• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सीमा विवादमा जनप्रतिनिधिको प्रश्न–नेपाली टोली भारतीय पक्षसँग कमजोर भएको त होइन?

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  १२:४५
1140x725

धनगढी– ‘नेपाल–भारत सीमा छुट्याउने ७ सय २३ नम्बरको पिल्लरअन्तर्गत रहेको दशगजा क्षेत्रमै दुबैतर्फका स्थानीयबासीले खेती गरिरहेका छन्। यस विषयमा सीमा सर्भे टोलीले के गरिरहेको छ?’, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले प्रश्न गरे।

टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलको जिज्ञासा छ, ‘कैलालीको खक्रौला नाकामा भारतीय पक्षले एकलौटी ढंगले आफूखुसी पिल्लर निर्माण गरेकोबारे स्थानीयले गुनासो गरिरहेका छन्। नेपाली टोलीले निर्माण भइसकेको पिल्लरको पुनः निरीक्षण गर्छ वा गर्दैन?

त्यस्तै गुनासो राख्ने मध्येमा एक थिए, भजनी नगरपालिकाका–५ का अध्यक्ष केशव बुढा। ‘कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ। भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको छ। अब के हुन्छ?’

सीमा क्षेत्रमा लगातार सास्ती भोगिरहेका स्थानीयको पीडा र भारतीय पक्षको ‘मिचाहा’ प्रवृत्तिको बारेमा आइतबार सामूहिक रुपमा जनप्रतिनिधिहरुले गुनासो गरिरहेका थिए। धनगढीमा नेपाल–भारत सीमा सर्भेक्षण टोली नम्बर ४ ले आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुले नेपाली प्राविधिक टोली ‘भारतीय पक्षसँग कमजोर भएको त होइन?’ भन्दै प्रश्न गरेका हुन्।

‘भारतीय पक्ष पटक–पटक आफ्नो क्षेत्रका स्थानीयहरूसँगै सीमा सर्भेक्षण गर्न आउँछन्, तर नेपाली टोलीबाट त्यस्तो तत्परता देखिँदैन’, भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले भने, ‘न त भारतीय टोलीले सीमाको सर्भेक्षण गर्दा नेपाली टोलीका कुनै सदस्य नै सहभागी हुने गरेका छन्।’

कार्यक्रममा सीमा टोलीका प्रमुख नापी अधिकृत जनकराज भट्टले ‘भर्खरै भारतमा भएको सीमा टोलीको बैठकले संयुक्त सर्भेक्षण गर्ने सहमति भएको’ जानकारी दिए। उनले विगतमा स्थापना भएका नया“ पिल्लरको पनि नेपाली टोलीले अवलोकन गर्ने बताए।

एक सय २५ पिल्लर निर्माण

नेपाल–भारत सीमा सर्भेक्षण टोलीले कैलालीमा हालसम्म एक सय २५ पिल्लर निर्माण तथा मर्मत गरिसकेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कैलालीमा मुख्य तथा सहायक गरी २ सय ८२ वटा सीमा स्तम्भ (पिल्लर) रहेकोमा एक सय ४१ वटा मर्मत गर्नुपर्ने, ७३ वटा नयाँ पिल्लर निर्माण गर्नुपर्ने र ६८ वटा नदीमा रहेको जनाइएको छ।

टोलीका अनुसार अहिलेसम्म नेपाल पक्षले ८७ र भारतीय पक्षले ३८ वटा पिल्लर मर्मत तथा नयाँ निर्माण गरेको छ। नेपाली टोलीले विजोर र भारतीय पक्षले जोर नम्बरका पिल्लर मर्मत तथा नयाँ निर्माण गर्ने सहमति भएको थियो।

त्यसअनुसार नेपालले १५ मुख्य पिल्लरलाई सामान्य मर्मत, २ वटा नयाँ निर्माण र ६० वटा सहायक पिल्लरलाइ सामान्य मर्मत गरेको छ। त्यस्तै १० वटा नयाँ सहायक पिल्लर निर्माण गरिएको छ।

उता भारतीय टोलीबाट २० वटा मुख्य पिल्लर मर्मत र ४ वटा नयाँ पिल्लर निर्माण गरेको छ। सहायक पिल्लर अन्तर्गत ७८ वटा सामान्य मर्मत र २३ वटा नयाँ निर्माण गरेको जनाइएको छ।

Xtrem

Xtrem

कैलालीमा मुख्य पिल्लर ४ वटा राम्रो, ३ वटा पूर्ण क्षति, २५ वटामा सामान्य क्षति र २१ वटा हराएका छन्। सहायक पिल्लर १२ वटा राम्रो, ६ वटा पूर्ण क्षति, ९९ मा सामान्य क्षति र एक सय १२ पिल्लर हराएको पाइएको छ।

'स्वार्थ अनुकुल काम गरे झै–झगडा बढ्न सक्छ'

कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सीमा विवाद समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए।

‘दुइ देशको सिमाना छुट्याउनु जटिल विषय हो’, उनले भने, ‘दुबै पक्षका टोलीहरुले प्रविधिको पूर्ण प्रयोग गर्दै वैज्ञानिक ढंगले सिमाना छुट्याउने प्रयास गरेका छन्। यसमा स्थानीय सबैले सहयोग गर्नु आवश्यक छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले राजनीतिक दल, जनप्रतिनिधि, स्थानीय सबैले आफ्नो क्षेत्रका बारेमा यथार्थ, तथ्यपरक सूचना टोलीलाई दिन आग्रह गरे।

‘सीमानाका बारेमा गलत व्याख्या गरिए वा स्वार्थ अनुकुल काम गरे झै–झगडा बढ्न सक्छ’, उनले थपे, ‘सबैले मिलेर अघि बढे शान्ति कायम गर्न सकिन्छ।’

प्रमुख नापी अधिकृत जनकराज भट्टले नदीले रुप फेर्दा कतिपय ठाउँमा सिमाना छुट्याउन अप्ठेरो भएको बताए।

उनका अनुसार कैलालीको कालाकुन्डा, कुसुमघाट, फूलबारी लगायतका क्षेत्रमा नदीका कारण सिमाना छुट्याउन जाँदा विवाद सृजना भएको स्मरण गरे। भने, ‘टोलीले विवाद भएका कतिपय ठाउँमा पिल्लर निर्माण गरिसकेको छ भने कतिपय ठाउँमा निर्माण गर्न बाँकी रहेको छ।’

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान बुधबार, असोज २१, २०८३
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्