिरीको सम्पर्कमा पुगेका उनको त्यसपछि जयनगरमा निर्वासित क्रान्तिकारी युवानेता तथा विघटित संसद् सदस्य सरोज कोइरालासँग भेट भयो।

यसबाट उनको जीवनमा नयाँ मोड आयो ।

कांग्रेस नेताको योजना अनुसार २०१८ माघ ८ गते बम लिई रातारात जनकपुर पुगे। भोलिपल्ट माघ ९ गते जानकी चोकमा बम लिएर बसेका दुर्गानन्दले साँझ ५ बजेतिर राजा महेन्द्रको गाडी रोकिनासाथ बम प्रहार गरे।

राजा चढेको ल्यान्डरोभर गाडीमाथि फ्याँकिएको बम गाडी प्वाल पार्दै जानकी मन्दिरको पूर्वीद्वारको दक्षिणपट्टिको पर्खालमा फुटेको थियो।

राज्यले गर्‍यो बेवास्ता

६० वर्षअघि दुर्गानन्दले देखेको सपना अहिले पूरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ।

पञ्चायती व्यवस्था अन्त्य गरी प्रजातन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान दिएका दुर्गानन्दलाई सहिद घोषणा गर्न ५२ वर्ष लाग्यो।

उनी २०७२ सालमा सरकारबाट सहिद घोषणा भए। 

२०४६ सालको पहिलो जनआन्दोलनपछि मुलुकमा प्रजातन्त्र आइसकेपछि जानकी मन्दिर परिसरमा रहेको राजा महेन्द्रको सालिक रहेको स्थानमा दुर्गानन्दको प्रतिमा राख्न सरकारले प्रस्ताव गरेको थियो।

तर, महेन्द्रका छोरा तत्कालीन राजा वीरेन्द्रले सरकारको यो प्रस्ताव अस्वीकार गरेको बताइन्छ। यद्यपि, आन्दोलनकै क्रममा आन्दोलनकारीले महेन्द्रको सालिक जानकी मन्दिर परिसरबाट तोडिदिएका थिए।

मुलुकमा गणतन्त्र ल्याउन आफ्नो ज्यानै गुमाएका दुर्गानन्दका श्रीमती काशीदेवीलाई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन तराईमधेस लोकतान्त्रिक पार्टीले समानुपातिक कोटाबाट सभासद बनाउनु बाहेक राज्यले खासै केही गरेको देखिँदैन।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५  २१:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता शनिबार, असोज २४, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान) शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्