कोलम्बो– श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज ह्वाइटवास गर्ने क्रममा भारत पाँचौ खेलमा ६ विकेटले विजयी भयो।
पहिले ब्याटिङ गरेको श्रीलंका २ बल खेल्न बाँकी छँदा २३८ रनमा अलआउट भयो। भारतले लक्ष्य ४६.३ ओभर खेलेर ४ विकेटको क्षतिमा पूरा गर्यो.। खेलमा तीन भारतीय खेलाडीले भने रेकर्ड बनाउन सफल भए।
श्रीलंकाविरुद्धको खेलमा नटआउट १ सय १० रन प्रहार गरेका भारतीय कप्तान विराट कोहलीले ‘लिस्ट ए’को खेलमा १० हजार रन पूरा गरे।
खेलमा तीन स्टम्टपिन गरेको महेन्द्रसिंह धोनीले एकदिवसीय खेलमा एक सय स्टम्टपिन गर्ने रेकर्ड बनाए। उनी एकदिवसीय खेलमा सय स्टम्टपिन गर्ने पहिलो विकेटकिपर बन्न सफल भए।
पाँचौ खेलमा दुई विकेट लिएका भारतका जसप्रित बुमराहले सिरिजमा कुल १४ विकेट लिए। पाँच खेलको सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्ने क्रममा बुमराहले आन्द्रे एडम्स र किन्ट म्याकीको कीर्तिमानसँग बराबरी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।