• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सदाचारतर्फको प्रेरणा र मनोरञ्जनको प्याकेज ‘सयकडा दश’

64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  ०७:३०
1140x725

 काठमाडौंं – रंगमञ्चमा धेरै नै रुचाइएका र व्यस्त कलाकार हुन् मनोज गजुरेल। विशेषगरी हास्यव्यंग्य क्षेत्रमा बलियो परिचय स्थापित गर्न सफल गजुरेल अहिले ठूलो पर्दाको फिल्म ‘सयकडा दश’बाट दर्शकमाझ आउँदै छन्। माघ १८ गते शुक्रबारबाट नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ। ठूलो पर्दाका लागि डेब्यू गरेका कलाकार मनोज गजुरेलसँग नेपाल लाइभका लागि मनोज न्यौपानेले गरेको कुराकानीः

मनोज गजुरेल ठूलो पर्दामा देखिने दिन नजिकिँदै गर्दा त्यसको 'भाइब्स' कस्तो छ?

म त सँधै सकारात्मक मान्छे हो, त्यसैले सकारात्मक नै आइरहेको छ। म एकदम उत्साहित छु, भित्र-भित्र डर लागिरहेको छ। ढुकढुकी बढेको छ भनेर झुट कुरा बोल्दिन। त्यसैले यो नियमित प्रक्रिया हो, मैले सकेको अभिनय गरको छु। कथा सुन्दर भएकाले मैले फिल्ममा अभिनय गरको हुँ। अर्कातर्फ निर्माण टिम पनि धेरै नै सहयोगी र व्यवहारिक भएकाले म फिल्मा जोडिएको हुँ। बाँकी कुराचाहिँ दर्शककै हातमा छ, हामीसँग केही पनि छैन। 

एउटा वरिष्ठ हास्यव्यंग्य कलाकार फिल्म क्षेत्रमा प्रवेश गर्दा दर्शकको अपेक्षा धेरै होलान्। 'सयकडा दश'बाट दर्शकको अपेक्षा पुरा हुन सक्छ त?

यो फिल्म मनोज गजुरेलको होइन। यो फिल्म निर्देशक, निर्माताको फिल्म हो, युवा पुस्ताको फिल्म हो। एन्टिकरप्सन (भ्रष्टाचारविरुद्ध)को फिल्म हो र विशुुद्ध मनोरञ्जानात्मक फिल्म हो। समस्टिगत रूपमा यो 'टिम वर्क' हो। त्यसैले मनोज गजुरेल एक्लैबाट पाउने चिज फिल्ममा पाउनु हुन्न। तर, मनोज गजुरेललाई जसरी हास्यव्यंग्यमार्फत समाज रुपान्तरणमा लागिरहको पात्रका रुपमा बाहिर देख्नुहुन्छ, त्यसकै एक अंश फिल्ममा देख्नु हुनेछ। त्यसैले चलचित्रमा मेरो एक्लो प्रयासभन्दा पनि 'टिम वर्क' देख्न सक्नु हुनेछ।

प्रेम र भ्रष्टाचारको संयोजनका रूपमा फिल्मलाई व्याख्या गरिँदै आएको छ, वास्तवममा यसलाई कसरी संयोजन गरिएको छ?

भ्रष्टाचार भनेको आचरणसँग जोडिएर आउने कुरा हो। पारिवारिक सोच, व्यक्ति हुर्किएको वातावरण, बाल्यकाल तथा किशोरावस्थामा गरेको संगत र परिवारबाट प्राप्त गरको जीवनशैलीबाट सदाचारी हुनेकी भ्रष्टाचारी हुने भन्ने तय हुन्छ। फिल्मले भन्न खोजेको कुरा पनि यही हो। अहिले देश विदेशमा घट्ने ठूला–ठूला भ्रष्टाचारका घटनाहरु कानुनले र जनदबाबले पनि नियन्त्रण गर्न सकिरहेका छैनन्। तर, भ्रष्टाचार नियन्त्रणका अन्य थुप्रै उपायहरु हुन्छन्। त्यसमध्येको उपाय ‘प्रेम’ हो। 

भ्रष्टाचारीको परिवारमा र सदाचारीको परिवारमा जन्मिएका दुई युवाबीचको प्रेमले उसका भ्रष्ट बुबाआमालाई सदाचारीतातर्फ उन्मुख गराउने अथवा गरेका गल्तिहरुलाई स्वीकार गरेर समाजमा एउटा विशिष्ट सन्देश प्रेरित फिल्म हो ‘सयकडा दश’।

Ncell 2
Ncell 2
nimb
nimb

फिल्म हरिसकेपछि आजको नयाँ पुस्तामा भ्रष्टाचार विरुद्धको भाव कसरी जाग्रित हुन्छ?

संस्कारगतरुपमा सदाचारी बनाउन सकियो भने अब आउने पुस्ता अहिलेको जस्तो भ्रष्ट मनोवृत्तिबाट ग्रष्त नहुन सक्छ। र भ्रष्ट भइसकेको परिवार छ भने उसका सन्तानले कदम चाले भने भ्रष्टाचार कम गर्दै जान सकिन्छ। नयाँपुस्ताले परिवारलाई तपाईंहरुको कारण हाम्रो सिंगो जीवन, व्यक्तित्व  खराब हुने भयो। तपाईंहरुले जुन भौतिक सुख दिइरहनु भएको छ, तर यो कुन स्रोतबाट आएको हो, यो कसरी सम्भव भइरहेको छ? यस प्रकारका प्रश्न सन्तानले उठायो भने बाबु लज्जित हुन्छ, आमा लज्जित हुन्छिन्। यस्तै, कथासारमा फिल्म आधारित भएकाले नयाँ पुस्तामा भ्रष्टाचारविरुद्ध जागरण ल्याउन सक्छ।

फिल्मको ट्रेलरमा एक कर्मचारीको भ्रष्ट आचरणलाई देखाइएकोे छ, तर सिंगो फिल्म यही विषयवस्तुमा हो या अन्य कुरा पनि समेटिएको छ?

फिल्मको पहिलो सर्त मनोरञ्जन नै हो। फिल्मले आजका किशोर-किशोरीमा रहेको समाजिक सञ्जालप्रतिको मोहदेखि लिएर युवायुवतीका प्रेम, आकर्षण र आफ्ना बुवा-आमाप्रतिको कर्तव्यलगायतका सबै विषयलाई उतिकै स्थान दिएको छ। जुनसुकै कुराको आत्मा हुन्छ। त्यसअनुरुप फिल्मको आत्मामात्र भ्रष्टाचार विरोधी हो। बाँकी सबै मनोरञ्जनका सर्तअनुरुप फिल्म निमार्ण भएको छ।

Xtrem

Xtrem

अर्कातर्फ २ घन्टाको फिल्मले समाजका सबैप्रकारका विकृतिहरुलाई देखाउन सक्छ जस्तो लाग्दैन मलाई। तर, म यति भन्न सक्छु फिल्मले भ्रष्ट आचरण बोकेका प्रत्येक मानिसलाई छोएको छ।

नेपाली फिल्म बजार, सानाे पर्दा र अन्य क्षेत्रमा पनि धेरै सन्देशमूलक श्रब्यदृष्य सामाग्रीहरु निर्माण र प्रसारण हुने गरेका छन्। तर, समाजमा तिनको प्रभाकारिता न्यून छ। यो चलचित्र कस्तो होला त?

दुई वटा कुरा हुन्छन्। प्रकृतिमा दुई प्रकारका मानिसहरु छन्- भ्रष्टाचारी र सदाचारी। यसलाई प्रकृतिले सन्तुलनमा राखेको हुन्छ। भ्रष्टाचार भनेको नकारात्मक शक्ति हो र सदाचार भनेको सकारात्मक शक्ति हो। यसैअनुरुप प्रकृतिमा यी दुबै शक्तिबीच लडाई निरन्तर चलिरहन्छ। नदीको बेग जस्तै चलिरहन्छ। तर, अन्त्यमा अनेक बाधा-व्यवधान तोडेर नदी समुन्द्रमा मिसिन्छ। त्यस्तै, सकारात्मक शक्तिको जीत अवश्य हुन्छ।

मनोज गजुरेल आफैंमा समाज परिवर्तनका लागि व्यंग्यात्मक प्रहसनमा प्रखर व्यक्ति, यस अर्थमा, फिल्मको स्क्रिप्टमा तपाई‌ंको कत्तिको देन छ?

रामशरण थापा आफैंमा उत्कृष्ट 'स्क्रिप्ट राइटर' तथा निर्देशक हो। उहाँले मलाई सुरुमा अभिनेताका रुपमा प्रस्तुत गर्न खोज्नु भएको थियो। तर, म त ‘स्ट्यान्ड अप’ कमेडी गर्ने मान्छे। अब पर्दाका लागि अभिनय गर्दा कस्तो होला भन्ने प्रश्न उठ्यो। त्यही समय मैले निर्देशकज्यूलाई एउटा सुझाव दिएँ- फिल्ममा एउटा मनोज गजुरेल भन्ने पात्रलाई उभ्याउनु न, जो हास्यव्यंग्य अभियान्ता, जो हास्यव्यंग्यमार्फत भ्रष्टाचार विरोधी अभियानमा लागेको छ।

यसपछि उहाँले मलाई त्यही पात्रको रूपमा उभ्याउनु भएको हो। त्यसकारण फिल्मको स्क्रिप्टमा मेरो पनि योगदान छ। तर, म अहिले नै फिल्मको समिक्षा गर्ने या त्यसलाई पुरै नियन्त्रण गरेर चलाउने र बनाउने हैसियत राख्दिन। त्यसैले रामशरणजीकाे लामो योगदानलाई हस्तक्षेप गरेर फिल्मको कथालाई मैले मेरो बनाउन खोजिन। तर, टिममा लामो अन्तर्क्रिया भने चलेको थियो। 

‘स्ट्यान्ड अप’ कमेडी र फिल्मका लागि अभिनय गर्दाको भिन्नता के पाउनु भयो?

फिल्ममा प्रविधिसँग खेल्नु पर्छ। रंगमञ्चमा अर्गानिक विषयसँग खेल्न पाइन्छ। प्रत्यक्ष दर्शकसँग बोल्न पाइन्छ। तत्कालै प्रतिक्रिया लिन पाइन्छ। प्राप्त उपलब्धिको नाफा-घाटा तत्काल लिन पाइन्छ। तर, फिल्मका लागि रंगमञ्चमा जस्तो 'रिक्स' लिन पनि जरुरी हुन्न। किनकी त्यहाँ रि–सुट, रि–टेकका अवसर पनि हुन्छन्। यी प्राविधिक भिन्नता भए। 

अब अभिनयकै कुरामा चाहिँ रंगमञ्चमा जति सजिलो हुन्छ, स्वभावत: फिल्ममा त्यो भन्दा कम सजिलो भयो। क्यामराको सर्ट, एंगलहरुसँग खेल्नुपर्ने हुन्छ। त्यसैले रंगमञ्चमा भिजिसकेको मलाई भर्खर पानी खन्याउन लागेको फिल्म क्षेत्रमा केही अप्ठ्यारा भए।

छायांकनका क्रममा कुनै त्यस्तो दृष्य जसका लागि तपाईंले धेरैपटक टेक खानु भयो?

झन्डै दर्जन बढी टेक खाएँ। केही अप्ठ्यारो लागेर निर्देशकज्यूलाई मलाई ग्लानी भयो सर, दर्जन पटक टेक खाइयो भन्दा रामशरणज्यूले भन्नुहुन्थ्यो,‘यो सबैभन्दा कम हो, मैले ३ दर्जन बढी टेक खाएको छु।’

ठूलो पर्दामा डेब्यू गरिरहँदा अबका दिनमा तपाई‌ अन्य फिल्ममा पनि यस्ता विषय लिएर आउनुहुन्छ वा यो अनुभवका लागि मात्र थियाे?

मेरो व्यक्तिगत चाहना धेरैभन्दा धेरै दर्शक स्रोतामाझ यो विषय पुगोस्। उहाँहरुले मनोरञ्जन लिनुहोस्। केही सन्देश प्राप्त गर्नुहोस् भन्ने हाे। त्यसपछीको निर्णय चाहिँ माघ १८ पछि दर्शकले दिने सामाजिक प्रतिक्रिया, आर्थिक प्रतिक्रियापछी गर्नेछु। तर, यसप्रकारका विषयलाई समाजमा देखाइरहन साना पर्दा र ठूलो पर्दा यो नै चाहिन्छ जस्तोचाहिँ मलाई लाग्दैन। किनकी प्रविधिको युगमा प्रविधिलाई सदुपयोग गर्न सकिन्छ। त्यसैले जहाँ गएपनि प्रविधिसँग चाहिँ हिड्नुपर्छ। 

फिल्म पर्खेर बसेका दर्शकका लागि अन्त्यमा केही?

‘सयकडा दश’ मनोज गजुरेलको पहिलो प्रयास हो। मलाई यसअघि 'मोटिभेसनल कमेडियन'लगायत जुन–जुन रूपमा चिन्नुभएको छ। र उहाँहरुकै हौसला र प्रेरणाले यस कथामा अभिनय गरेको छु। फिल्म निर्माण टिम पनि उतिकै राम्रो र शसक्त छ। र समाजका सबै तह र तप्काका मानिसहरुलाई मनोरञ्जन दिलाउने फिल्म निर्माण भएको छ। त्यसैले एकपटक हेरेर हौसला दिनुहोला।

मनोज गजुरेललाई त सधैं हौसलै-हौसला छ, तर फिल्म निर्माता तथा निर्देशकहरुलाई हौसला नदिने हो भने यस्ता राम्रा विषयमा फिल्म बनाउन पुनः आँट गर्दैनन्। त्यसैले यससँगै अर्को पटकपनि समाजिक विषयमा फिल्म बनाउन उत्प्रेरणा दिन सबैले एकपटक हल पुगेर फिल्म हेरिदिन आग्रह गर्दछु।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ०७:३०
  • ##nepalifilm
  • ##interview
  • ##manojgajurel

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्