• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
सदाचारतर्फको प्रेरणा र मनोरञ्जनको प्याकेज ‘सयकडा दश’
64x64
नेपाल लाइभ बिहीबार, माघ १७, २०७५  ०७:३०
1140x725

 काठमाडौंं – रंगमञ्चमा धेरै नै रुचाइएका र व्यस्त कलाकार हुन् मनोज गजुरेल। विशेषगरी हास्यव्यंग्य क्षेत्रमा बलियो परिचय स्थापित गर्न सफल गजुरेल अहिले ठूलो पर्दाको फिल्म ‘सयकडा दश’बाट दर्शकमाझ आउँदै छन्। माघ १८ गते शुक्रबारबाट नेपालभर एकसाथ प्रदर्शनमा आउँदै छ। ठूलो पर्दाका लागि डेब्यू गरेका कलाकार मनोज गजुरेलसँग नेपाल लाइभका लागि मनोज न्यौपानेले गरेको कुराकानीः

मनोज गजुरेल ठूलो पर्दामा देखिने दिन नजिकिँदै गर्दा त्यसको 'भाइब्स' कस्तो छ?

म त सँधै सकारात्मक मान्छे हो, त्यसैले सकारात्मक नै आइरहेको छ। म एकदम उत्साहित छु, भित्र-भित्र डर लागिरहेको छ। ढुकढुकी बढेको छ भनेर झुट कुरा बोल्दिन। त्यसैले यो नियमित प्रक्रिया हो, मैले सकेको अभिनय गरको छु। कथा सुन्दर भएकाले मैले फिल्ममा अभिनय गरको हुँ। अर्कातर्फ निर्माण टिम पनि धेरै नै सहयोगी र व्यवहारिक भएकाले म फिल्मा जोडिएको हुँ। बाँकी कुराचाहिँ दर्शककै हातमा छ, हामीसँग केही पनि छैन। 

एउटा वरिष्ठ हास्यव्यंग्य कलाकार फिल्म क्षेत्रमा प्रवेश गर्दा दर्शकको अपेक्षा धेरै होलान्। 'सयकडा दश'बाट दर्शकको अपेक्षा पुरा हुन सक्छ त?

यो फिल्म मनोज गजुरेलको होइन। यो फिल्म निर्देशक, निर्माताको फिल्म हो, युवा पुस्ताको फिल्म हो। एन्टिकरप्सन (भ्रष्टाचारविरुद्ध)को फिल्म हो र विशुुद्ध मनोरञ्जानात्मक फिल्म हो। समस्टिगत रूपमा यो 'टिम वर्क' हो। त्यसैले मनोज गजुरेल एक्लैबाट पाउने चिज फिल्ममा पाउनु हुन्न। तर, मनोज गजुरेललाई जसरी हास्यव्यंग्यमार्फत समाज रुपान्तरणमा लागिरहको पात्रका रुपमा बाहिर देख्नुहुन्छ, त्यसकै एक अंश फिल्ममा देख्नु हुनेछ। त्यसैले चलचित्रमा मेरो एक्लो प्रयासभन्दा पनि 'टिम वर्क' देख्न सक्नु हुनेछ।

प्रेम र भ्रष्टाचारको संयोजनका रूपमा फिल्मलाई व्याख्या गरिँदै आएको छ, वास्तवममा यसलाई कसरी संयोजन गरिएको छ?

भ्रष्टाचार भनेको आचरणसँग जोडिएर आउने कुरा हो। पारिवारिक सोच, व्यक्ति हुर्किएको वातावरण, बाल्यकाल तथा किशोरावस्थामा गरेको संगत र परिवारबाट प्राप्त गरको जीवनशैलीबाट सदाचारी हुनेकी भ्रष्टाचारी हुने भन्ने तय हुन्छ। फिल्मले भन्न खोजेको कुरा पनि यही हो। अहिले देश विदेशमा घट्ने ठूला–ठूला भ्रष्टाचारका घटनाहरु कानुनले र जनदबाबले पनि नियन्त्रण गर्न सकिरहेका छैनन्। तर, भ्रष्टाचार नियन्त्रणका अन्य थुप्रै उपायहरु हुन्छन्। त्यसमध्येको उपाय ‘प्रेम’ हो। 

भ्रष्टाचारीको परिवारमा र सदाचारीको परिवारमा जन्मिएका दुई युवाबीचको प्रेमले उसका भ्रष्ट बुबाआमालाई सदाचारीतातर्फ उन्मुख गराउने अथवा गरेका गल्तिहरुलाई स्वीकार गरेर समाजमा एउटा विशिष्ट सन्देश प्रेरित फिल्म हो ‘सयकडा दश’।

Ncell 2
Ncell 2

फिल्म हरिसकेपछि आजको नयाँ पुस्तामा भ्रष्टाचार विरुद्धको भाव कसरी जाग्रित हुन्छ?

संस्कारगतरुपमा सदाचारी बनाउन सकियो भने अब आउने पुस्ता अहिलेको जस्तो भ्रष्ट मनोवृत्तिबाट ग्रष्त नहुन सक्छ। र भ्रष्ट भइसकेको परिवार छ भने उसका सन्तानले कदम चाले भने भ्रष्टाचार कम गर्दै जान सकिन्छ। नयाँपुस्ताले परिवारलाई तपाईंहरुको कारण हाम्रो सिंगो जीवन, व्यक्तित्व  खराब हुने भयो। तपाईंहरुले जुन भौतिक सुख दिइरहनु भएको छ, तर यो कुन स्रोतबाट आएको हो, यो कसरी सम्भव भइरहेको छ? यस प्रकारका प्रश्न सन्तानले उठायो भने बाबु लज्जित हुन्छ, आमा लज्जित हुन्छिन्। यस्तै, कथासारमा फिल्म आधारित भएकाले नयाँ पुस्तामा भ्रष्टाचारविरुद्ध जागरण ल्याउन सक्छ।

फिल्मको ट्रेलरमा एक कर्मचारीको भ्रष्ट आचरणलाई देखाइएकोे छ, तर सिंगो फिल्म यही विषयवस्तुमा हो या अन्य कुरा पनि समेटिएको छ?

फिल्मको पहिलो सर्त मनोरञ्जन नै हो। फिल्मले आजका किशोर-किशोरीमा रहेको समाजिक सञ्जालप्रतिको मोहदेखि लिएर युवायुवतीका प्रेम, आकर्षण र आफ्ना बुवा-आमाप्रतिको कर्तव्यलगायतका सबै विषयलाई उतिकै स्थान दिएको छ। जुनसुकै कुराको आत्मा हुन्छ। त्यसअनुरुप फिल्मको आत्मामात्र भ्रष्टाचार विरोधी हो। बाँकी सबै मनोरञ्जनका सर्तअनुरुप फिल्म निमार्ण भएको छ।

अर्कातर्फ २ घन्टाको फिल्मले समाजका सबैप्रकारका विकृतिहरुलाई देखाउन सक्छ जस्तो लाग्दैन मलाई। तर, म यति भन्न सक्छु फिल्मले भ्रष्ट आचरण बोकेका प्रत्येक मानिसलाई छोएको छ।

नेपाली फिल्म बजार, सानाे पर्दा र अन्य क्षेत्रमा पनि धेरै सन्देशमूलक श्रब्यदृष्य सामाग्रीहरु निर्माण र प्रसारण हुने गरेका छन्। तर, समाजमा तिनको प्रभाकारिता न्यून छ। यो चलचित्र कस्तो होला त?

दुई वटा कुरा हुन्छन्। प्रकृतिमा दुई प्रकारका मानिसहरु छन्- भ्रष्टाचारी र सदाचारी। यसलाई प्रकृतिले सन्तुलनमा राखेको हुन्छ। भ्रष्टाचार भनेको नकारात्मक शक्ति हो र सदाचार भनेको सकारात्मक शक्ति हो। यसैअनुरुप प्रकृतिमा यी दुबै शक्तिबीच लडाई निरन्तर चलिरहन्छ। नदीको बेग जस्तै चलिरहन्छ। तर, अन्त्यमा अनेक बाधा-व्यवधान तोडेर नदी समुन्द्रमा मिसिन्छ। त्यस्तै, सकारात्मक शक्तिको जीत अवश्य हुन्छ।

मनोज गजुरेल आफैंमा समाज परिवर्तनका लागि व्यंग्यात्मक प्रहसनमा प्रखर व्यक्ति, यस अर्थमा, फिल्मको स्क्रिप्टमा तपाई‌ंको कत्तिको देन छ?

रामशरण थापा आफैंमा उत्कृष्ट 'स्क्रिप्ट राइटर' तथा निर्देशक हो। उहाँले मलाई सुरुमा अभिनेताका रुपमा प्रस्तुत गर्न खोज्नु भएको थियो। तर, म त ‘स्ट्यान्ड अप’ कमेडी गर्ने मान्छे। अब पर्दाका लागि अभिनय गर्दा कस्तो होला भन्ने प्रश्न उठ्यो। त्यही समय मैले निर्देशकज्यूलाई एउटा सुझाव दिएँ- फिल्ममा एउटा मनोज गजुरेल भन्ने पात्रलाई उभ्याउनु न, जो हास्यव्यंग्य अभियान्ता, जो हास्यव्यंग्यमार्फत भ्रष्टाचार विरोधी अभियानमा लागेको छ।

यसपछि उहाँले मलाई त्यही पात्रको रूपमा उभ्याउनु भएको हो। त्यसकारण फिल्मको स्क्रिप्टमा मेरो पनि योगदान छ। तर, म अहिले नै फिल्मको समिक्षा गर्ने या त्यसलाई पुरै नियन्त्रण गरेर चलाउने र बनाउने हैसियत राख्दिन। त्यसैले रामशरणजीकाे लामो योगदानलाई हस्तक्षेप गरेर फिल्मको कथालाई मैले मेरो बनाउन खोजिन। तर, टिममा लामो अन्तर्क्रिया भने चलेको थियो। 

‘स्ट्यान्ड अप’ कमेडी र फिल्मका लागि अभिनय गर्दाको भिन्नता के पाउनु भयो?

फिल्ममा प्रविधिसँग खेल्नु पर्छ। रंगमञ्चमा अर्गानिक विषयसँग खेल्न पाइन्छ। प्रत्यक्ष दर्शकसँग बोल्न पाइन्छ। तत्कालै प्रतिक्रिया लिन पाइन्छ। प्राप्त उपलब्धिको नाफा-घाटा तत्काल लिन पाइन्छ। तर, फिल्मका लागि रंगमञ्चमा जस्तो 'रिक्स' लिन पनि जरुरी हुन्न। किनकी त्यहाँ रि–सुट, रि–टेकका अवसर पनि हुन्छन्। यी प्राविधिक भिन्नता भए। 

अब अभिनयकै कुरामा चाहिँ रंगमञ्चमा जति सजिलो हुन्छ, स्वभावत: फिल्ममा त्यो भन्दा कम सजिलो भयो। क्यामराको सर्ट, एंगलहरुसँग खेल्नुपर्ने हुन्छ। त्यसैले रंगमञ्चमा भिजिसकेको मलाई भर्खर पानी खन्याउन लागेको फिल्म क्षेत्रमा केही अप्ठ्यारा भए।

छायांकनका क्रममा कुनै त्यस्तो दृष्य जसका लागि तपाईंले धेरैपटक टेक खानु भयो?

झन्डै दर्जन बढी टेक खाएँ। केही अप्ठ्यारो लागेर निर्देशकज्यूलाई मलाई ग्लानी भयो सर, दर्जन पटक टेक खाइयो भन्दा रामशरणज्यूले भन्नुहुन्थ्यो,‘यो सबैभन्दा कम हो, मैले ३ दर्जन बढी टेक खाएको छु।’

ठूलो पर्दामा डेब्यू गरिरहँदा अबका दिनमा तपाई‌ अन्य फिल्ममा पनि यस्ता विषय लिएर आउनुहुन्छ वा यो अनुभवका लागि मात्र थियाे?

मेरो व्यक्तिगत चाहना धेरैभन्दा धेरै दर्शक स्रोतामाझ यो विषय पुगोस्। उहाँहरुले मनोरञ्जन लिनुहोस्। केही सन्देश प्राप्त गर्नुहोस् भन्ने हाे। त्यसपछीको निर्णय चाहिँ माघ १८ पछि दर्शकले दिने सामाजिक प्रतिक्रिया, आर्थिक प्रतिक्रियापछी गर्नेछु। तर, यसप्रकारका विषयलाई समाजमा देखाइरहन साना पर्दा र ठूलो पर्दा यो नै चाहिन्छ जस्तोचाहिँ मलाई लाग्दैन। किनकी प्रविधिको युगमा प्रविधिलाई सदुपयोग गर्न सकिन्छ। त्यसैले जहाँ गएपनि प्रविधिसँग चाहिँ हिड्नुपर्छ। 

फिल्म पर्खेर बसेका दर्शकका लागि अन्त्यमा केही?

‘सयकडा दश’ मनोज गजुरेलको पहिलो प्रयास हो। मलाई यसअघि 'मोटिभेसनल कमेडियन'लगायत जुन–जुन रूपमा चिन्नुभएको छ। र उहाँहरुकै हौसला र प्रेरणाले यस कथामा अभिनय गरेको छु। फिल्म निर्माण टिम पनि उतिकै राम्रो र शसक्त छ। र समाजका सबै तह र तप्काका मानिसहरुलाई मनोरञ्जन दिलाउने फिल्म निर्माण भएको छ। त्यसैले एकपटक हेरेर हौसला दिनुहोला।

मनोज गजुरेललाई त सधैं हौसलै-हौसला छ, तर फिल्म निर्माता तथा निर्देशकहरुलाई हौसला नदिने हो भने यस्ता राम्रा विषयमा फिल्म बनाउन पुनः आँट गर्दैनन्। त्यसैले यससँगै अर्को पटकपनि समाजिक विषयमा फिल्म बनाउन उत्प्रेरणा दिन सबैले एकपटक हल पुगेर फिल्म हेरिदिन आग्रह गर्दछु।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०७५  ०७:३०
  • ##nepalifilm
  • ##interview
  • ##manojgajurel

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत
बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ
चुनावको वातावरण बनाउन दलहरूसँग संवाद भइरहेको छ : सञ्चारमन्त्री खरेल
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
बालेन शाह र हामी नेपालको सम्पत्ति छानबिन गर्नुपर्छ : युवा सङ्घ बुधबार, असोज २२, २०८२
चुनावको वातावरण बनाउन दलहरूसँग संवाद भइरहेको छ : सञ्चारमन्त्री खरेल बुधबार, असोज २२, २०८२
अन्तिम खेलमा जित हात पार्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्